आज शनिवार यस्तो छ तपाईको राशिफल, २०८१ साल कात्तिक ३ गते

कात्तिक ३- मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) आज नयाँ कार्यको थालनी हुनेछ । अरुलाई प्रभावित पारेर काम बन्नसक्छ । व्यापार व्यवसायमा भने त्यति राम्रो नहुन सक्छ । वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) आज धूम्रपान र मद्यपानबाट टाढै रहनुहोला । सामान हराउने वा चोरी हुने भय छ … Read more

पक्राउ परेका रास्वपा सभापति रविलाई बिहान पौने ३ बजे पोखरा पुर्‍याइयो

पोखरा, कात्तिक ३- सहकारी ठगी प्रकरणमा पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई कास्की ल्याइएको छ। स्थलमार्ग हुँदै शनिबार बिहान पौने ३ बजे लामिछानेलाई कास्की प्रहरी कार्यालय ल्याइएको थियो। जिल्ला प्रहरी कार्यालय ल्याइएलगत्तै प्रहरीले उनलाई स्वास्थ्य परीक्षण गराउन पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान लगेको थियो । अस्पतालबाट फर्काउँदै गर्दा प्रहरी कार्यालय अगाडि रास्वपा उपसभापति स्वर्णिम … Read more

पूर्वगृहमन्त्री रवि लामिछाने पक्राउ

काठमाडौं,कात्तिक २- तत्कालीन गृहमन्त्री एवं राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई प्रहरीले पक्राउ गरेको छ । लामिछानेलाई शुक्रबार काठमाडौंबाट पक्राउ गरिएको प्रहरी स्रोतले जानकारी दिएको छ । सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा संसदीय छानबिन विशेष समितिले उनलाई कारबाही सिफारिस गरेको थियो । समितिले ९९ दिन लगाएर तयार पारेको प्रतिवेदन गएको भदौ ३१ गते … Read more

रविलाई पार्टी कार्यालयबाट पक्राउ गरिँदै, स्थलमार्गबाट कास्की लैजाने तयारी

काठमाडौं,कात्तिक २- पूर्वगृहमन्त्री रवि लामिछानेलाई पक्राउ गर्न केन्द्रीय अनुसन्धान ब्यूरो (सीआइबी)को टोली अहिले पार्टी कार्यालयमा छ । सीआइबीका एसपी हविन्द्र बोगटीले रविलाई पक्राउ गर्ने प्रक्रियागत कामहरु गरिरहेका छन् । पार्टी कार्यालयमा रास्वपा नेता कार्यकर्ता र सञ्चारकर्मीको भीड छ । प्रहरीले आजै कास्की लैजाने तयारी छ । रवि र रास्वपाले स्थलमार्गबाट जाने प्रस्ताव गरेका छन् । … Read more

नेपालले अमेरिकालाई १७ रन हरायो

काठमाडौं, कात्तिक २- नेपालले अमेरिकालाई टी–ट्वेन्टी आई सिरिजको पहिलो खेलमा १७ रनले पराजित गरेको छ। टेक्ससको डालासस्थित ग्रान्ड प्रेरी क्रिकेट स्टेडियममा आज बिहान भएको खेलमा कप्तान रोहित पौडेलको ४९ रन र बलरको कसिलो बलिङमा अमेरिका १७ रनले पराजित भएको हो । १६५ रनको विजयी लक्षसहित मैदानमा उत्रिएको घरेलु टोली अमेरिकाले निर्धारित ओभरमा ७ विकेट गुमाउँदै … Read more

आज शुक्रवार यस्तो छ तपाईको राशिफल, २०८१ साल कात्तिक २ गते

कात्तिक २- मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) आज नयाँ कार्यको थालनी हुनेछ । अरुलाई प्रभावित पारेर काम बन्नसक्छ । व्यापार व्यवसायमा भने त्यति राम्रो नहुन सक्छ । वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) आज धूम्रपान र मद्यपानबाट टाढै रहनुहोला । सामान हराउने वा चोरी हुने भय छ … Read more

गुठि संस्थानको कर अब जीतपुरसिमराको आफ्नै वडा कार्यालयहरूमा बुझाउन सकिने

बारा, कार्तिक १ गते । निजी जग्गाको हकमा गुठि संस्थानमा बुझाउदै आईएको कर अब जीतपुरसिमरा भित्र बुझाउन सकिने भएको छ । हाल सम्म गुठि संस्थानले बुझ्दै आएको कर अब उपमहानगरको वडामा बुझाउन सकिने छ । जीतपुरसिमरा उपमहानगरपालिकाको दशौँ नगर सभाको निर्णय नम्बर १३ अनुसार तथा जीतपुरसिमरा उपमहानगरपालिकाको आर्थिक एन २०८१ को दफा ३ को व्यवस्था … Read more

फेरी बढ्यो सुनको भाउ, बन्यो अहिलेसम्मकै सर्वाधिक महँगो

काठमाडौँ, कात्तिक १- साताको आज पाँचौ दिन सुनको मुल्य बढेको छ । सुनको मुल्य बढेर आज फेरि हालसम्मकै सर्वाधिक महँगो मूल्यको रेकर्ड कायम गरेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला एक लाख ६२ हजार चारसय रुपैयाँ कायम भएको छ। यो अलिहेसम्मकै सर्वाधिक महँगो मूल्य हो। हिजो १ हजार ३ सय रुपैयाँले … Read more

चलचित्र “छक्का पञ्जा-५” ले एक सातामा १० करोड कमायो

काठमाडौं,कात्तिक १- चलचित्र ‘छक्का पञ्जा–५’ले एक सातामा १० करोड रुपैयाँ ग्रसकलेक्सन गरेको छ । निर्माणपक्षका अनुसार सात दिनमा ‘छक्का पञ्जा–५’ले १० करोड रुपैयाँ ग्रसकलेक्सन गरेको हो । “एक सातामा हाम्रो चलचित्रले १० करोड रुपैयाँ ग्रसकलेक्सन गरेको वितरक मनोज राठीले जानकारी दिनुभएको छ,” ‘छक्का पञ्जा–५’का कलाकार तथा निर्माता दीपकराज गिरीले भने । गत बिहीबार अथवा फूलपातीका … Read more

पाँच प्रदेशका पहाडी भागका केही स्थानमा वर्षा हुने

काठमाडौं, कात्तिक १- हाल देशभर पश्चिमी वायु र कोशी, बागमती तथा गण्डकी प्रदेशका पहाडी भागमा स्थानीय वायुको आंशिक प्रभाव रहेको जनाउँदै जल तथा मौसम विज्ञान विभागले मधेसका साथै लुम्बिनी प्रदेशलगायत मुलुकका पहाडी भागमा आंशिकदेखि साधारणतया बदली रहेको बताएको छ । देशका बाँकी भागमा आंशिक बदलीदेखि मुख्यतया मौसम सफा रहेको छ । विभागका अनुसार आज दिउँसो … Read more