आज सोमबार यस्तो छ तपाईको राशिफल, २०८१ भदौ ०३ गते

आजको राशिफल बि.सं.२०८१ भदौ ०३ गते सोमबार ई.सं.२०२४ अगस्त १९ नेपाल सम्बत ११४४ गुंलाथ्व पुन्हि, कालयुक्त नाम संवत्सर सूर्य दक्षिणायनं बर्षा ऋतु, श्रावण शुक्ल पूर्णिमा, चन्द्रमा मकर राशिमा, श्रवण नक्षत्र, शोभन योग, विष्टि करण । आज नेपालमा सूर्योदय बिहान ०५: ३६ बजे, सूर्यास्त साँझ ०५: ३७ बजे हुनेछ । आज जन्म लिने बच्चा मकर राशीको … Read more

आज जनैपूर्णिमा, जनै एवं रक्षाबन्धन धारण गरेर मनाइँदै

काठमाडौँ, भदौ ३ – प्रत्येक वर्ष श्रावण शुक्ल पूर्णिमाका दिन मनाइने रक्षाबन्धन, जनैपूर्णिमा (ऋषि तर्पणी) पर्व आज देशभर नवयज्ञोपवीत जनै एवं रक्षाबन्धन धारण गरेर मनाइँदै छ । आजका दिन बिहानैदेखि वैदिक सनातन धर्मावलम्बीले नदी, ताल, तलाउ, पोखरीमा गई स्नान गरेर गुरु पुरोहितबाट रक्षासूत्र (डोरो) बाँध्छन् । रक्षाबन्धन गर्दा गुरु पुरोहितले ‘येन बद्धो बलिराजा दानवेन्द्रो महाबल … Read more

परराष्ट्रमन्त्री डा. राणा आज भारत भ्रमणमा जादै

काठमाडौँ । परराष्ट्रमन्त्री डा. आरजु राणा देउवा आज भारत भ्रमणमा जादै छिन् । २२ अगस्तसम्म हुने उनको भारत भ्रमण परराष्ट्रमन्त्री बनेपछिको पहिलो विदेश भ्रमण हो । भारतका विदेशमन्त्री डा. एस. जयशंकरको मैत्रीपूर्ण निमन्त्रणामा उनले यो औपचारिक भ्रमण गर्न लागेकी हुन् । परराष्ट्र मन्त्रालयका अनुसार भ्रमणका क्रममा मन्त्री डा. राणाले भारतका विदेशमन्त्री डा जयशंकरसँग भेटवार्ता गरी … Read more

कस्तो छ आजको मौसम पूर्वानुमान ?

काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको छ । हाल कोशी, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशमा साधारणतया बदली रहेको छ भने बाँकी प्रदेशहरुमा आंशिक देखि साधारणतया बदली रहेको छ ।कोशी, मधेश, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशको प्रदेशका थोरै स्थानहरुमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का … Read more

आज आइतवार यस्तो छ तपाईको राशिफल, २०८१ साल भदौ २ गते

भदौ २- मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ): आदर्श व्यक्तित्व सँगको सहकार्यले नयाँ अनुभव मिल्नेछ । चुनौतीको सामना पनि गर्नुपर्ला, तर प्रयत्न गरे कार्यबाट फाइदा लिन सकिनेछ । वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो): आज आज चिन्ता छाडेर चिन्तन र कर्म गर्नाले राम्रो फल मिल्नेछ । रोकिएका … Read more

रक्षमन्त्रीसहितको टोली सोलुखुम्बुको थामेस्थित बाढी प्रभावित क्षेत्रमा

काठमाडौं । सोलुखुम्बुको खुम्बु–पासाङल्हामु गाउँपालिका–५ स्थित बाढी प्रभावित क्षेत्रको वस्तुस्थिति बुझ्न र प्रभावित व्यक्तिलाई उद्धार तथा राहत प्रदान गर्न रक्षामन्त्री मानवीर राईको नेतृत्वमा संघीय र प्रदेशसभा सदस्य, गाउँपालिका अध्यक्ष र प्रमुख जिल्ला अधिकारीसहितको टोली पुगेको छ। सोलुखुम्बुको थामे खोलामा शुक्रबार लेदोसहितको बाढी आउँदा एक विद्यालयसहित १४ घर बगाएको थियो । बाढीबाट प्रभावित ९३ जनालाई नजिकको … Read more

बाढीले बिगार्‍यो नारायणी किनारको संरचना, महानगरको करोडौँ लगानी खेर गयो

चितवन, भदौ १- नारायणी नदी किनार भरतपुर महानगरपालिकाले प्राथमिकतामा राखेको पर्यटकीय स्थल हो । भरतपुर भ्रमण वर्ष २०२४ को उद्घाटन पनि यहिँ भएको थियो । महानगरले यहाँ पर्यटकीय पूर्वाधार निर्माणमा समेत ठुलो रकम खर्च गरिरहेको छ । तर, पछिल्लो समय नारायणी किनारको सौन्दर्य भने गुम्दै गएको छ । नारायणी किनारमा आएको बाढीले त्यहाँ निर्माण गरिएका … Read more

कर्णालीमा भाद्र ४ गते सार्वजनिक बिदा

सुर्खेत । भाद्र ४ गते कर्णाली प्रदेशभरी सार्वजनिक बिदा दिने निर्णय भएको छ । प्रदेश स्थापना तथा सहिद दिवसका अवसरमा प्रदेशभरी सार्वजनिक बिदा दिने निर्णय भएको हो । कर्णाली प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रालयले शुक्रबार एक सूचना जारी गर्दै कर्णाली प्रदेशमा सार्वजनिक बिदा हुने जानकारी दिएको छ । उक्त सूचनाअनुसार गत बैशाख १७ गते … Read more

बागमती र गण्डकी प्रदेशमा भारी वर्षाको सम्भावना

काठमाडौं, भदौ १- हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा पूर्वतर्फ सरदर स्थानको उत्तरतर्फ तथा पश्चिम तर्फ सरदर स्थानको आसपास रहेको छ । जसको प्रभावले हाल देशभर आंशिकदेखि साधरणतया बदली रहेको छ भने बागमती प्रदेश, लुम्बिनी प्रदेश र सुदूर पश्चिम प्रदेशका एक वा दुई स्थानमा चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको । … Read more

भरतपुरमा नहरमा पौडी खेल्ने क्रममा डुबेर बालकको मृत्यु

चितवन, साउन ३२- चितवनमा सिँचाईको नहरमा पौडी खेल्ने क्रममा डुबेर एक जना बालकको मृत्यु भएको छ । भरतपुर महानगरपालिका-२ स्थित स्वामिचोक नजिक रहेको सिँचाई नहरमा पौडी खोल्ने क्रममा आज डुबेर गोरखाको सिरानचोक गाउँपालिका -८ स्थित चिप्लेटीका १० बर्षिय एल्सन परियारको मृत्यु भएको हो । परियार भरतपुर ११ बसेनीमा डेरा गरी बस्दै आएका थिए । पौडी … Read more