आज शुक्रवार यस्तो छ तपाईको राशिफल, २०८० साल माघ १९ गते

माघ १९- मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) आज बुद्धिको उपयोगले लक्ष्य पहिल्याउन सकिनेछ । धर्मकर्म तथा समाज सेवामा मन लाग्नेछ । साङ्गीतिक क्षेत्रमा रुचि पनि बढ्नेछ वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) आज समस्या दर्साउँदा सुखदुःखमा साथ दिनेहरू भेटिनेछन् । अरुलाई प्रभावित पारेर काम बन्नेछ । लाभदायी यात्रा … Read more

 पेट्रोलियम पदार्थको मूल्य बढ्यो

काठमाडौं-माघ १८- अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य बढेसँगै नेपालमा पनि पेट्राेल डिजेलमा मूल्य बृद्धि भएकाे छ । इन्डियन आयल कर्पोरेशन (आइओसी)ले जनावरी ३१ तारिखमा नयाँ मूल्य सूची पठाएको नेपाल आयल निगमले जनाएकाे छ । नयाँ मूल्य सूचीअनुसार बढीमा पेट्रोलकाे मूल्य प्रतिलिटर एक सय ७०, डिजेल तथा मट्टितेलकाे मूल्य प्रतिलिटर १५८, र एलपी ग्यासकाे मूल्य प्रतिसिलिण्डर … Read more

चितवनमा पुल बनाउन खनेको खाल्डोमा खसेर एक प्रहरी सहायक हवल्दारको मृत्यु

चितवन, माघ १८– चितवनमा पुल बनाउन खनेर छाडेको खाल्डोमा खसेर एक प्रहरी सहायक हवल्दारको मृत्यु भएको छ । नारायणगढ–मुग्लिन सडकमा पुल बनाउन खनेर छाडेको खाल्डोमा खसेर सहायक हवल्दार रमेश रानाको मृत्यु भएको हो । बुटवलबाट काठमाडौँतर्फ जाँदै गरेको ग २३ प १५५९ नम्बरको मोटरसाइकल मंगलबार राति ११ बजेतिर अनियन्त्रित भई भरतपुर महानगरपालिका–२९ पन्ध्रकिलो स्थित पुल … Read more

आज बिहीवार यस्तो छ तपाईको राशिफल, २०८० साल माघ १८ गते

माघ १८- मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) आज शुभकार्यको चर्चा चल्नेछ । परिवारजनको साथले नयाँ आशा पलाउनेछ । बन्दव्यापारका क्षेत्रमा उन्नति प्रगतिको वातावरण बन्नेछ । वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) आज चिताएको कामले तीव्रता लिनेछ । सामाजिक क्षेत्र र नोकरीबाट मानसम्मान मिल्न सक्छ । परिश्रम अनुसार उपलब्धि … Read more

हेटौंडा कपडा उद्योग पुनः सञ्चालनका लागि नेपाली सेनासँग प्रधानमन्त्रीको छलफल

काठमाडौँ, १७ माघ । प्रधानमन्त्री पुष्पकमल दाहाल “प्रचण्ड”ले रूग्ण अवस्थामा रहेको हेटौंडा कपडा उद्योग पुनः सञ्चालनका लागि नेपाली सेनासँग छलफल गरेका छन् । बुधबार प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय सिंहदरबारमा उच्चस्तरीय छलफलको आयोजना गरी प्रधानमन्त्री प्रचण्डले कपडा उद्योग पुनः सञ्चालनका लागि नेपाली सेनाले गरेको सम्भाव्यता अध्ययननको बिफ्रिङ लिएका हुन् ।  नेपाल सरकारको आर्थिक वर्ष २०८०।०८१ को नीति … Read more

बुबाको हत्या आराेपमा छोरा पक्राउ

सुनसरी, १६ माघ । आफ्नै बुवा ७० वर्षीय चिकचिलिया रिसिदेवको कुटपिट गरी हत्या गरेको अभियोगमा ईनरुवा नगरपालिका-८ गणेशपुर रिसिदेव टोल बस्ने २१ वर्षीय चिबु रिसिदेवलाई प्रहरीले पक्राउ गरेको छ ।   घरायसी लेनदेनको विषयलाई लिएर चिबुले माघ ११ गते दिउँसो कुटपिट गर्दा गम्भीर घाइते भएका चिकचिलियाको कोशी अस्पताल विराटनगरमा उपचारको क्रममा सोमबार साँझ मृत्यु भएको … Read more

बैतडीमा किशोरीको शव फेला

बैतडी, १६ माघ । बैतडीमा एक किशोरी मृत फेला परेकी छन्। जिल्लाको दशरथचन्द नगरपालिका–६ थालीगडाकी १६ बर्षीया रेखा धामी मंगलबार मृत फेला परेकी हुन्। उनी आफ्नै घरभित्र मृत अवस्थामा फेला परेकी जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता प्रहरी निरीक्षक नन्दराज जोशीले बताए। घटनाको विषयमा अनुसन्धान भइरहेको उनले बताए।

भरतपुर क्यान्सर अस्पतालमा बोनम्यारो प्रत्यारोपण केन्द्र बन्ने

चितवन, १६ माघ । भरतपुरको वीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा बोनम्यारो प्रत्यारोपण केन्द्र बन्ने भएको छ। अस्पतालका कार्यकारी निर्देशक डा. शिवजी पौडेलका अनुसार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको समन्वयमा चीन सरकारको सहयोगमा अस्पलात परिषर भित्र बोनम्यारो प्रत्यारोपण केन्द्र स्थापनाको लागि काम अगाडि बढेको छ। विश्व मापदण्ड अनुसारको पाँच शैयाको अत्याधुनिक बोनम्यारो प्रत्यारोपणको भवन तथा औजार सहितको … Read more

अर्को सालको शहीद दिवसमा सार्वजनिक बिदा, आज छैन

काठमाडौं, माघ १६- सरकारले यस वर्ष सहिद दिवसको दिन बिदा नदिएर अर्को वर्ष २०८१ को सहिद दिवसमा बिदा दिने भएको छ। गृह मन्त्रालयका प्रवक्ता नारायण प्रसाद भट्टराइले सहिद दिवसको दिन मंगलबार सरकारले बिदा नदिएको प्रस्ट पारेका छन्। २०८१ सालको सहिद दिवसमा भने बिदा दिने निर्णय भएको उनले बताए। सरकारले २०८१ को लागि थप दुई दिन … Read more

भरतपुर महानगरद्वारा बालबालिकालाई न्यानो कपडा वितरण

पुनम मगर, शशिनगर, १६ माघ । भरतपुर महानगरपालिकाले ‘बालबालिकासँग मेयर कार्यक्रम’ अन्तर्गत भरतपुर १८ को श्री माध्यमिक विद्यालय शशिनगरका विद्यार्थीलाई न्यानो कपडा वितरण गरेको छ । कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि रेनु दाहालले विद्यालयको सुधारका लागि प्राप्त मात्रमा भौतिक पूर्वाधारहरू निर्माण गर्दै आगामी दिनमा विद्यार्थीको माग अनुसार नै शैक्षिक गतिविधिहरू अगाडि बढाउने गरी कार्यक्रमहरू ल्याइने  योजनाहरू … Read more