अण्डाको माग बढेसँगै समर्थन मूल्य वृद्धि, किसानले अझै लागत नपाएको गुनासो

साउन २६ । बजारमा अण्डाको माग बढेपछि नेपाल लेयर्स कुखुरापालक सङ्घले अण्डाको समर्थन मूल्य वृद्धि गरेको छ। सङ्घले आजदेखि लागू हुने गरी विभिन्न आकारका अण्डाको नयाँ समर्थन मूल्य निर्धारण गरेको हो। नयाँ मूल्यअनुसार एक्सएल अण्डाको मूल्य प्रतिक्रेट (३० वटा) रु ५६०, ठूलो अण्डा रु ५४५ र मिडियम अण्डा रु ५०० कायम गरिएको छ। यस्तै, सानो … Read more

२५० रुपैयाँको सामान किन्दा ग्राहकले जिते १० लाखको बम्पर उपहार

काठमाडौं, साउन २२- आन्तरिक राजस्व विभागले सञ्चालन गरेको करदाता प्रोत्साहन उपहार कार्यक्रमअन्तर्गत पहिलो बम्पर उपहार विजेता घोषणा गरेको छ। विभागका अनुसार शिव कृष्ण जनरल स्टोरबाट २५० रुपैयाँ बराबरको सामान खरिद गरेका एक उपभोक्ताले १० लाख रुपैयाँको बम्पर नगद उपहार जितेका छन्। उक्त उपहार साउन १ देखि १५ गतेसम्मको खरिदका आधारमा गरिएको पहिलो ड्रमार्फत घोषणा गरिएको … Read more

नेपाल उद्योग वाणिज्य महासङ्घको महिला उद्यमी विकास समितिमा रिता कँडेल मनोनित

बारा । जीतपुरसिमरा नगर उद्योग वाणिज्य सङ्घकी सचिव रिता कँडेल नेपाल उद्योग वाणिज्य महासङ्घ (एफएनसीसीआई) को महिला उद्यमी विकास समितिको सदस्यमा मनोनित हुनुभएको छ। उहाँको मनोनयनसँगै बारा जिल्लाको निजी क्षेत्र तथा व्यवसायिक वृत्तमा खुसी व्यक्त गरिएको छ। लामो समयदेखि महिला उद्यमशीलता, व्यवसाय प्रवर्द्धन तथा निजी क्षेत्रको सशक्तीकरणमा सक्रिय भूमिका निर्वाह गर्दै आउनुभएकी कँडेल हाल जीतपुरसिमरा … Read more

सुनसरी घटनापछि सुरक्षा संयन्त्रमा व्यापक हेरफेर, सीडीओसहित प्रहरी र सशस्त्रका प्रमुख फिर्ता

काठमाडौँ — सुनसरीको देवानगञ्ज गाउँपालिका–३ कप्तानगञ्जमा भएको हिंसात्मक घटनापछि गृह मन्त्रालयले प्रशासन र सुरक्षा संयन्त्रमा व्यापक हेरफेर गरेको छ। मन्त्रालयले सुनसरीका प्रमुख जिल्ला अधिकारी (सीडीओ) बासुदेव घिमिरेसहित नेपाल प्रहरी र सशस्त्र प्रहरीका जिम्मेवार अधिकारीलाई फिर्ता बोलाएको हो। गृह मन्त्रालयले सीडीओ घिमिरेलाई मन्त्रालयमा फिर्ता बोलाएर उहाँको स्थानमा संखुवासभाका प्रमुख जिल्ला अधिकारी इश्वरीप्रसाद अर्याललाई सुनसरी पठाएको छ। … Read more

विदेशीका सामु झुक्नुपर्ने आवश्यकता छैन : माधवकुमार नेपाल

काठमाडौं, साउन ८- नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का सह–संयोजक माधवकुमार नेपालले नेपालको राजनीतिमा वामपन्थी शक्तिहरूले ऐतिहासिक रूपमा महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएको उल्लेख गर्दै वर्तमान परिस्थितिमा पनि वामपन्थी शक्तिहरूको आवश्यकता अझ बढी महसुस गरिएको बताएका छन् । ४८औँ पुष्पलाल स्मृति दिवसको सन्दर्भमा आयोजित ‘वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलहरूको भूमिका’ विषयक विचार गोष्ठीलाई सम्बोधन गर्दै उनले … Read more

शिक्षा तथा खेलकुद क्षेत्र सरकारको उच्च प्राथमिकतामा छः मन्त्री पोखरेल

काठमाडौँ, असार २२ — शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले सरकारले शिक्षा तथा खेलकुद क्षेत्रलाई उच्च प्राथमिकतामा राख्दै आगामी आर्थिक वर्ष २०८३/८४ का लागि २ खर्ब १८ अर्ब ३० करोड ५० लाख रुपैयाँ बजेट विनियोजन गरेको बताउनुभएको छ। राष्ट्रियसभामा विनियोजन विधेयक, २०८३ अन्तर्गत मन्त्रालयको बजेटमाथि उठेका प्रश्नको जवाफ दिँदै उहाँले यो कुल राष्ट्रिय बजेटको १०.२८ … Read more

ऋण असुलीबाट शिव शिखरका थप २४८ जना पिडितले पाए रकम

काठमाडौँ । समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले शिव शिखर सहकारीका साना बचतकर्ताको बचत फिर्ता गरेको छ । समितिका अनुसार शिव शिखर सहकारीका २४८ जना पिडितले बचत फिर्ता पाएका हुन्। हालसम्म शिव शिखर सहकारीका १११७ जना बचतकर्ताले रकम फिर्ता पाएका छन् । पहिलो चरणमा थोरै बचत रकम भएका बचतकर्ताहरूलाई रकम फिर्ता गरिएको समितिले जनाएको छ । यसरी … Read more

अर्थमन्त्री वाग्ले र एसियाली विकास बैंकका अध्यक्ष कान्डाबिच भेटवार्ता

काठमाडौँ अर्थमन्त्री डा.स्वर्णिम वाग्ले र एसियाली विकास बैंकका अध्यक्ष मासातो कान्डाबिच भेटवार्ता भएको छ। सोमबार सिंहदरबारस्थित अर्थ मन्त्रालयमा रहेको अर्थमन्त्रीको कार्यकक्षमा उहाँहरूबिच भेटवार्ता भएको हो। भेटमा अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले नेपालको विकासका लागि एसियाली विकास बैंकका तर्फबाट भएको सहयोग र लगानी परिचालनका लागि अध्यक्ष कान्डालाई धन्यवाद ज्ञापन गर्दै आगामी दिनमा निरन्तर सहयोगका लागि आग्रह गर्नुभयो। अर्थमन्त्री … Read more

सुरक्षण मुद्रण केन्द्रलाई आत्मनिर्भर र प्रतिफलमुखी संस्थाका रूपमा विकास गर्ने सरकारको योजना : सञ्चारमन्त्री डा तिमिल्सिना

काठमाडौँ, २२ असार । सूचना तथा सञ्चारमन्त्री डा विक्रम तिमिल्सिनाले सरकारले सुरक्षण मुद्रण केन्द्रलाई आत्मनिर्भर, व्यावसायिक तथा प्रतिफलमुखी संस्थाका रूपमा विकास गर्ने नीति लिएको बताउनुभएको छ । राष्ट्रियसभाको आजको बैठकमा यसअघि सभामा उठेका प्रश्नहरुको जवाफ दिनेक्रममा सञ्चारमन्त्री तिमिल्सिनाले सुरक्षणसँग सम्बन्धित छपाई स्वदेशमै गर्दै विदेशी मुद्रणमा रहेको निर्भरता घटाउने उद्देश्यले आगामी आर्थिक वर्ष २०८३/८४ को बजेटमा … Read more

लगातार दुई दिन घटेको सुनको मूल्यमा आज उल्लेख्य वृद्धि

काठमाडौं, जेठ २९ – नेपाली बजारमा आज (शुक्रबार) सुनचाँदीकोे मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका विवरण अनुसार आज छापावाल सुनको मूल्य ५ हजार ३०० रुपैयाँले बढेर २ लाख ९२ हजार रुपैयाँमा कारोबार भएको छ । बिहीबार सुनको मूल्य २ लाख ८६ हजार ७०० रुपैयाँ कायम भएको थियो । सुनसँगै चाँदीको मूल्यमा पनि बढेको … Read more