प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद्को बैठक

काठमाडौं, चैत २८- प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मन्त्रिपरिषद्को बैठक बोलाएका छन्। प्रधानमन्त्री प्रचण्डले मंगलबार अपराह्न ४ बजे बैठक प्रधानमन्त्री कार्यालय सिंहदरबारमा बोलाएको उनको सचिवालयले जनाएको छ। बैठकमा विभिन्न मन्त्रालयहरुका विषयगत एजेण्डाबारे छलफल हुने बताइएको छ।

प्रधानमन्त्री प्रचण्ड नियमित उडानमार्फत धनगढी प्रस्थान गरे

काठमाडौँ, चैत्र २६-  प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नियमित उडानमार्फत धनगढी प्रस्थान गरेका छन् । सुदूरपश्चिम विश्वविधालयको दीक्षान्त समारोहमा सहभागी हुन प्रधानमन्त्री प्रचण्ड त्यसतर्फ प्रस्थान गरेका हुन् । हेलिकप्टर चार्टर गर्दा धेरै खर्च हुने भएकाले नियमित उडानमार्फत प्रचण्ड धनगढी प्रस्थान गरेको प्रधानमन्त्रीका स्वकीय सचिव रमेश मल्लले बताए । उनी आजै काठमाडौँ फर्किने कार्यतालिका रहेको छ ।

क्रिकेटर सन्दीप लामिछानेविरुद्धको मुद्दाको आज सुनुवाइ

काठमाडौँ, चैत २६ बलात्कारको आरोप लागेका क्रिकेटर सन्दीप लामिछानेविरुद्धको मुद्दामाथि आज सुनुवाइ हुँदैछ । जिल्ला अदालत काठमाडौंले आइतबारका लागि मुद्दाको पेसी तोकेको हो । मुद्दा तेस्रो प्राथमिकतामा राखिएकाले आजै सुनुवाइ हुने सम्भावना छ । अघिल्लो साता पालो नपाएकाले मुद्दाको सुनुवाइ हुन सकेको थिएन ।

अश्लील भिडियो बाहिरिएपछि सांसद खानलाई कारबाहीको माग

काठमाडौँ, चैत २५– राष्ट्रिय एकता अभियानले जनमत पार्टीका उपाध्यक्ष अब्दुल खानलाई सांसद पदबाट हटाउन माग गर्दै सभामुख देवराज घिमिरेलाई ज्ञापन पत्र बुझाएको छ । समानुपातिक सांसद तथा निवर्तमान खानेपानी तथा सरसफाइ मन्त्री खानको अश्लील भिडियोसहितको समाचार बाहिर आएपछि अभियानले सभामुख घिमिरेलाई ज्ञापन पत्र बुझाएर कारबाहीको माग गरेको हो । नेता खानको यस हर्कतले नेपालको संसदीय … Read more

रवि लामिछानेविरुद्धको रिटमा अन्तरिम आदेश भएन, कारण देखाऊ आदेश जारी

काठमान्डौं, चैत २२- राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेविरुद्धको मुद्दामा सर्वोच्चले कारण देखाउ आदेश जारी गरेको छ । राहदानी दुरुपयोगमा मुद्दा नचलाउने महान्यायाधिवक्ता कार्यालयको निर्णयविरुद्ध परेको रिटमा न्यायाधीश हरिप्रसाद फुयालको इजलासमा भएको सुनुवाइपछि अन्तरिम आदेश भने दिएन । सुनुवाइको क्रममा रविका वकिलहरूले संवैधानिक इजालासमा अमेरिकी नागरिकता त्यागिसकेको स्वीकार गरिसकेकाले अहिले यो विषयमा कुनै विवाद नरहेको … Read more

सन्दीप लामिछानेविरुद्धको मुद्दामा आज अन्तिम सुनवाइ हुँदै

काठमाडौं, चैत २२– सन्दीप लामिछानेविरुद्धको बलात्कार मुद्दामा आजका लागि सुनवाइ हुँदैछ । जिल्ला अदालत काठमाडौँमा राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान लामिछानेविरुद्ध आज अन्तिम सुनुवाइका लागि पेसी तोकिएको हो । लामिछानेलाई पुर्पक्षका लागि थुनामा पठाउने न्यायाधीश माधवप्रसाद घिमिरेको इजलासमा गत १३ चैतमा पेसी परेपछि उनकै कानुन व्यवसायीले अनुरोधमा पेशी स्थगित गरिएको थियो । गत ५ भदौमा राति … Read more

हवाई भाडा घट्यो, चैत २२ गतेदेखि लागू हुने

बारा, चैत्र २१ गते । नेपाल आयल निगमले हवाई इन्धनको मूल्य घटाएसँगै एयरलाइन्सको हवाई भाडा घटेको छ । वायुसेवा सञ्चालक सङ्घले यही चैत २२ गतेदेखि लागू हुने गरी हवाई भाडा समायोजन गरेको हो । निगमले सोमबार हवाई इन्धनको प्रतिलिटर रु १० ले कटौती गरेको थियो । सोअनुसार काठमाडौँबाट धनगढीको उडानमा सबैभन्दा धेरै रु चार सय … Read more

हर्क साम्पाङ र बालेन शाहबीच भेटवार्ता

काठमाडौं, चैत २१- धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङ र काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहबीच भेटवार्ता भएको छ। मंगलबार धरान उपमहानगरका मेयर हर्क साम्पाङ र काठमाडौं महानगरका मेयर बालेन शाहबीच दिउँसो राष्ट्रिय सभामा भेटवार्ता भएको बालेनका सचिवालयका प्रेस सल्लाहकार सुरेन्द्र बजागाईंले जानकारी दिए। उनका अनुसार उनीहरूबीच समसामयिक विषयमा कुराकानी भएको हो। ‘उहाँहरूले आ-आफ्नो ठाउँमा के/कस्ता कामहरू … Read more

रवि लामिछानेको राहदानीसम्बन्धी मुद्दामा आज सुनुवाइ नहुने

काठमाडौं, चैत २१- राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेमाथि राहदानी विवादमा मुद्दा नचलाउने महान्यायाधिवक्ताको निर्णयविरूद्ध परेको रिटमा आज सुनुवाइ नहुने भएको छ । युवराज पौडेल (सफल) ले दिएको रिट न्यायाधीश अनिलकुमार सिन्हाको एकल इजलासमा परेको थियो । न्यायाधीश सिन्हाले रविको नागरिकतासम्बन्धी मुद्दा हेरेको इजलासमा आफू पनि भएकाले एक खालको धारणा दिइसकेकाले यो मुद्दा आफूले हेर्न … Read more

इन्धनमा घटेको मूल्य आजदेखि लागू

काठमाडौं, चैत २१– नेपाल आयल निगमले घटाएको इन्धनको नयाँ मूल्य आजदेखि लागू भएको छ । सोमबार बसेको निगम सञ्चालक समिति बैठकले डिजेल, मट्टीतेल र हवाई इन्धनको मूल्य प्रतिलिटर १०–१० रुपैयाँको दरले घटाएको थियो । यसैगरी पेट्रोलको मूल्य प्रतिलिटर ३ रुपैयाँले घटाइएको छ । खाना पकाउने ग्याँसको मूल्य भने हाललाई यथावत् राखिएको छ । मूल्य समायोजन … Read more