तारा एयरको जहाजको खोजी मुस्ताङको घाँसामा केन्द्रित

१५ जेठ, काठमाडौं । सम्पर्क विहीन भएको तारा एयरको जहाज खोजीमा खटिएको टोली मुस्ताङको घाँसा केन्द्रित भएको छ । स्थानीयले ठूलो आवाज सुनिएको र आगो बलेको देखिएको भनेर खबर गरेपछि टोली त्यसतर्फ गएको हो । मुस्ताङका प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्माले आफूले पनि त्यो सूचना पाएको तर एकिन भइनसकेको बताए । तारा एयरको उक्त जहाज … Read more

तारा एयरको जहाज खोज्न हेलिकप्टर पठाइयो

काठमाडौँ । पोखराबाट जोमसोम उडेको तारा एयरको ९ एनएईटी ट्विनअटर विमान सम्पर्कविहीन भएको छ । १९ यात्रु र चालक दलका ३ सदस्यसहित २२ जना सहित बिहान ९ बजेर ५५ मिनेटमा पोखराबाट उडेको जहाज सम्पर्कविहीन नागरिक उड्डयन प्राधिकरण पोखराका प्रमुख विक्रम गौतमले पुष्टि गरेका हुन् । जहाजमा विदेशी २, भारतीय ४ र १३ जना नेपाली यात्रु थिए … Read more

पोखराबाट जोमसोम उडेको तारा एयरको जहाज सम्पर्कविहीन

१५ जेठ, आईतवार ।  पोखराबाट जोमसोम उडेको तारा एयरको ९ एनएईटी टि्वनअटर विमान सम्पर्कविहीन भएको छ । १९ जना यात्रु लिएर विहान ९ बजेर ५५ मिनेटमा पोखराबाट उडेको जहाज सम्पर्कविहीन भएको हो । तारा एयरका एक अधिकारीका अनुसार अवतरण गर्ने समय भएपनि जहाज अहिलेसम्म सम्पर्कमा छैन । जहाजबारे खोजविन सुरु भएको छ ।

निजगढमा अन्तर्राष्ट्रिय विमानस्थल बनाउने सरकारको निर्णय सर्वाेच्च अदालतद्वारा बदर

जानकारी नेपाल, डेस्क । सर्वोच्च अदालतले बाराको निजगढमा प्रस्तावित अन्तर्राष्ट्रिय विमानस्थल बनाउनेबारे सरकारले अहिलेसम्म गरेका सबै निर्णय बदर गरिदिएको छ । बृहत पूर्ण इजलासले बिहीबार सरकारलाई नेपाललाई अर्को वैकल्पिक विमानस्थल चाहिने भए निजगढको विकल्प खोज्न आदेश दिएको हो । वरिष्ठ अधिवक्ता प्रकाशमणि शर्मा र रञ्जुहजुर पाँडेले दायर गरेको रिटमा अन्तिम आदेश गर्दै सर्वोच्चका न्यायाधीशहरू हरिकृष्ण … Read more

दुई दिन बिदा दिने निर्णयबाट पछि हट्दै सरकार

जेष्ठ ८, आईतवार । सातामा दुई दिन बिदा दिने निर्णय अव्यावहारिक भएको गुनासो आएपछि सरकारले यसलाई पुनरवलोकन गर्ने तयारी थालेको छ । बिनाअध्ययन र गृहकार्य लागु गरिएको सातामा शनिबारका अतिरिक्त आइतबार पनि बिदा दिने निर्णय कार्यान्वयनमा जटिलता देखिएपछि सरकार पछि हट्ने अवस्थामा पुगेको छ । यसले सरकार नीतिगत रूपमा अस्थिर रहेको देखाएको छ । सरकारले … Read more

हेटाैंडा-काठमाडौं सडक खण्डमा मिनी ट्रक दुर्घटना हुँदा ४ जनाको मृत्यु

जेष्ठ ७ शनिबार । हेटाैंडा-काठमाडौं सडक खण्डमा भएकाे गाडी दुर्घटना हुँदा ४ जनाको मृत्यु भएको छ । हेटाैंडाबाट काठमाडौं जाँदै गरेकाे ना ४ च २३१५ नम्बरको मिनि ट्रक मकवानपुरको इन्द्रसराेवर गाउँपालिका -२ सिमखाेलामा दुर्घटना हुँदा घाइते भएका ४ जनाको उपचारका क्रममा मृत्यु भएको हो । इलाका प्रहरी कार्यालय भीमफेदीका प्रहरी निरीक्षक प्रतिमा कार्कीका अनुसार ओभर … Read more

आज आएको हावाहुरीका कारण तीनको मृत्यु, एक जना घाइते

जानकारी नेपाल, जेष्ठ ६ शुक्रबार । चितवन जिल्लामा साँझ पख आएको हावाहुरीका कारण अटोरिक्सामा सवार तीनको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् । फरकफरक ठाउँमा भएको दुर्घटनामा परी तीनको मृत्यु भएको हो । भरतपुरबाट भोजाडतर्फ जाँदै गरेको अटोरिक्सामा सवार दुईको भोजाडमा मृत्यु भएको हो भने भरतपुरबाटै भोजाडतर्फ जाँदै गरेको अर्को अटोमा सवार … Read more

अमेरिकी डलर र कौडासहित छ जुवाडे पक्राउ

काठमाडौँ, ६ जेठ – नेपाल प्रहरीले कौडा खेलिरहेको अवस्थामा छ जनालाई पक्राउ गरेको छ । महानगरीय प्रहरी वृत्त बौद्धबाट खटिएको प्रहरी टोलीले बूढानीलकण्ठ नगरपालिका–१३ स्थित जंजीर केसीको कटेजमा कौडा खेलिरहेको अवस्थामा काठमाडौँ महानगरपालिका–६ रामहिटी बस्ने तिब्बत घर भएका २७ वर्षीय छेवाङ नोर्वुलगायत छ जनालाई बिहीबार राति पक्राउ गरेको हो । पक्राउ परेकासँग प्रहरीले नेपाली रु … Read more

डिजेल र पेट्रोलको मूल्य प्रतिलिटर १० रुपैयाँले बढ्यो

काठमाडौं, बैशाख ३१- डिजेल र पेट्रोलको मूल्य एकै पटक प्रतिलिटर १० रुपैयाँले बढेको छ । नेपाल आयल निगम सञ्चालक समितिको बैठकले शनिवार मध्यरात १२ बजेदेखि लागू हुने गरी मूल्य बढाएको हो । पेट्रोलको मूल्य प्रतिलिटर एक सय ७० र डिजेलको मूल्य प्रतिलिटर एक सय ५३ रुपैयाँ पुगेको छ । खाना पकाउने एलपी ग्यास र हवाई … Read more

स्याङ्जामा मतदाता बोकेको गाडी दुर्घटना हुँदा १४ जनाको मृत्यु

वैशाख ३० – स्याङ्जाको वालिङमा मतदाता बोकेको गाडी दुर्घटना हुँदा १४ जनाको मृत्यु भएको छ । ३२ जना सवार गाडी दुर्घटनामा परेर मृत्यु भएका १० जनाको सनाखत भएको प्रहरीले जानकारी दिएको छ । हाल उद्धार कार्य जारी रहेको र घाइतेलाई पोखरा पठाइएको प्रमुख जिल्ला अधिकारी राजु पौडेलले जानकारी दिए । थप विवरण आउन बाकी छ … Read more