अब ट्रायल पास गरेकै दिन लाइसेन्स दिइने, मन्त्रालयले थाल्यो तयारी

सवारी चालक अनुमति पत्र (लाइसेन्स) को प्रयोगात्मक परीक्षा (ट्रायल)उत्तीर्ण गरेकै दिन परीक्षणकालीन लाइसेन्स दिने व्यवस्था मिलाउने तयारी रहेको भौतिक पूर्वाधार तथा यातायात मन्त्री रेणुकुमारी यादवले बताएकी छन्। मंगलबार यातायात व्यवस्था विभागको निरीक्षण गर्दै मन्त्री यादवले भनिन्,‘अब ट्रायल पास भएकै दिन परीक्षणकालीन लाइसेन्स दिने तयारी हाम्रो छ। यसले गर्दा स्मार्ट लाइसेन्सको झन्झट पनि कम हुन्छ।’ हाल … Read more

सामसुङको मोबाईल किन्दा जीतपुरमा एक जनालाई पर्यो सुँनको सिका

एस.एस. पटेल, बारा । सामसुङ कम्पनीको मोबाईल खरिद गर्दा बाराको जीतपुरमा एक जनालाई सुँनको सिक्का परेको छ । सामसुङको ग्यालेक्सी एम १२ मोबाईल खरिद गर्दा जीतपुरसिमरा उपमहानगरपालिका वडा नमवर १२ का राजेश प्रसाद चौधरीलाई ५ ग्राम सुंनको सिक्का अफरमा परेको हो । २२ हजार ४९९ रूपैयाको मोबाईल खरिद गर्दा चौधरीलाई करिब ४० हजार रूपैया बराबरको … Read more

बारा र पर्सा भ्रमण गरेर पोखरा फर्कियो ‘जम्बो टोलि’

एस.एस. पटेल, बारा । बाराको आन्तरिक पर्यटन पुर्नउत्थानका लागि बिशेष योजना ल्याउनुपर्नेमा सरोकारवालाहरुले जोड दिएका छन् । बाराको सिमरामा आज भएको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै सरोकारवालाहरुले बिशेष प्याकेजका साथ अघि बढ्नुपर्नेमा जोड दिएका हुन् । कार्यक्रममा बोल्दै गण्डकी प्रदेशका उद्योग, पर्यटन तथा आपुर्ती मन्त्री मणिभद्र शर्माले आन्तरिक पर्यटन पुर्नउत्थानका स्थानीयले सरकारले बिशेष ध्यान दिनुपर्ने बताउनुभयो … Read more

पोखरा–सिमरा हवाई उडान आजदेखी औपचारिक रुपमा शुरु, उद्घाटन उडानमा मन्त्री सहितको टोली सिमरामा

एस.एस.पटेल, बारा । ‘दीगो पर्यटनका लागि हवाइ कनेक्टिभिटी’ भन्ने मूल नाराका साथ आजदेखि सिमरा पोखरा उडान सुरु भएको छ । हवाई मार्गमार्फत जोडिन लागेको सिमरा पोखराको आज पहिलो उडानको उद्धघाटन गण्डकी प्रदेशका पर्यटन मन्त्री मणिभद्र शर्माले गर्नु भएको हो । आन्तरिक पर्यटन प्रवद्र्धनका लागी अति महत्वपूर्ण मानिएको यस हवाई कनेक्टिभिटिको पहिलो उडान पोखरा बिमानस्थलबाट आज … Read more

बारामा सवारी दुर्घटना हुदा एकको मृत्यु, १० जना घाईते

एस.एस. पटेल, बारा । बाराको जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर २२ चुरियामाई नजिक आज बिहिबार बिहान सवारी दुर्घटना हुदा एकजनाको मृत्यु भएको छ भने  दशजना घाइते भएका छन् । देशको राजधानीबाट रौतहटको गौरका लागि छुटेको ना ६ ख ४६४१ नम्बरको बस चुरीयामाई मन्दिर नजिकै दुर्घटनामा परेको थियो । दुर्घटनामा सोही बसका चालक हेटौंडा कमाने निवासी ४९ … Read more

पूर्व–पश्चिम राजमार्गमा ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा दुई जनाको मृत्यु

पूर्व–पश्चिम राजमार्ग अन्तर्गत बाँकेको गाभरमा ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा दुई जनाको मृत्यु भएको छ । राप्ती सोनारी गाउँपालिका–१ स्थित गाभरमा कोहलपुरतर्फ जाँदै गरेको ना ६ ख ६७९९ नं को ट्रकले लु ६ प १८२२ नं को मोटरसाइकललाई ठक्कर दिँदा बिहान करिब ८ बजेतिर दुर्घटना भएको इलाका प्रहरी कार्यालय कोहलपुरका प्रमुख प्रहरी नायब उपरीक्षक रवीन्द्र खनालले … Read more

चितवन राष्ट्रिय निकुञ्जमा खाग काटिएका अवस्थामा भेटियो मृत गैँडा

चितवन राष्ट्रिय निकुञ्जमा खाग काटिएका अवस्थामा मृत गैँडा फेला परेको छ । निकुञ्जको माडी बगइ सेक्टर अन्तर्गत घाँघरको बाटुलिचौरमा अन्दाजी २० वर्षको गैँडा मृतावस्थामा भेटिएको हो । निकुञ्जका प्रमुख संरक्षण अधिकृत अणनाथ बरालले हिलोमा गडेका मृतावस्थामा गैँडा फेला परेको जानकारी दिनुभयो । दलदलमा फसेका अवस्थामा यही साउन ११ गते मृत गैँडा भेटिएपछि अनुसन्धान अघि बढाएको … Read more

आफ्ताव आलम मुद्दामा ‘हेर्न नमिल्ने’ आदेश

थुनाबाट छुट्न पाउनुपर्ने माग सहित काँग्रेसका पूर्वमन्त्री महोम्मद आफ्ताव आलमले सर्वोच्चमा दिएको निवेदनमा शुक्रबार सुनुवाई भएन । बम विष्फोट गराएर हत्या गरेको आरोपमा जिल्ला अदालत र उच्च अदालतले पुर्पक्षमा पठाउने आदेश गरेपछि आलम थुनामा छन् । सो आदेश बिरुद्ध उनले सर्वोच्चमा निवेदन दिएका थिए । तर आज न्यायाधीश प्रकाशमान सिंह राउत र कुमार रेग्मीको इजलासमा … Read more

आज नागपञ्चमी पर्व : घरघरमा नागको पूजा आराधना गरिँदै

प्रत्येक वर्ष श्रावण शुक्ल पञ्चमीका दिन मनाइने नागपञ्चमी आज परम्पराअनुसार नागको पूजा अर्चना गरी घरका मूलढोकामा टाँसेर मनाइँदै छ । यसरी नागको तस्वीर टाँस्दा वर्षभर घरमा नाग, सर्प र बिच्छीलगायतका जीवले दुःख नदिनुका साथै अग्नि, मेघ र चट्याङको भयबाट पनि बच्न सकिन्छ भन्ने धार्मिक विश्वास छ । सूर्योदयकालमा पञ्चमी तिथि र षष्टीले युक्त पञ्चमी नागपूजाका … Read more

रेल सम्झौता रद्द गर्ने भारतको चेतावनी

काठमाडौं । सम्झौताअनुसार नेपालले २० प्रतिशत अग्रिम भुक्तानी उपलब्ध गराउन नसकेपछि भारतले जयनगर–कुर्था रेलसेवा सम्झौता खारेज गर्ने चेतावनी दिएको छ । कोनकाँण रेलवे कर्पोरेसनका प्रमुख मेकानिकल इन्जिनियर दीपक त्रिपाठीले नेपाल रेलवे कम्पनीका महाप्रबन्धलाई पत्र लेखी नेपालले सम्झौताको उल्लंघन गरेको आरोप लगाएका छन् । नेपालले चाँडै रेलसेवा संचालन नगरे सम्झौता रद्द हुने व्योहोराको पत्र गत बुधबार … Read more