हातहतियारसहित मिटर ब्याजी पक्राउ

वीरगञ्ज, २२ माघ । जनकपुरधामबाट हातहतियारसहित एकजना मिटरव्याजी पक्राउ परेका छन् । पक्राउ पर्नेमा जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर १ बस्ने ४१ वर्षीय दिलिप साह रहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको हो । साहविरुद्ध जिल्ला प्रशासन कार्यालय धनुषामा विभिन्न व्यक्तिहरुले मिटरव्याजीको उजुरी दिएका थिए । शनिबार प्रहरी नायव उपरीक्षक दिपकुमार रायको नेतृत्वमा गएको प्रहरी टोलीले दिलिप … Read more

दुई हजारले घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार?

काठमाडौँ, माघ २२- सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य अघिल्लो दिन भएको कारोबारको तुलनामा प्रतितोला रु दुई हजारले घटेको छ । अधिल्लो दिन प्रतितोला रु एक लाख छ हजार एक सयमा कारोबार भएको सुन आज प्रतितोला रु एक लाख चार हजार एक सय तोकिएको हो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार आज तेजाबी … Read more

चार लाख नेपाली नक्कली नोटसहित मधेशमा दुईजना पक्राउ

मधेश, माघ २२ गते । चार लाख ३५ हजार नेपाली नक्कली नोटसहित दुईजना पक्राउ परेका छन् । सशस्त्र प्रहरी बलको इन्टेलिजेन्स ब्युरोले शनिबार साँझ उनीहरूलाई नियन्त्रणमा लिएको हो । पक्राउ पर्नेमा सिरहाको लहान नगरपालिका–१९ का ३० वर्षीय मोहम्मद ओसिन र लहान–१० का २२ वर्षीय मोहम्मद राज शेख छन् । लहान–८ स्थित पशुपति माध्यमिक विद्यालयनजिकको रोडबाट … Read more

रास्वपा सभापति रवि लामिछानेले आज विशेष पत्रकार सम्मेलन गर्दै

काठमाडौँ, माघ २२– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले आज काठमाडौँमा विशेष पत्रकार सम्मेलन गर्ने भएका छन् । पछिल्लो राजनीतिक अवस्थाको बारेमा लामिछानेले पत्रकार सम्मेलन गर्न लागेका हुन् । उनले सामाजिक संजाल फेसबुकमा लेखेका छन्–‘पार्टीको बैठकले आज ठोस निर्णय लिन्छ त्यो आफ्नै ठाउँमा छ। त्यस लगत्तै पार्टी कार्यालय बाट आज म विषेश पत्रकार सम्मेलन … Read more

चितवन–२ मा स्वतः निर्वाचित घोषणा गर्न श्रेष्ठको माग

चितवन, माघ २२ गते । चितवन–२ बाट प्रतिनिधिसभा सदस्यमा रवि लामिछानेसँग पराजित भएका नेपाली कांग्रेसका उम्मेदवार उमेश श्रेष्ठ आफूलाई निर्वाचित घोषणा गर्न मागसहित निर्वाचन आयोग जाने भएका छन् । चितवन–२ बाट निर्वाचित राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने उम्मेदवार र सांसद हुन अयोग्य रहेको अदालतको ठहरसँगै उनको सांसद पद गुमेको थियो । श्रेष्ठ आज आइतबार … Read more

चितवनका तरकारी किसानले भोगेका समस्या समाधान गरी काम गर्छुः कृषि मन्त्री साह

चितवन, माघ २१- कृषि तथा पशुपंक्षी विकास मन्त्री ज्वालाकुमारी साहले चितवनका किसानहरूले उठाएका मागहरुलाई सम्बोधन गर्न प्रयास गर्ने बताएकी छन्। उनले तरकारी किसानले भोगेका समस्या समाधान गरी किसानलाई राहत हुनेगरी काम गर्ने बताइन्। शनिबार भरतपुरमा राष्ट्रिय व्यवसायिक पशुपालन तथा दूध उत्पादन कृषक समाजको अधिवेशनमा बोल्दै मन्त्री साहले दूध, माछा, तरकारी किसानहरूका समस्या समाधान गर्ने विषयलाई … Read more

फेब्रुअरी ६ मा विवाह गर्दै सिद्धार्थ र कियारा

काठमाडौं, माघ २०- बलिउड अभिनेता सिद्धार्थ मल्होत्रा र अभिनेत्री कियारा आडवाणी ६ फेब्रुअरीमा विवाह गर्दैछन्। भारतीय सञ्चारमाध्यम दैनिक जागरणका अनुसार उनीहरूले ६ फेब्रुअरीमा विवाह गर्न लागेका हुन्। उनीहरूको विवाह जैसलमेरको सूर्यगढ दरबारमा हुनेछ। उनीहरूको विवाह समारोह ४ देखि ६ फेब्रुअरीसम्म हुनेछ। विवाह सम्पन्न भएपछि मुम्बईमा रिसेप्सन पार्टी आयोजना गरिनेछ। उनीहरूको विवाहमा शाहरूख खान, शाहिद कपूर, … Read more

नेता घनश्याम भूसाल गाडी चलाउँदा चलाउँदै बेहोस भएपछि अस्पताल भर्ना

काठमाडौं, माघ २०- नेकपा एकीकृत समाजवादीका नेता घनश्याम भूसाल अस्वस्थ्य भएपछि अस्पताल भर्ना भएका छन् । आफैं गाडी चलाएर पार्टी कार्यालय जाँदै गरेका भूसाल बानेश्वरमा बेहोस भएका थिए । त्यसपछि भूसाललाई सिभिल अस्पतालमा भर्ना गरिएको छ । उनको स्वास्थ्य सामान्य रहेको अस्पतालले जनाएको छ ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ९ किलो सुनसहित एक विदेशी नागरिक पक्राउ

काठमाडौं, माघ १९– त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ९ किलो १३५ ग्राम सुनसहित एकजना विदेशी नागरिक पक्राउ परेका छन्। त्रिभुवन विमानस्थल भन्सार कार्यालयका प्रवक्ता यमराज पाण्डेकाका अनुसार दुबईबाट फ्लाइ दुबईको उडान नम्बर एफ २५७३ मा गएरति १२ बजे काठमाडौं यात्रुलाई विमानस्थल भन्सारले सुनसहित नियन्त्रणमा लिएको हो। पक्राउ पर्नेमा क्यानडाको पासपोर्ट र अवुधावी वर्थप्लेस भएका ३५ वर्षीय मोहमद … Read more

इन्धनकाे भाउ फेरी बढयाे

काठमाडौं,१८ माघ । भारतबाट इन्धनको मूल्य बढेर आएको छ । अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य बढेसँगै भारतीय आयल कर्पोरेसन (आईओसी)ले निगमलाई इन्धनको भाउ बढाएर पठाएको हो । जसअनुसार पेट्रोल प्रतिलिटर ८ रुपैयाँ १ पैसा, डिजेल ७ रुपैयाँ ९८ पैसा, मट्टितेल ४ रुपैयाँ ६१ पैसा तथा हवाई इन्धन ७ रुपैयाँ ८० पैसा बढेर आएको निगम स्रोतले … Read more