पुन कोरोना संक्रमणदर तिब्र रुपमा बढ्दै, परिक्षण एकदमै कम

८ साउन । पछिल्लो समय नेपालमा पुन कोरोना संक्रमणदर तिब्र रुपमा बढ्दै गएको छ। विश्व स्वास्थ्य संगठनका अनुसार पनि पाँच प्रतिशतभन्दा कम भए मात्र संक्रमणको अवस्थालाई सामान्य मान्ने गरे पनि पाँच प्रतिशत भन्दा माथिको संक्रमणदरलाई असामान्य मानिने गरेको छ। तर नेपालमा असार २७ गतेबाट कोरोना संक्रमणदर पाँच प्रतिशतभन्दा माथि पुगे विवरणमा देखिन्छ। शनिबार ३ सय … Read more

दैनिक साढे दुई अर्बभन्दा बढी रेमिट्यान्स भित्रिदै

काठमाडौं,साउन ८- नेपालमा दैनिक साढे दुई अर्बभन्दा बढी रेमिट्यान्स भित्रिने गरेको छ। नेपाल राष्ट्र बैंकको तथ्यांकअनुसार वैदेशिक रोजगारमा गएका युवाले दैनिक सरदर २ अर्ब ७४ करोड ५७ लाख रुपैयाँ नेपाल पठाउँदै आएका छन्। आर्थिक वर्ष २०७८/०७९ को ११ महिनामा ९ खर्ब ५ अर्ब ३८ करोड रुपैयाँ विदेशबाट नेपाल भित्रिएको छ। सबैभन्दा बढी फागुन, चैत, वैशाख … Read more

मंकीपक्स विश्वव्यापी स्वास्थ्य आपत्काल घोषणा

एजेन्सी- मंकीपक्स प्रकोपलाई विश्व स्वास्थ्य संगठन (डब्लूएचओ)ले विश्वव्यापी स्वास्थ्य आपतकाल घोषणा गरेको छ । संसारभरका ७५ देशमाफैलिएपछि डब्लूएचओले मंकीपक्सलाई विश्व स्वास्थ्य आपत्काल घोषणा गरेको हो । संक्रमणका घटना बढेपछि डब्लूएचओको आपत्कालीन समितिको दोस्रो बैठकपछि सबैभन्दा उच्च तहको चेतावनी जारी गरिएको हो । विश्व स्वास्थ्य संगठन महानिर्देशक डा टेड्रोस अधानोम गेब्रेयसले ७५ देशमा १६ हजारभन्दा धेरै … Read more

सिरहामा बाख्रा चराउन गएकी महिला मृत भेटिइन्

सिरहा, साउन ८ । बाख्रा चराउने क्रममा हराएकी सिरहाको विष्णुपुर गाउँपालिका-२ का एक महिला दुई दिनपछि मृतावस्थामा फेला परेकी छिन् । बाख्रा चराउन भन्दै घरबाट हिँडेकी उनी घर नफर्केपछि खोजतलास गर्ने क्रममा खोलामा शव फेला परेको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रवक्ता प्रहरी नायब उपरीक्षक सुभाष बुढाथोकीले जानकारी दिए । शव परीक्षणका लागि लहानस्थित प्रदेशिक अस्पताल … Read more

वीरगञ्जमा २ दिनदेखि हराएकी ४ वर्षीया बालिका मृत भेटिइन्

७ साउन, वीरगञ्ज । वीरगञ्जमा दुई दिनदेखि हराईरहेकी ४ वर्षीया बालिककाको शव फेला परेको छ । वीरगञ्ज-२ छपकैया घुसुकपुर बस्ने सिकन्दर अलीको छोरी सुहाना खातुनको शव फेला परेको हो । बिहान स्थानीयले बालिकाको शव देखेपछि प्रहरीलाई खबर गरेका थिए । सुहाना साउन ५ गते बिहीबार अपरान्हदेखि नै हराएकी थिइन् । तर, अभिभावकले छोरी हराएको निवेदन … Read more

बाराबाट भारततर्फ लैजाँदै गरेको एक सय पचास किलो गाँजा बरामद

जानकारी नेपाल, डेस्क । सशस्त्र प्रहरीले बाराबाट लागुऔषध गाँजासहित दुई जनालाई पक्राउ गरेको छ । मकवानपुर जिल्लाको कैलाश गाउँपालिका ६ सानुलेख बस्ने अन्दाजी २९ वर्षीय राजकुमार रुम्बा तथा भारत बिहार राज्य मोतिहारी जिल्ला संग्रामपुर वडा नं ११ भरवलीया बस्ने श्यामलाल महतो पक्राउ परेका हुन् । हिजो शुक्रबार राति ९:५० बजे बारा जिल्लाको महागढीमाई नगरपालिका वडा … Read more

नागरिकता विधेयक बहुमतले पारित

जानकारी नेपाल, डेस्क । प्रतिनिधि सभाबाट नागरिकतासम्बन्धी विधेयक बहुमतले पारित भएको छ । शुक्रबार दिनभर छलफलपछि प्रतिनिधि सभाले नागरिकता ऐन २०६३ लाई संशोधन गर्न बनेको विधेयक बहुमतले पारित भएको हो । प्रतिनिधि सभाबाट पारित भएपछि यो विधेयक अब राष्ट्रिय सभामा जानेछ । त्यहाँबाट पनि पारित भएर राष्ट्रपतिबाट प्रमाणीकरण भएपछि ऐन बनेर लागु हुनेछ ।

चितवनको माडीमा एक पुरुषको शव फेला

एस.एस पटेल, माडी । वाग्मती प्रदेशको चितवन जिल्लामा एक पुरुषको शव फेला परेको छ । जिल्लाको माडी नगरपालिका वडा नम्वर ४ स्थित खेतमा घोप्टो परेको अवस्थामा ३५ बर्षीय शम्भु महतोको शव फेला परेको हो । शव परीक्षणका लागि भरतपुर अस्पताल पठाईएको जिल्ला प्रहरी कार्यालय चितवनले बताएको छ । शरीरमा कुनै संकास्पद चोटपटक नरहेको र घटनाको … Read more

वीरगञ्जमा चट्याङ लागेर ठाकुर मृत्यु

वीरगञ्ज ६ साउन । वीरगञ्ज महानगरपालिका वडा नम्बर २८ बगही बस्ने ३५ वर्षीय दिनानाथ ठाकुरको चट्याङ लागेर हिजो बिहीबार साँझ मृत्यु भएको छ । खेतमा काम गर्न गएको अवस्थामा चट्याङ लाग्दा उनी गम्भीर घाइते भएका थिए । उनलाई उपचारको लागि नारायणी बयोधा अस्पताल वीरगञ्जतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

भारतीय कन्टेनरको ठक्करबाट दुई नेपालीको घटनास्थलमै मृत्यु

काठमाडौँ, साउन ६- आज बिहान भारतीय कन्टेनरले मोटरसाइकललाई ठक्कर दिँदा मोरङमा दुई जनाको घटनास्थलमै मृत्यु भएको छ । बूढीगङ्गा गाउँपालिका–२ गङ्गा चोकमा दक्षिणबाट उत्तरतर्फ जाँदै गरेको एचआर ३८ एक्स २२१० नम्बरको खाली कन्टेनरले सोही दिशातर्फ जाँदै गरेको को ३० प ९१०३ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको हो । प्रहरीका अनुसार दुर्घटनामा मोटरसाइकल चालक मोरङको केराबारी गाउँपालिका–७ … Read more