आज बुधवार यस्तो छ तपाईको राशिफल, २०८० साल चैत १४ गते

चैत १४- मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) कुनै कुराले मनमा शान्ति छाउनेछ । घुमफिर र सफल यात्राका विशेष अवसर मिल्ने छन् । पराक्रम बढ्नुका साथै कीर्ति वृद्धिको योग पनि देखिन्छ । वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) विपरीत वर्ग प्रति आकर्षण बढ्नेछ । राजनैतिक कार्यमा सफलता मिल्नेछ । … Read more

आज तराईका जिल्लामा होली मनाइँदै

काठमाडौं । आज तराईका जिल्लाहरुमा फागु अर्थात होली पर्व मनाइँदैछ । तराईमा होलीलाई विशेष महत्वका साथ मनाउने गरिन्छ । रङ्गहरुको पर्व होलीलाई मित्रता, आत्मियता, सामिप्य र सद्भाव दर्शाउने पर्वको रुपमा पनि लिने गरिएकाले साथीसङ्गी, आफन्तहरु जम्मा भएर होली खेल्ने गरिन्छ । पहाडी तथा हिमाली जिल्लाहरुमा होली मनाइएको भोलिपल्ट तराइमा होली पर्व मनाउने गरिन्छ । वसन्त … Read more

ललितपुरको ढोलाहिटीमा ग्याङ फाइट, दुईजनाको हत्या

काठमाडौं,चैत १२- ललितपुरको ढोलाहिटीमा दुईजनाको हत्या भएको छ । होली खेल्ने क्रममा विवाद हुँदा गएराति ९ बजे दुई समूहबीच ग्याङ फाइट हुँदा दुईजनाको ज्यान गएको हो । मृत्यु हुनेमा २८ वर्षका रेवाज राई र ३० वर्षका प्रजन राई रहेको प्रहरीले जनाएको छ । शव पाटन र सुमेरु अस्पतालमा राखिएको छ । घटनामा संलग्न भएको आशंकामा … Read more

आजको मौसमः देशभर बदली

काठमाडौँ, चैत १२- देशभर आज मौसम आंशिकदेखि साधारणतया बदली रहेको छ । नेपालमा हाल पश्चिमी न्यून चापीय प्रणाली तथा भारतको उत्तर पूर्व आसाम र आसपास क्षेत्रमा रहेको न्यून चापीय प्रणालीको प्रभाव रहेको छ । बागमती र गण्डकी प्रदेशको केही स्थानमा हल्का वर्षा भइरहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । आज … Read more

नेपाल र आयरल्याण्ड ए बीचको पहिलो टी-२० आज

काठमाडाैं, चैत १२- नेपाल क्रिकेट संघ (क्यान) ले आयरल्याण्ड ए सँगकाे टी-२० सिरिज आजदेखि शुरु गर्दै छ । नेपाली राष्ट्रिय टिमले नेपाल भ्रमणमा रहेको आयरल्याण्ड ए टिमसँग आज पहिलो खेल खेल्दै छ । टियु मैदानमा हुने यो खेल अपराहन्न १ बजेदेखि शुरु हुने छ । यस सिरिज खेल्ने नेपाली टिममा रोहित पौडेल (कप्तान), आसिफ सेख, … Read more

हिन्दु स्वयंसेवक संघद्धारा जीतपुरसिमरामा होली मिलन कार्यक्रम सम्पन्न

बारा, चैत्र ११ गते । हिन्दु स्वयंसेवक संघ जीतपुरसिमरा नगर समितिले विभिन्न ठाँउमा होलि मिलन कार्यक्रमको आयोजना गरी होली मनाएको छ । बसन्त ऋतुको आगमनको शुरूआतमा पर्ने होली आईतबार पहाडी क्षेत्र र तराई क्षेत्रमा सोमबार होली पर्व परेको छ । होलीको अवसरमा क्षेत्रअनुसार सरकारले सार्वजनिक बिदासमेत दिएको छ । भाइचारा र सद्भावको रूपमा मनाइने यो … Read more

जीतपुरसिमरा नगर उद्योग वाणिज्य संघद्धारा होली मिलन कार्यक्रम सम्पन्न

बारा, चैत्र १० गते । बारको जीतपुरसिमरा नगर उद्योग बाणिज्य संघले होलि मिलन कार्यक्रमको आयोजना गरी होली मनाएको छ । बसन्त ऋतुको आगमनको शुरूआतमा पर्ने होली आईतबार पहाडी क्षेत्र र तराई क्षेत्रमा सोमबार होली पर्व परेको छ । होलीको अवसरमा क्षेत्रअनुसार सरकारले सार्वजनिक बिदासमेत दिएको छ । सद्भावको रूपमा लिइएको यो पर्व उल्लासमय छ । … Read more

चैत्र १६ देखि पाँचौ बकुलिया भवानीपुर गोल्डकप २०८० हुने

बारा, चैत्र १० गते । जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर ५ मा पाँचौ बकुलिया भवानीपुर गोल्डकप २०८० हुने भएको छ । जन कल्याणकारी क्लबको आयोजनामा चैत्र १६ गतेदेखि प्रतियोगिता हुने भएको हो । आयोजक क्लबले आज पत्रकार सम्मेलनको आयोजना गरी प्रतियोगिताबारे जानकारी गराएको हो । चैत्र २३ गतेसम्म सञ्चालन हुने उक्त प्रतियोतिमा ८ वटा टिमको सहभागिता … Read more

दाङमा करेन्ट लागेर एकै घरका तीनको मृत्यु

दाङ,चैत १०- दाङमा करेन्ट लागेर एकै घरका तीन जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा राप्ती गाउँपालिका–३ घण्टदेव चोकका ५५ वर्षीया दिलसरा केसी र उहाँका श्रीमान् ६० वर्षीय गोरखबहादुर केसी र चार वर्षीय नाति कृष्ण केसी रहेको जिल्ला प्रहरी कार्यालय दाङले बताएको छ । दाङ प्रहरीका अनुसार शनिबार दिउँसो हाइटेन्सन लाइनको विद्युत्को तार चुडिएर करेन्ट … Read more

प्रथम जीतपुरसिमरा क्रिकेट कपको उपाधि मकवानपुरको पोल्टोमा

बारा, चैत्र १० गते । प्रथम जीतपुरसिमरा क्रिकेट कपको उपाधि मकवानपुर क्रिकेट संघले जितेको छ । जीतपुरसिमरा ४ स्थित सेज क्रिकेट मैदानमा शनिबार सम्पन्न फाइनल खेलमा पर्सा क्रिकेट संघलाई ७ विकेटले पराजित गर्दै मकवानपुरले उपाधि उचालेको हो । टस जितेर ब्याटिङ रोजेको पर्सालाई कम स्कोरमा रोक्दै उपाधि उचाल्ने क्रममा मकवानपुरले सानदार प्रदर्शन गरेको थियो । … Read more