रास्वपा सभापति रवि लामिछानेले आज विशेष पत्रकार सम्मेलन गर्दै

काठमाडौँ, माघ २२– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले आज काठमाडौँमा विशेष पत्रकार सम्मेलन गर्ने भएका छन् । पछिल्लो राजनीतिक अवस्थाको बारेमा लामिछानेले पत्रकार सम्मेलन गर्न लागेका हुन् । उनले सामाजिक संजाल फेसबुकमा लेखेका छन्–‘पार्टीको बैठकले आज ठोस निर्णय लिन्छ त्यो आफ्नै ठाउँमा छ। त्यस लगत्तै पार्टी कार्यालय बाट आज म विषेश पत्रकार सम्मेलन … Read more

चितवन–२ मा स्वतः निर्वाचित घोषणा गर्न श्रेष्ठको माग

चितवन, माघ २२ गते । चितवन–२ बाट प्रतिनिधिसभा सदस्यमा रवि लामिछानेसँग पराजित भएका नेपाली कांग्रेसका उम्मेदवार उमेश श्रेष्ठ आफूलाई निर्वाचित घोषणा गर्न मागसहित निर्वाचन आयोग जाने भएका छन् । चितवन–२ बाट निर्वाचित राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने उम्मेदवार र सांसद हुन अयोग्य रहेको अदालतको ठहरसँगै उनको सांसद पद गुमेको थियो । श्रेष्ठ आज आइतबार … Read more

बालुवाटारमा प्रधानमन्त्री प्रचण्ड र ओलीबीच भेटवार्ता

काठमाडौं,माघ १८- प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ । सत्ता गठबन्धन दलबीच खटपट सुरु भएको चर्चाकाबीच प्रचण्ड र ओलीबीच भेटवार्ता भएको हो । सर्वोच्च अदालतको आदेशपछि रवि लामिछाने गृह मन्त्रालयबाट बाहिरिएसँगै अहिले गठबन्धनमा खटपट देखिएको छ ।प्रचण्डले गृहमा रविलाई गृहमा भित्र्याउन नसकिने बताएपछि समस्या बढेको हो ।

अदालतबाट फैसलाको पूर्णपाठ नआए सम्म गृह मन्त्रालयबारे निर्णय लिन्नँ: प्रधानमन्त्री प्रचण्ड

काठमाडौं माघ १७- प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले रवि लामिछानेको नागरिकतासम्बन्धी मुद्दाको सर्वोच्च अदालतबाट फैसलाको पूर्ण पाठ नआएसम्म गृह मन्त्रालयको नेतृत्वबारे निर्णय नगर्ने बताएका छन् । आज (मंगलबार) पार्टीको पदाधिकारी बैठकमा उनले गृह मन्त्रालयबारे तत्काल निर्णय नगर्ने जानकारी गराएका हुन् । उपाध्यक्ष कृष्णबहादुर महराले भने, ‘अदालतको फैसलाको पूर्णपाठ नआउँदासम्म गृह मन्त्रालयबारे निर्णय हुँदैन, प्रधानमन्त्रीसँगै रहन्छ ।’ … Read more

निर्वाचनमा रवि लामिछानेसँग चुनावी प्रतिस्पर्धा गर्ने चाहना छ: कांग्रेस नेता भण्डारी

काठमाडौँ, माघ १६- नेपाली कांग्रेसका प्रभावशाली नेता तथा सांसद डा. चन्द्रकान्त भण्डारीले आफूलाई रवि लामिछानेसँग चुनावी प्रतिस्पर्धा गर्ने रहर लागेको बताएका छन् । आज (सोमबार) रिपोर्टर्स क्लब नेपालको आयोजनामा ‘राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचन, र समसामयिक राजनीतिक विषयमा विभिन्न दलका नेताहरुसँग भएको साक्षात्कार’ कार्यक्रममा बोल्द आफूले निर्वाचनमा रबिसँग प्रतिस्पर्धा चाहेको बताएका हुन् । रविप्रति जनताको आकर्षण … Read more

चितवन–२ को उपनिर्वाचनमा रविलाई सत्ता गठबन्धनले सहयोग गर्छः शेरबहादुर तामाङ

काठमाडौं, माघ १६- सत्तारूढ दल नेकपा (एमाले) एमालेका प्रभावशाली नेता तथा पूर्वमन्त्री शेरबहादुर तमाङले चितवन–२ को उपनिर्वाचनमा रवि लामिछानेलाई सत्ता गठबन्धनले सहयोग गर्ने बताएका छन् । आज (सोमबार) रिपोर्टर्स क्लब नेपालको आयोजनामा ‘राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचन, र समसामयिक राजनीतिक विषयमा विभिन्न दलका नेताहरुसँग भएको साक्षात्कार’ कार्यक्रममा बोल्दै तामाङले चितवन–२ मा उपनिर्वाचन हुँदैगर्दा रविलाई सत्ता गठबन्धन … Read more

सत्ता गठबन्धन भत्काएर नयाँ सत्ता समीकरण बनाउने खेल सुरु

काठमाडौं, माघ १६– राष्ट्रपतिको निर्वाचन प्रक्रिया सुरु हुनु अगावै वर्तमान सत्ता गठबन्धन भत्काउन विभिन्न शक्तिकेन्द्र दौडधुपमा लागेको पाइएको छ । एमाले, माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी, राप्रपालगायतको सत्ता गठबन्धनलाई टुटाएर नयाँ सत्ता समीकरण बनाउने खेल सुरु भएको हो । सो खेलले सरकारलाई अस्थिर बनाउन मलजल पुग्ने विश्लेषण राजनीतिक वृत्तमा गरिएको छ । विदेशी शक्तिकेन्द्रदेखि राष्ट्रियस्तरकै … Read more

रविलाई तुरुन्त गृहमन्त्री पदमा फर्काउन एमालेको दबाव, प्रधानमन्त्री छैनन् तयार

काठमाडौं, माघ १५- राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका सभापति रवि लामिछानेलाई गृहमन्त्री पदमा फर्काउन एमालेले दबाव दिएको बुझिएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड निकट स्रोतले यसको पुष्टि गर्दै उनलाई तुरुन्तै बहाली गर्ने पक्षमा बालुवाटार नरहेको जानकारी दियो । स्रोतका अनुसार एमाले अध्यक्ष केपी ओलीले फोन गरेर प्रचण्डलाई यस्तो ‘सुझाव’ दिएका छन् । ‘उहाँमाथि गम्भीर चार्ज … Read more

अभिनेत्री एलिजा गौतम नागरिक उन्मुक्ति पार्टीमा प्रवेश

१४ माघ, बुटवल । अभिनेत्री एलिजा गौतम नागरिक उन्मुक्ति पार्टीमा प्रवेश गरेकी छन् । शनिबार भैरहवामा आयोजित कार्यक्रममा पार्टी अध्यक्ष रञ्जिता श्रेष्ठले गौतमलाई पार्टीमा प्रबेश गराएकी हुन् । केही चलचित्र र म्युजिक भिडियोमा अभिनय गरेकी एलिजा पत्रकार ऋषि धमलाकी पत्नी हुन् । नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठले एलिजाको जिम्मेवारी टुंगो नलागेको बताइन् । ‘उहाँ … Read more

राष्ट्रिय स्वतन्त्र पार्टीको कार्यवाहक सभापतिमा डोलप्रसाद अर्याल

काठमाडौँ, माघ १४ गते । डोलप्रसाद अर्याल राष्ट्रिय स्वतन्त्र पार्टीको कार्यवाहक सभापति भएका छन् । सर्वोच्च अदालतनको फैसला अनुसार राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने पदमुक्त भएपछि बसेको पार्टीको आकस्मिक बैठकले श्रम मन्त्रीसमेत रहेका अर्याललाई कार्यवाहक अध्यक्ष बनाउने निर्णय गरेको महामन्त्री मुकुल ढकालले जानकारी दिए ।