सरकारमा जाने तयारी छैनः सभापति रवि लामिछाने

चितवन,फागुन २९- राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आफ्नो पार्टी तत्काल सरकारमा जाने तयारीमा नरहेको बताउनुभएको छ । आज यहाँ पत्रकारसँग कुराकानी गर्दै उहाँले अहिलेको परिस्थितिको मूल्याङ्कन गर्नेकाम भइरहेको छ भन्नुभयो । उहाँले भन्नुभयो, “सरकारमा जाने तयारी भन्ने होइन । परिस्थितिलाई मूल्याङ्कन गर्नुपर्ने हुन्छ ।” उहाँले सत्ता समीकरण परिवर्तन भए पछि सरकारमा जानु परेमा कारण … Read more

राष्ट्रपति निर्वाचनको मत परिणाम प्रतिवेदन आज राष्ट्रपति भण्डारीसमक्ष बुझाइँदै

काठमाडौँ, फागुन २६– राष्ट्रपति निर्वाचन मतपरिणाम आज राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष पेस गरिने भएको छ । राष्ट्रपति तथा उपराष्ट्रपतिको निर्वाचनसम्बन्धी ऐन, २०७४ को दफा ६० बमोजिम आयोगले निर्वाचनको परिणामसहितको प्रतिवेदन आज राष्ट्रपतिसमक्ष पेस गर्ने कार्यक्रम रहेको आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिए । आयोगले माघ १६ गतेको निर्णय अनुसार बिहीबार राष्ट्रपतिको निर्वाचन शान्तिपूर्ण र उत्साहपूर्वक … Read more

राष्ट्रपति चुनावमा भोट नहाल्ने राप्रपाको निर्णय

काठमाडौं, फागुन २४– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को राष्ट्रपति निर्वाचनमा तटस्थ बस्ने निर्णय गरेको छ । पार्टी कार्यालय धुम्बाराहीमा बसेको कार्यसम्पादन समितिको बैठकले तटस्थ बस्ने निर्णय गरेको हो । पार्टीभित्र तटस्थ बस्ने वा नबस्ने भन्ने चर्काे विवाद देखिएपछि राप्रपाले तटस्थ बस्ने निर्णय गरेको छ ।

मधेश प्रदेशमा सरकारबाट एमाले हटाइने

जनकपुर,१४ फागुन । नेकपा एमालेको अग्रसरतामा गठन भएको सत्ता गठबन्धन ६१ दिनमा भत्किए लगतै मधेशको सत्ता गठबन्धनमा हलचत देखिएको छ । मधेश प्रदेश सरकारमा एमालेका ४ जना मन्त्री र १ जना राज्यमन्त्री छन् । मधेश प्रदेशका सभामुख पनि एमालेका रामचन्द्र मण्डल हुन् । मधेश प्रदेशमा सबै भन्दा ठूलो दल रहेको एमालेका २४ जना सभासदस्य रहेका … Read more

निलम्बन फुकुवा भएसँगै सांसद चौधरीले राष्ट्रपति निर्वाचनमा भोट दिन पाउने

काठमाडौँ, फागुन १२- नागरिक उन्मुक्ति पार्टीका सांसद अरुणकुमार चौधरीको निलम्बन फुकुवा भएसँगै राष्ट्रपतिको निर्वाचनमा भाग लिन पाउने भएका छन् । यही फागुन २५ गते हुने राष्ट्रपतिको निर्वाचनका लागि सांसद चौधरी निलम्बित भएका कारण मतदाता सूचीमा उनको नाम समावेश थिएन । बिहीबार निर्वाचन आयोगमा सांसद चौधरीमाथि संसद्ले गरेको निलम्बन फुकुवाको पत्र पुगेसँगै उनको नाम मतादाता सूचीमा … Read more

फागुन १० गतेसम्ममा सत्ता गठबन्धन टुट्ने गगन थापाको दाबी

बुटवल, फागुन १- नेपाली कांग्रेसका महामन्त्री गगन थापाले सत्ता गठबन्धन फागुन १० भित्रै टुट्ने दाबी गरेका छन् । नेपाली कांग्रेस रुपन्देही क्षेत्र नम्बर–१ ले सोमबार रुपन्देहीको कोटिहवामा गरेको कार्यकर्ता भेलामा महामन्त्री थापाले पुसको १० गते निर्माण भएको एमाले नेतृत्वको गठबन्धन फागुनको १० गतेसम्ममा परिवर्तन भइसक्ने बताए । ‘पुस १० मा बनेको गठबन्धनबारे फागुन १०मा नयाँ … Read more

चितवन २ को उपनिर्वाचन वैशाख १० गते हुने

चितवन, माघ २९- चितवन –२ को उपनिर्वाचन वैशाख १० गते गर्ने निर्वाचन आयोगले निर्णय गरेको छ । नागरिकता प्रकरणमा सर्वोच अदालतको फैसलाले चितवन–२ का सांसद रवि लामिछानेको पद गएसँगै उपनिर्वाचन गर्नुपर्ने आवश्यकता परेको हो । आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले वैशाख १० गते आइतबार चितवन २ मा उपनिर्वाचन गर्ने निर्णय भएको बताए। राष्ट्रिय स्वतन्त्र पार्टीको … Read more

कांग्रेस सरकारमा जाँदैन, प्रतिपक्षमै बस्छः नेता कोइराला

काठमाडौं, माघ २४- नेपाली कांग्रेसका नेता शेखर कोइरालाले राष्ट्रपति निर्वाचनमा कांग्रेसले उम्मेदवारी दिने र उक्त उम्मेदवारलाई जिताउने बताएका छन्। नेपाल प्रेस युनियन बागमती प्रदेश प्रथम अधिवेशनको आज (बुधबार) सौराहमा उद्घाटन गर्दै अन्य दलहरूसँग सहमति गरेर कांग्रेसले आफ्नो उम्मेदवारलाई राष्ट्रपति बनाउने उनको दाबी छ। नेपाल प्रेस युनियन बागमती प्रदेश प्रथम अधिवेशनको आज सौराहमा उद्घाटन गर्दै कोइरालाले … Read more

उपचुनाव नजितेसम्म कुनै पदमा जान्नँः रवि लामिछाने

काठमाडौं,माघ २२- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले उपनिर्वाचनबाट निर्वाचित नभई कुनै पदमा नजाने बताएका छन् । सरकारबाट बाहिरिने, तर समर्थन कायमै राख्ने पार्टीको निर्णयबारे जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा लामिछानेले भने, ‘उपनिर्वाचनबाट निर्वाचित नभई कुनै पदमा जान्नँ ।’ उनले सञ्चारमाध्यमहरुले आफूलाई निरन्तर खेदेको भन्दै आक्रोश समेत पोखेका छन् ।

रास्वपाले गर्यो सरकारबाट बाहिरिने

काठमाडौं, माघ २२– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सरकारबाट बाहिरिने भएको छ । जारी केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठकले यस्तो निर्णय गरेको एक सांसदले जानकारी दिए । उनका अनुसार सरकारबाट बाहिरिने निर्णय गरेको छ ।