जनमत पार्टीले माग्यो थप एक मन्त्रालय

काठमाडौँ, माघ ४ गते । सिके राउत नेतृत्वको जनमत पार्टीले सरकारसँग थप अर्को मन्त्रालय माग गरेको छ । जनमत पार्टीका अध्यक्ष सिके राउतले प्रधानमन्त्री प्रचण्डसँग थप एउटा मन्त्रालयको प्रस्ताव राखेका हुन् । सोही विषयमा छलफलका लागि अहिले सो पार्टीका उपाध्यक्ष समेत रहेका खानेपानी मन्त्री अब्दुल खान बालुवाटार गएका छन् । यसअघि सो पार्टीले खानेपानी मन्त्रालय … Read more

प्रधानमन्त्री प्रचण्डका सबै कार्यक्रम स्थगित

काठमाडौं, माघ १-  प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आइतबारका लागि तय भएका आफ्ना सबै औपचारिक कार्यक्रम स्थगित गरेका छन् । पोखरामा यती एयरलाइन्सको विमान दुर्घटना भएपछि त्यसबारे छलफलमा केन्द्रित भएका प्रचण्डले बाँकी सबै कार्यक्रम स्थगित गरेको उनको सचिवालयले जनाएको छ । आइतबार मन्त्रालय भागवण्डा लगायतका विषयमा सत्ता साझेदार दलहरुका बीचमा छलफल गर्ने तय भएको थियो । … Read more

पुनः वर्षमान पुनको स्वास्थ्यमा समस्या

काठमाडौं, पुस ३०- नेकपा माओवादी केन्द्रका उपमहासचिव तथा वर्षमान पुनको स्वास्थ्यमा पुनः समस्या देखिएको छ। रोल्पाबाट कार्यक्रममा सहभागी हुन पुगेका नेता पुनको स्वास्थ्यमा समस्या देखिएपछि शनिवार हेलिकोप्टरबाट काठमाडौं फर्किएका छन्। नेता पुन हालै मात्रै चीनबाट उपचार गरेर नेपाल फर्किएका हुन्। उनी वंशाणुगत जण्डिसबाट पीडित छन्।

घनश्याम भुसाल नेकपा एकीकृत समाजवादीमा प्रवेश

काठमाडौँ, पुस २९ गते । वामपन्थी वैचारिक नेता घनश्याम भुसाल नेकपा एकीकृत समाजवादीमा प्रवेश गरेका छन् । शुक्रबार नेता भुसाल समाजवादीमा प्रवेश गरेका हुन् । भुसाललाई नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले पार्टीमा स्वागत गरेका छन् । राजधानीमा आयोजित भुसालको पार्टी प्रवेश कार्यक्रममा अध्यक्ष नेपाल, सम्मानित नेता झलनाथ खनाल लगायतका नेता र कार्यकर्ताहरुको उपस्थिति रहेको … Read more

प्रधानमन्त्रीलाई भेट्न सिंहदरबार पुगे माधव नेपाल, सरकारलाई समर्थन एजेन्डा

काठमाडौं,पुस २०- सरकारलाई समर्थन गर्ने कुरामा अनिर्णित रहेको नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपाल प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भेट्न सिंहदरबार पुगेका छन्। बुधबार पार्टीनिकट युवा संघको बधाई तथा शुभकामना कार्यक्रमलाई सम्बोधन गरेपछि उनी प्रचण्डलाई भेट्न सिंहदरबार पुगेका हुन्। त्यहाँ दुई नेताबीच सात दलीय गठबन्धन सरकारलाई समर्थनबारे कुरा हुने स्रोतले जनाएको छ। समाजवादीको चार दिन … Read more

सत्तारूढ गठबन्धनमा सामेल हुन सकिँदैनः माधव नेपाल

काठमाडौं, पुस १८- नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले आफ्नो पार्टी सत्तारूढ गठबन्धनमा सामेल हुन नसक्ने बताएका छन्। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डुले सरकारमा सामेल हुन आग्रह गरिरहँदा उनको यस्तो अडान बाहिर आएको हो। काठमाडौंमा सुरू भएको पार्टी पोलिटब्यूरो बैठकमा बोल्दै उनले राष्ट्र र जनताको हितलाई केन्द्रबिन्दुमा राखेर आफ्नो पार्टी अघि बढ्ने पनि … Read more

‘राष्ट्रपति बन्न कुनै प्रस्ताव आएको छैन’

काठमाडौं, पुस १६- नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी)ले अध्यक्ष माधवकुमार नेपाललाई ‘राष्ट्रपति बन्ने’ कुनै प्रस्ताव नआएको प्रस्टीकरण दिएको छ । सञ्चारमाध्यम तथा सामाजिक सञ्जालमा ‘नेपाललाई राष्ट्रपति बनाउने भनेर प्रस्ताव आएको सूचना झुटो रहेको’ एकीकृत समाजवादीले प्रस्ट पारेको छ । काठमाडौंस्थित एकीकृत समाजवादी केन्द्रीय कार्यालयमा शनिबार बसेको स्थायी कमिटी बैठकपछि सञ्चारकर्मीसंग कुरा गर्दै उपमहासचिव एवं प्रचार … Read more

शीतल निवासमा प्रधानमन्त्री प्रचण्डसहित ८ मन्त्रीको शपथ

काठमाडौँ, पुस ११ नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको नेतृत्वमा आठ सदस्यीय मन्त्रीपरिषद् गठन हुने भएको छ । प्रचण्डले तीन उपप्रधानमन्त्रीसहित सात मन्त्रीलाई नियुक्त गरेर आजै शपथको कार्यक्रम तय भएको हो । प्रचण्डका स्वकीय सचिव रमेश मल्लले राष्ट्रपति भवन शीतल निवासमा आठ जनाले शपथ लिने तय भएको जानकारी दिए । जसअनुसार उपप्रधानमन्त्रीमा एमालेका विष्णु … Read more

एमालेबाट ४ जना मन्त्रीले आजै सपथ लिँदै, विष्णु पौडेल उपप्रधान तथा अर्थमन्त्री बन्ने

काठमाडौँ, पुस ११– नेकपा (एमाले)का उपाध्यक्ष विष्णु पौडेल उपप्रधान तथा अर्थमन्त्री बन्ने पक्का भएको छ । पार्टीले उपाध्यक्ष पौडेलको नेतृत्वमा ४ जना मन्त्रीलाई सरकारमा पठाउन लागेको हो । पौडेलसहित मधेश प्रदेशकी ज्वालाकुमारी साह, सुदूरपश्चिमका दामोदर भण्डारी र प्रदेश १ का राजेन्द्र राईलाई आजै सरकारमा सहभागी गराउने नेकपा एमालेको तयारी छ । नेकपा माओवादीले नारायणकाजी श्रेष्ठलाई … Read more

देउवाकै कारण गठबन्धन टुटेको होः रामचन्द्र पौडेल

काठमाडौँ, पुस ११- नेपाली कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेल देउवाका कारण गठबन्धन टुटेको बताएका छन् । नयाँ सरकार गठनका लागि सभापति शेरबहादुर देउवासँग कुरा नमिलेकै कारण गठबन्धन टुटेको बताउँदै पौडेलले असन्तुष्टि जनाएका हुन् । नेता पौडेलले देउवाका कारण गठबन्धन टुटेको भन्दै असन्तुष्टि जनाएको माओवादी प्रवक्ता कृष्णबहादुर महरा जानकारी दिए । त्यस्तै हिजो नयाँ सरकार गठनका … Read more