बारा ४ (क) को प्रदेशसभा सदस्यमा चौधरी निर्वाचित

बारा, मंसिर ७ गते । बारा क्षेत्र नं. ४(१) को प्रदेशसभा सदस्यमा नेकपा एमालेका उम्मेदवार देवनारायण चौधरी निर्वाचित भएका छन् । चौधरी तीन हजार ६ सय २० मतको मतान्तरले निर्वाचित भएका हुन् । चौधरीले १३ हजार ६ सय नौ मत प्राप्त गरेका छन् भने उनका निकटतम प्रतिद्धन्दी नेकपा माओवादी केन्द्रका क्षेत्रबहादुर श्रेष्ठले नौ हजार नौ … Read more

मतगणना नसकिँदै गोरखामा प्रचण्डको शानदार जित

गोरखा,मंसिर ७- नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले गोरखा २ बाट फराकिलो जित हासिल गरेका छन् । मतगणना नसकिँदै उनी विजयी बनेका हुन् । यस क्षेत्रमा अब १२ हजार मत मात्रै गन्न बाँकी छ । अहिलेसम्म प्रचण्डले २१ हजार ७४ मत ल्याएका छन् । राष्ट्रिय स्वतन्त्र पार्टीका कविन्द्र बुर्लाकोटीले ८ हजार ४ सय ६३ … Read more

झापा-५ बाट २८ हजार मतान्तरसहित एमाले अध्यक्ष ओली निर्वाचित

दमक,मंसिर ७- । झापा-५ बाट नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली भारी मतान्तरसहित प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन् । ओलीले ५१ हजार ६१९ मत पाएका छन् । उनका प्रतिस्पर्धी नेपाली कांग्रेसका खगेन्द्र अधिकारीले २३ हजार २३१ मत पाएका छन् । ओली अधिकारी भन्दा २८ हजार ३८८ को मतान्तर कायम गर्दै निर्वाचित भएका हुन् । राष्ट्रिय … Read more

बारा-४ बाट प्रतिनिधि सभामा किसान श्रेष्ठको सानदार जित

बारा, मंसिर ७ गते । बाराको निर्वाचन क्षेत्र नम्बर ४ को प्रतिनिधिसभा सदस्यमा नेकपा एकीकृत समाजवादीका नेता कृष्ण कुमार श्रेष्ठ (किसान) को सानदार विजयी भएका छ । श्रेष्ठले नेकपा एमालेका एकबाल मियाँलाई दश हजार ६६ मतको अन्तरले पराजित गर्दै प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका हुन पाँच दलीय गठबन्धनका तर्फबाट उम्मेदवारी दिएका श्रेष्ठले ३० हजार २५६ मत … Read more

बारा ४ (ख) मा दोहोरिए जितेन्द्र सोनल

बारा, मंसिर ७ गते । बाराको क्षेत्र नम्बर ४ (ख) को प्रदेशसभा सदस्यामा लोसपाका उम्मेदवार जितेन्द्र सोनल निर्वाचित भएका छन् । सोनल यस अघिपनि सोही क्षेत्र बाट निवार्चित भएका थिए । पाँच दलीय गठबन्धनका समेत उम्मेदवार रहेका सोनल निकटतम प्रतिस्पर्धी भन्दा निक्कै फराकिलो मतान्तरले प्रदेशसभा सदस्यमा निर्वाचित भएका हुन् । सोनल १३ हजार ५९६ मतका … Read more

महोत्तरीमा स्वतन्त्र उम्मेदवारको गाडीबाट डेढ लाख बरामद

महोत्तरी, मंसिर ३- महोत्तरीको बर्दिवास–११ स्थित खयरमाराको पाँचे टोलबाट प्रहरीले एक उम्मेदवारको गाडीबाट डेढ लाख रुपैयाँ बरामद गरेको छ। जिल्ला प्रहरी कार्यालय (महोत्तरी) का प्रहरी प्रमुख एसपी कृष्ण पंगेनीका अनुसार स्वतन्त्र उम्मेदवार विष्णुबहादुर योञ्जनको गाडीबाट शुक्रबार साँझ १ लाख ५२ हजार रुपैयाँ प्रहरीले बरामद गरेको हो। बा १४ च ८८७४ नम्बरको स्कर्पियोमा रहेका मानिसबाट उक्त … Read more

बलियो बन्दै गएका स्वतन्त्र उम्मेदवार वाग्ले चुनाव जित्न अन्तिम कसरत गर्दै

बारा, कार्तिक २९ गते । बारा क्षेत्र नं. ४ को प्रतिनिधिसभा सदस्य पदका स्वतन्त्र उम्मेदवार इच्छाबहादुर वाग्ले चुनावी परिणाम आफ्नो पक्षमा पार्न अन्तिम कसरतमा जुटेका छन् । स्वतन्त्र उम्मेदवारी दर्ता गराएपछि प्राप्त जनसमर्थनबाट हौसिएका वाग्ले अहिले निर्वाचन जित्नेमा ढुक्क देखिन्छन् । सुरुवातदेखीनै निर्वाचन परिचालनलाई प्रभावकारी बनाउदै लगेका उनले चुनाव आउन पाँच दिन बाँकी रहदा मतदातासंगको … Read more

प्रचण्डप्रति ओलीको कटाक्षः राम-लक्ष्मणसँग दुस्मनी गर्नेहरु सकिए,चितवन छाडेर हिँडे

चितवन,कात्तिक २८- नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले राम, सीता र लक्ष्मणसँग दुष्मनी गर्नेहरू सकिएको बताएका छन्। चितवनमा सोमबार भएको चुनावी सभालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले उक्त टिप्पणी गरेका हुन्। ओली प्रधानमन्त्री हुँदा चितवनको ठोरीमा राम–लक्ष्मण जन्मेको स्थान भन्दै मुर्ती बनाएर पठाएका थिए। नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई लक्षित गर्दै ओलीले उक्त अभिव्यक्ति … Read more

राज्यनै मेरो बिरुद्ध लाग्योः रवि लामिछाने

चितवन,कात्तिक २७- राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवम् चितवन २ का प्रतिनिधि सभा सदस्यका उमेदवार रवि लामिछानेले चितवन प्रहरीले सुरक्षा दिन नसकेको गुनासो गरेका छन् । आफ्नो पार्टीको प्रचारमा प्रयोग भएको गाडीमा आज इच्छाकामनामा तोडफोड भएपछि उनले प्रहरीले सुरक्षा दिन नसकेको गुनासो गरेका हुन् । प्रहरी र म्यादी प्रहरीकै अगाडि आफ्नो चुनाव प्रचारको गाडीमा आक्रमण भएको … Read more

जीतपुरमा लौरोको बृहत घरदैलो, सन्तोषलाई नै भोट दिने स्थानीयको आश्वासन

२५ गते, बारा । बाराको जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर २ मा हाम्रो नेपाली पार्टीले बृहत घरदैलो गरेको छ। सयौ वडावासीको उपस्थितिमा जीतपुरको टोलटोलमा आजको घरदैलो कार्यक्रम गरेको हो । बारा क्षेत्र नम्बर ४ (१) बाट प्रदेश सभा सदस्य पदका उम्मेदवार सन्तोष कुशवाहा सहित उनको सयौं समर्थकहरूको सहभागीतामा घरदैलो सम्पन्न गरेको छ । आफ्नो चुनावी प्रतिबद्दता … Read more