केपी ओली र हृदयेश त्रिपाठीबीच भेटवार्ता, चुनावमा मिलेर जानेबारे छलफल

काठमाडौं, साउन ३० एमाले अध्यक्ष केपी शर्मा ओली र नेपाल समाजवादी पार्टी अध्यक्ष हृदयेश त्रिपाठीबीच भेटवार्ता भएको छ । बालकोटस्थित ओली निवासमा सोमबार भएको भेटवार्तामा आसन्न निर्वाचनलगायत समसामयिक विषयमा छलफल भएको छ । सूर्य चिह्न लिएर २०७४ सालमा भएको निर्वाचन लडेका त्रिपाठीले अहिले तालमेल गरेर अघि बढ्न ओलीसँग प्रस्ताव गरेका छन् । ‘हिजो सूर्य चिह्न … Read more

चितवनमा गठबन्धन भर्सेस एमाले, के छ चुनावी अंकगणित ?

चितवन, साउन ३०- सरकारले आगामी मंसिर ४ गते प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनको मिति तय गरिसकेको छ । निर्वाचनको मिति तय भएसँगै चितवनमा चुनावी सरगर्मी बढेको छ । निर्वाचनको मिति नजिकिँदै गर्दा दलहरु आन्तरिक तयारीमा जुट्नुको साथै अंकगणितीय लेखाजोखामा केन्द्रित देखिन्छन् । २०७४ मंसिरमा भएको प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा नेकपा एमाले र माओवादी केन्द्र एकता गरेका … Read more

ओलीको आरोप: वर्तमान सरकारले देशको हित र विकासमा काम गर्न सकेन

काठमाडौँ, साउन २९- वर्तमान सरकारले देशको हित र विकासका लागि कुनै काम गर्न नसकेको नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आज काठमाडौँमा भएको राष्ट्रिय युवा सम्मेलनमा आरोप लगाएका छन्। सम्मेलनलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले आफू नेतृत्वको सरकारले विकासका धेरै कार्यक्रम ल्याए पनि वर्तमान सरकारले त्यसलाई निरन्तरता दिन नसकेको बताएका हुन् । त्यस्तै विभिन्न राजमार्ग, देशैभर … Read more

केपी ओली र राजेन्द्र लिङ्देनबीच भेटवार्ता, तालमेलबारे छलफल

काठमाडौं, साउन २८- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनबीच भेटवार्ता भएको छ। आगामी चुनावमा तालमेल गरेर जाने विषयमा उनीहरूबीच छलफल भएको हो। शुक्रबार बेलुका बालकोटमा भएको भेटवार्तामा आगामी मंसिर ४ गते हुने चुनावमा तालमेल गरेर जानेलगायत विषयमा छलफल केन्द्रित थियो। उहाँहरूबीच चुनावमा सहकार्यलगायत विषयमा कुराकानी भएको हो,? स्रोतले भन्यो, गठबन्धन … Read more

चितवनबाटै चुनाव लड्नसक्ने भन्दै एक्ला एक्लै आउन रबिले दिए ठूला दललाई चुनौती

चितवन,साउन २७- राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आवश्यक परे चितवनबाटै निर्वाचन लड्न सक्ने संकेत गरेका छन् । खैरहनी नगरपालिकामा बिहिबार आयोजित पार्टीको कार्याक्रमलाई सम्बोधन गर्दै लामिछानेले जनताको चाहाना अनुसार आफुले निर्वाचन क्षेत्र छनोट गर्ने बताए । उनले भने’जनतालाई थाहा छ म कहाँबाट निर्वाचनमा उम्मेदवार बन्नुपर्छ भन्ने,अन्य दलहरुको तालमेलको आधारमा म निर्णय गर्छु । समर्थकले … Read more

हामी छिट्टै सिंहदरबारको यात्रा तय गर्छौंः रवि लामिछाने

दाङ, साउन २०- राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेले नागरिकले भोगेका समस्यालाई आफ्नो पार्टीले मुख्य एजेन्डा बनाएको बताएका छन्। दाङमा राष्ट्रिय स्वतन्त्र पार्टीको भेलालाई सम्बोधन गर्दै उनले नागरिकले दैनिक जीवनमा भोगेका सबै समस्याहरू नै आफ्नो पार्टीको मूख्य एजेण्डा भएको बताएका हुन्। उनले आफ्नो पार्टीले जनताकै मुद्दा उठाएर चुनाव जित्ने र जनताका मुद्दाहरुको एजेन्डा बेकेर सिंहदरबारको … Read more

एमालेले हार्दा देश हार्छ र एमालेको जित भनेकै देशको जित हो: अध्यक्ष ओली

काठमाडौँ, साउन २०- नेपाल कम्युनिस्ट पार्टी एमालेका अध्यक्ष केपी शर्मा ओलीले देश बर्बाद हुनबाट बचाउन एमालेले जित्नु पर्ने बताउनु भएकध छ । राजधानी काठमाडौंमा भएको एक कार्यक्रममा आफूहरुलाई चुनाव हार्ने छुट नभएको बताउँदै उनले देशलाई हार्न नदिन एमालेले चुनाव जित्नु पर्ने बताएका हुन् । उनका अनुसार एमालेले हार्दा देश हार्छ, एमालेले जित्नै पर्ने कारण के … Read more

गठबन्धनले भदौ पहिलो साताभित्र निर्वाचन क्षेत्र भागबण्डा टुंग्याउने

काठमाडौँ, साउन २०- १६५ निर्वाचन क्षेत्रको भागबण्डा भदौको पहिलो साताभित्र मिलाउने सत्तारुढ पाँच दलीय गठबन्धनले बताएको छ । सरकारले मंसिर ४ गते निर्वाचन मिति घोषणा गरेपछि चुनावी तालमेल र भागबण्डाबारे छलफल गर्न आज बालुवाटारमा सत्ता गठबन्धनको बैठक बसेको हो । सत्ता गठबन्धनमा रहेका दलहरुले सिट भागबण्डामा आआफ्नै प्रस्ताव अघि सारेका छन् । तर शुक्रबारको बैठकमा … Read more

नेकपाका महासचिव नेत्रविक्रम चन्द (विप्लव)विरुद्ध पक्राउ पुर्जी जारी

काठमाडौं । ललितपुर जिल्ला अदालतले नेकपाका महासचिव नेत्रविक्रम चन्द (विप्लव)विरुद्ध पक्राउ पुर्जी जारी गरेको छ । अदालतले विप्लवसँगै सो पार्टीका प्रवक्ता खड्कबहादुर विश्वकर्मा, धर्मेन्द्र बास्तोला, उदयबहादुर चलाउने लगायतका अन्य नेता–कार्यकर्ताहरुविरुद्ध पनि पक्राउ पुर्जी जारी गरेको हो। हातहतियार तथा खरखजाना, विष्फोटक पदार्थ विष्फोटन गराई कर्तव्य ज्यान र राज्यविरुद्धको अपराध गरेको आरोपमा अदालतले ३५ दिने पक्राउ पुर्जी … Read more

प्रधानमन्त्री देउवाले मागे अर्थमन्त्रीको राजीनामा

काठमाडौं,असार २२- प्रधानमन्त्री शेरबहादुर देउवाले अर्थमन्त्री जर्नादन शर्मासँग राजीनामा माग गरेका छन् । स्रोतका अनुसार प्रधानमन्त्री कार्यालय सिंहदरबारमा बसिरहेको मन्त्रीपरिषदको बैठकमा प्रधानमन्त्री देउवाले अर्थमन्त्री शर्मालाई राजीनामा दिन भनेका हुन् । सोमबार संसदमा सम्बोधन गर्दै प्रमुख प्रतिपक्षी दलका नेता केपी शर्मा ओलीले सेटिङ गरेर बजेट ल्याएका अर्थमन्त्रीलाई नहटाएको भन्दै प्रधानमन्त्री देउवाको कडा आलोचना गरेपछि प्रधानमन्त्री देउवाले … Read more