एमालेले बैशाख २६ गते भरतपुरमा जनसभा गर्ने,सम्बोधन गर्न अध्यक्ष ओली आउने

चितवन, बैशाख १६- नेकपा (एमाले)ले भरतपुर महानगरपालिकामा पार्टी अध्यक्ष केपी शर्मा ओलीको उपस्थितिमा बैशाख २६ गते चुनावी आमसभा गर्ने भएको छ । बैशाख २६ गते भरतपुर बसपार्क परिसरमा महानगर स्तरीय अन्तिम चुनावी सभा गर्ने एमाले भरतपुर महानगर निर्वाचन प्रचार समिति संयोजक तेजेन्द्र खड्काले जानकारी दिए । ‘पार्टी अध्यक्ष केपी शर्मा ओलीको प्रमुख आतिथ्यतामा व्यापक जनसहभागितामा … Read more

उम्मेदवारी फिर्ता गराउदा डर,धम्की, प्रलोभन नदेखाउन आयोगको आग्रह

वैशाख १६- शुक्रबार दिउँसो एक विज्ञप्ति जारी गर्दै निर्वाचन आयोगले उम्मेदवारको मनोनयन फिर्ता गराउन धरपकड नगर्न आग्रह गरेको छ । आयोगले कतिपय उम्मेदवारलाई मनोनयन फिर्ता गराउन डर, धाक, धम्की, प्रलोभन र धरपकड गरेको सूचना आएको भन्दै आयोगले यस्तो विज्ञप्ति जारी गरेको हो । आयोगले उम्मेदवारले आफूलाई फिर्ता लिन इच्छा लागेमा राजीखुसीले लिखित सूचना दिएमा उम्मेदवारी … Read more

जीतपुरसिमरामा जसपा र जनमोर्चाले उम्मेदवारी फिर्ता लिने

बारा । बाराको जीतपुरसिमरा उपमहानगरमा जनता समाजवादी पार्टी र जनमोर्चाले केन्द्रीय तहमा भएको गठबन्धनलाई सघाउँने भन्दै शुक्रवार उम्मेदवारी फिर्ता लिने निणर्य गरेको छ । गठबन्धनमा रहेका जीतपुरसिमरा उपमहानगर स्तरीय बैठकबाट उक्त निणर्य भएको गठबन्धनको नेतृत्व गरेको नेपाली काँग्रेसका सभापति छविलाल शर्माले जानकारी दिए । यसैगरी गठबन्धनको मर्म अनुरुप पालिका भित्रका वडा तहमा आ-आÏना उम्मेदवारलाई सघाउँदै … Read more

राप्रपा नेपालका उपाध्यक्ष उद्धव पौड्यालले छाडे पार्टी

काठमाडौं, वैशाख १५ – राप्रपा नेपालका उपाध्यक्ष उद्धव पौड्यालले पार्टी परित्याग गरेका छन् । अध्यक्ष कमल थापालाई सम्बोधन गर्दै उनले बुधबार राजीनामा पत्र बुझाएका हुन्। पौड्याल उपाध्यक्ष, आर्थिक विभाग प्रमुखको पनि जिम्मेवारीमा थिए। उनले साधारण सदस्यसमेत नरहने गरी राजीनामा दिएका हुन्। राप्रपा महाधिवेशनबाट अध्यक्षमा पराजित भएपछि कमल थापाले राप्रपा नेपाल ब्युँताएपछि पौड्याल उक्त पार्टीको उपाध्यक्षमा … Read more

कांग्रेसको घोषणापत्रमाथि ओलीको टिप्पणी

काठमाडौं, १३ वैशाख- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपाली कांग्रेसले जारी गरेको घोषणापत्रलाई ‘बकवास र गालीगलौज’को दस्तावेज भएको टिप्पणी गरेका छन् । राजनीतिक विश्लेषण केही पनि नभएको र तथानाम गाली नै गाली भएकाले घोषणापत्रलाई राजनीतिक दस्तावेज भन्न नसकिने तर्क गरे । २३ औं मनमोहन अधिकारी स्मृति दिवसलाई मंगलबार बिहान सम्बोधन गर्दै ओलीले नामै किटेर … Read more

जीतपुरसिमराको मेयर पदमा माओवादी केन्द्रबाट पौडेलको नाम सिफारिस

एस.एस. पटेल, बारा । जीतपुरसिमरा उपमहानगरपालिकाको मेयरमा माओवादी केन्द्रको तर्फबाट राजन पौडेलको नाम सिफारिस गरिएको छ । नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्रको नगर कमिटीको बैठकले हिज बुधबार पौडेलको नाम सर्वसम्मत रुपमा निर्णय गरेर सिफारिस गरेको हो । माओवादी केन्द्रका जीतपुरसिमरा उपमहानगरको नगर कमिटी अध्यक्ष प्रेम बरालले नगरप्रमुखमा पौडेलको नाम पठाएको जानकारी दिनुभएको छ । ‘नगरकमिटी … Read more

गठबन्धनः भरतपुर, पोखरा र वीरगञ्जको उपमेयर नेपाली कांग्रेसलाई

नेपाली कांग्रेसले सत्तागठबन्धनको भागबण्डाबाट तीन महानगरपालिकाको उपमेयर पाएको छ । मंगलबार साँझ गठबन्धनले ६ महानगरकै मेयर र उपमेयरको टुंगो लगाएको हो । बेलुकी सकिएको सत्ता गठबन्धनको बैठकमा कांग्रेसलाई तीन र अरुलाई एक–एकवटा महानगरमा उपमेयर भागवण्डा गरेको हो । गठबन्धनमा भएको सहमति अनुसार काठमाडौ, ललितपुर र बिराटनगरमा मेयर पक्का गरेको कांग्रेसले भरतपुर, पोखरा र वीरगञ्जको उपमेयरमा … Read more

पुस २७ गते सार्वजनिक बिदा दिन राप्रपाको माग

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले आगामी पुस २७ गते सार्वजनिक बिदा दिन सरकारसँग माग गरेको छ । राप्रपाले विज्ञप्ति जारी गर्दै राष्ट्रिय एकता दिवस तथा पृथ्वी जयन्तिको अवसरमा सो दिन सार्वजनिक बिदा दिन माग गरेको हो । शुक्रबार बसेको पार्टीको केन्द्रीय पदाधिकारीहरुको बैठकले पुस २७ गते सार्वजनिक बिदा घोषणाका लागि प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाउने निर्णय समेत … Read more

नेता अफ्ताब आलम नेकपा एमाले पार्टीमा प्रवेश

एस.एस. पटेल, बारा । जीतपुरका चर्चित नेता अफताब आलम नेपाल कम्युनिस्ट पार्टी (एमाले) मा प्रवेश गर्नुभएको छ । नेकपा एमाले जीतपुुरसिमरा उपमहानगरपालिका वडा नम्बर ७ ले आयोजना गरेको प्रथम वडा अधिवेशनमा नेता आलम पार्टी प्रवेश गरेका हुन । जनप्रजातान्त्रिक पार्टीका बारा जिल्लाको पुर्व अध्यक्ष समेत रहिसक्नुभएका आलम एमाले प्रवेश गर्दै अब आफू एमालेमा रहेर जनताको … Read more

जीतपुरमा कांग्रेसको कुनै सदस्य नेकपा एमालेमा प्रवेश नगरेक‍ो नेपाली कांग्रेसको दाबी

एस.एस. पटेल, बारा । नेपाली कांग्रेस जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर ७ क‍‍ो कमिटिले एक प्रेस विज्ञप्ति जारी गर्दै आफ्नो कुनै सदस्य र कार्याकर्ता नेकपा एमाले पार्टीमा प्रवेश नगरेक‍ो दावी गरेको छ । विभिन्न समाचार माध्यममा जीतपुरका सदस्य र कार्याकर्ताहरू नेपाली कांग्रेस पार्टी त्याग गरि नेकपा एमाले पार्टीमा प्रवेश गरेक‍ो खबर आए पछि कांग्रेसले यस्तो प्रेस … Read more