दुर्गा प्रसाइको नेतृत्वमा आज काठमाडौंमा प्रदर्शन हुने

काठमाडौं, १ फागुन । मेडिकल ब्यावसायी दुर्गा प्रसाइको नेतृत्वमा काठमाडौंमा आज प्रदर्शन हुने भएको छ । राष्ट्र,राष्ट्रियता,धर्म,संस्कृति र नागरिक बचाउ महाअभियान नामक संस्थामार्फत बिभिन्न गतिबिधि गर्दै आएका प्रसाइको नेतृत्वमा काठमाडौंमा आज प्रदर्शन हुन लागेको हो । राजाबादी र हिन्दुबादीहरूको ‘नैतिक समर्थन’ रहेको भनिएको सो आन्दोलनलाइ राप्रपा र राप्रपा नेपालजस्ता पार्टीहरूले नैतिक समर्थन जनाएका छन् । … Read more

सामाजिक कार्यकर्ता !

लेखकः मनीर अंसारी, जीतपुरसिमरा नगर उद्योग वाणिज्य संघ द्वारा भब्य र सभ्य रुपमा आयोजना हुने प्रथम जीतपुरसिमरा मेला महोत्सव २०८०/१०/१८ गतेदेखि ३० गतेसम्म सहभागि भै ऐतिहासिक रुपमा सफल पारौ । बाराको जीतपुरसिमरा उपमहानगरपालिका वार्ड नं.३ बजनी अन्तर्गत मालपोत कार्यालयको दक्षिण पट्टि रहेको मैदानमा महोत्सव गर्ने कुराले निकै ठूलो चर्चा पाएको छ । महोत्सव भन्नू नै … Read more

भ्रष्टचारी र अनियमितता अन्त्य गर्न मेयर प्रत्यासी विजय यादव बुझायो ज्ञापन पत्र

रौतहट, माघ २९ गते रौतहट जिल्लाको उत्तरी र पश्चिमी भेग अवस्थित फतुवा विजयपुर नगरपालिकामा भ्रष्टाचार र अनियमितता बढेको भन्दै आम जनता पार्टी(आजपाले) ज्ञापन पत्र बुझाएको छ । नगरपालिका स्थानीय सरकार भएको हुँदा नगरवासीले सरकारको महसुस गर्ने किसिमको कार्य नभएको र पालिकामा भ्रष्टाचार र अनियमितता व्याप्त रहेको हुँदा त्यसतर्फ आफ्नो गम्भीर ध्यानाकर्षण भएको आजपा नगर कमिटी … Read more

आम जनता पार्टीका मधेश प्रदेश कमिटी पुनर्गठन, अध्यक्षमा कुशवाहा

मधेस, माघ २८ गते । आम जनता पार्टी (आजपा) मधेश प्रदेश कमिटी पुनर्गठन गरिएको छ । उमेश कुशवाहाको अध्यक्षतामा १८५ सदस्यीय मधेश प्रदेश कमिटी पुनर्गठन गरिएको छ । आजपाका मधेश प्रदेश अध्यक्ष उमेश कुशवाहाका अनुसार इन्चार्जमा सुधिर यादव , सहइन्चार्जमा श्रीचन मुखिया, उपाध्यक्षहरुमा बबिता यादव, विजय साह सचिउ ममता शर्मा, सह सचिव कामेश्वर साह र … Read more

राष्ट्रिय युवा संघ सर्लाहीका अध्यक्ष सुनिलकुमार गुप्ता आजपा प्रवेश

काठमाडौं, माघ २८ गते । आम जनता पार्टी (आजपा)का अध्यक्ष एवं पूर्वमन्त्री प्रभु साहले दलीय सिन्डिकेटका कारण लोकतन्त्र नै खतरामा परेको बताएका छन् । सिंहदरबार स्थित आजपाको संसदीय दलको कार्यालयमा आयोजित पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष साहले प्रमुख दलहरुको सिन्डिकेटका कारण लोकतन्त्र खतरामा परेको बताएका छन् । ‘दलीय सिन्डिकेटका कारण लोकतन्त्र नै खतरामा परेको … Read more

२२ बर्षदेखी हराएको छोरा खोज्दै ८५ बर्षीय आमा

महोत्तरी, २७ माघ । बिशाल बस्नेत/न्युज कारखाना रामबाबु कार्की बिहानै उठेर आमाबुवालाई ब्युझाँउदा बाहिर सिरसिर बतास चलिरहेको थियो ।  पानी पर्ला जसरी आकाश अन्धकार देखिन्थ्यो । आमा दुर्गा कुमारी कार्कीलाई २०५९ साल जेठ २० गतेको त्यो दिन छोराले रेडियो बजाउदै समाचार सुनिरहेको अझै ताजा छ । युद्दकालिन उक्त समयमा दुर्गाकुमारीले परैवाट रेडियोमा आर्मी र माओवादीविच भिडन्त भएको र मानिसहरु … Read more

एपीएफले जित्यो मकवानपुर गोल्डकप

मकवानपुर, २७ माघ । मकवानपुर गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा एपीएफले एनआरटीलाई हराउँदै उपाधि जितेको छ। हेटौंडा स्थित गौरीटार रंगशालामा भएको फाइनल खेलमा निर्धारित ९० मिनेटमा गोलरहित बराबरी भएपछि खेल अतिरिक्त समयमा गएको थियो। अतिरिक्त समयमा पनि गोल हुन नसक्दा खेल पेनाल्टी सुटआउटमा पुग्यो। पेनाल्टी सुटआउटमा ३-३ को बराबरी भएपछि खेल सडनडेथ शूटआउटमा पुग्यो। सडनडेथको दोस्रो शूटमा … Read more

रास्वपाका सुदूरपश्चिम सभापति विष्ट सवार कार दुर्घटना

धनगढी, २७ माघ । कैलालीको सुखडस्थित घोडाघोडी ताल क्षेत्रमा बस र कार ठोकिएका छन्। घोडाघोडी ताल क्षेत्रमा टीकापुरदेखि विद्यार्थी ल्याएको ना ६ ख १३३९ नम्बरको बस र बा १७ च ७२५७ नम्बरको कार ठोकिएका हुन्। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सुदूरपश्चिम प्रदेशका सभापति प्रकाश विष्ट सवार कार र पार्किङमा राखिएको बस फर्काउदा दुर्घटना भएको हो। इलाका … Read more

चितवनको माडीमा बाघको आक्रमणबाट गाईको मृत्यु

चितवन, माघ २७ गते । चितवन जिल्लाको माडीमा बाघको आक्रमणबाट एक गाईको मृत्यु भएको छ । माडी नगरपालिका वडा नम्बर २, सितलपुरमा गएराती पाटेबाघको आक्रमणबाट गाईएको बच्चा (बाच्छी)को मृत्यु भएको हो । स्थानीय हठन महतोको परालको टौवा मुनी बाँधेर राखेको अवस्थामा गएराती करिब १२ बजेको समयमा बाघले बाच्छीलाई आक्रमण गरेको थियो । चुरे समुदायिक वनबाट … Read more

हेटौंडामा नवजात शिशु मृत फेला

हेटौंडा, २७ माघ । मकवानपुर जिल्लाको हेटौंडामा नवजात शिशु मृत फेला परेको छ । हेटौंडा उपमहानगरपालिका वडा नम्बर ११ नवलपुरमा नवजात शिशु मृत अवस्थामा फेला परेका हो । जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार हिजो शुक्रबार दिउँसो नवलपुरमा रहेको उपयोगी सहश्राब्दी बचत तथा ऋण सहकारी संस्था नजिकै बेवारिसे अवस्थामा शिशु मृत फेला परेको थियो । जिल्ला … Read more