भरतपुर भ्रमण वर्षको आज प्रधानमन्त्री प्रचण्डले उद्घाटन गर्दै

चितवन, फागुन १८- भरतपुर भ्रमण वर्ष २०२४ को आज प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले औपचारीक रुपमा उद्घाटन गर्दै छन् । नारायणी नदी किनारमा आज दिउँसो १ बजे भ्रमण वर्षको उद्घाटन गरिँदै छ । भ्रमण वर्षको उद्घाटन गर्न प्रधानमन्त्री प्रचण्ड हिजो (बिहीवार) नै चितवन आइपुगेका छन् । उद्घाटन अघि पूर्व–पश्चिम राजमार्ग केन्द्रित गरी विभिन्न स्थानबाट विविध झाँकीसहितको … Read more

दूध बेचेको पैसा नपाउँदा बाराका किसान सडकमा

बारा, १७ फागुन । बाराका दुग्ध उत्पादक किसानले दूधको रकम भुक्तानी र बिक्री वितरण सहजीकरण माग गर्दै बिहीबार बारामा प्रदशर्न गरेका छन्।  उत्पादित दूधले बजार नपाएको र बिक्री भएको दूध तथा दुग्धजन्य पदार्थको रकम भुक्तानी नपाएको भन्दै किसानले पूर्वपश्चिम राजमार्गअन्तर्गत बाराको निजगढ नगरपालिका स्थित शहिद चोकमा पूर्वपश्चिम राजमार्ग अवरुद्ध गरेर प्रदर्शन गर्दै विरोध जनाएका थिए। उनीहरूले … Read more

भ्रमण वर्षको उद्घाटनका लागि प्रचण्डसहित पाँच पूर्वप्रधानमन्त्री चितवन आउँदै

चितवन, फागुन १७- भरतपुर महानगरपालिकाको आयोजनामा ‘घुमौँ भरतपुर’ भन्ने नारासहित हुन लागेको भरतपुर भ्रमण वर्ष २०२४ को भोलि औपचारीक रुपमा उद्घाटन गरिँदै छ । नारायणी नदी किनारमा भव्य कार्यक्रम गरेर उद्घाटन हुने भ्रमण वर्ष २०२४ को उद्घाटनको लागि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड आजै चितवन आउँदै छन् । कार्यक्रममा प्रधानमन्त्री प्रचण्डसहित पाँच पूर्व प्रधानमन्त्री सहभागी हुने … Read more

चितवनमा ट्रकको ठक्करबाट पैदलयात्रीको मृत्यु

चितवन, १७ फागुन । चितवनको रत्ननगर नगरपालिका–९, कृष्ण मन्दिरनजिक ट्रकको ठक्करबाट एक पैदलयात्रीको मृत्यु भएको छ ।  बुधबार मध्यराति प्रदेश २–०३–००१ख ६९९६ नम्बरको ट्रकको ठक्करबाट पैदल यात्री एक पुरुषको मृत्यु भएको हो । मृतकको पहिचान नखुलेको प्रहरीको भनाइ छ ।  ठक्कर दिने ट्रक र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । 

भरतपुर मेयर्स कपः वाल्मीकि र अर्किड फाइनलमा प्रवेश

चितवन, फागुन १६– वाल्मीकि शिक्षा सदन र अर्किड स्कुल एक्सपर्ट भरतपुर मेयर्स कप अन्तरविद्यालय क्रिकेट प्रतियोगिताको फाइनलमा प्रवेश गरेका छन् । भरतपुरस्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको नमुना मैदानमा आज (बुधबार) भएका सेमीफाइनलका खेलहरुमा सहज जित निकाल्दै वाल्मीकि र अर्किडले उपाधिका लागि भेट पक्का गरेका हुन् । पहिलो सेमीफाइनलमा वाल्मीकिले सनराइज इङलिस स्कुललाई १८ रनले पराजित … Read more

४५ किलो चरेससहित ३ जना पक्राउ

मकवानपुर, १६ फागुन । भिमफेदी गाउँपालिका-२ भैँसेबाट अवैध लागूऔषध चरेस ४५ किलो र गाँजा करिब ५ किलोसहित ३ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा थाहा नगरपालिका-८ आग्रा बस्ने ३० वर्षीय बिमल स्याङतान, कैलाश गाउँपालिका-१ खोलाखर्क बस्ने ५२ वर्षीय चन्द्र बहादुर घलान र भिमफेदी गाउँपालिका-१ किटनी बस्ने ३२ वर्षीय नवराज तामाङ रहेका छन् । प्रहरी … Read more

जीतपुरसिमरा महोत्सवमा प्रथम जीतपुरसिमरा डान्स च्याम्पियन पनि हुने

बारा, फागुन १२ गते । जीतपुरसिमरा महोत्सव २०८० मा प्रथम जीतपुरसिमरा डान्स च्याम्पियन पनि हुने भएको छ । जितपुरसिमरा नगर उद्योग वाणिज्य संघको आयोजनामा हुने महोत्सव प्रथम जीतपुरसिमरा डान्स च्याम्पियन गर्न लागिएको हो । फागुन १८ गते बाट सुरु हुने उक्त महोत्सवको तयारी तिब्रगतिमा भैरहेको छ । यता महोत्सवमा प्रथम जीतपुरसिमरा डान्स च्याम्पियन हुने तय … Read more

नारायणगढ–मुग्लिन सडक भोलिदेखि २४ सै घण्टा सञ्चालन हुने

चितवन, फागुन १२- नारायणगढ–मुग्लिन सडक खण्डको तुईन खोलामा पुल निर्माणका लागि कडा चट्टानी पहाड फुटाउने कार्य अन्तिम चरणमा पुगेको छ । दैनिक दिउँसो १२ बजेदेखि ४ बजेसम्म सडक बन्द हुँदै आएकोमा भोलि (आइतवार)देखि २४ सै घण्टा सडक आवागमन खुला हुने नागढुङ्गा–मुग्लिन सडक आयोजना पश्चिम खण्डले जानकारी दिएको छ । पहाड काट्नका लागि तेस्रो पटक थपेको … Read more

राष्ट्रिय विभुतिको २२औं वार्षिकोत्सव सम्पन्न

बारा, फागुन १० गते । राष्ट्रिय विभुति सामुदायीक शिक्षा सदन डुमरवानाको २२औं वार्षिकोत्सव सम्पन्न भएको छ । जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर १५ स्थित रहेको उक्त विद्यालयले अभिभावक दिवसको दिन पारेर आफ्नै ग्राउन्डमा वार्षिकोत्सव सम्पन्न गरेको हो । २२वर्ष पुरा गरेको उपलक्ष्यमा विद्यालयले विभिन्न सांकृतिक, प्रस्तुतिकरण, प्रगति विवरण, सामाजिक क्रियाकलापहरु, सम्मान लगायतको कार्यक्रमको आयोजना गरेर वार्षिकोत्सव … Read more

पर्सामा एकअर्काको धार्मिक स्थलमा विरोध नगर्नेसहित ५ बुँदे सहमति 

पर्सा, ८ फागुन । पर्सामा सामाजिक तथा धार्मिक सद्भाव कायम राख्नेगरी ५ बुँदे सहमति भएको छ । रौतहटको ईशनाथ नगरपालिकाको मोतीपुरमा सरस्वतीको मूर्ति सेलाउने विषयमा दुई पक्षबीच विवाद र झडप भएको विषयलाई लिएर सोमबार वीरगञ्जमा झडपको स्थिति उत्पन्न भएपछि स्थानीय प्रशासनले अनिश्चितकालीन कर्फूयू जारी गरेपछि उत्पन्न समस्या समाधान गर्न ५ बुँदे सहमति गरिएको हो ।  मंगलबार … Read more