मदिरा पिएकी श्रीमतीको कुटपिटबाट श्रीमान्‌को मृत्यु

तनहुँ-मंसिर २९- तनहुँमा मदिरा पिएकी श्रीमतीले श्रीमान्‌को हत्या गरेकी छन्। शुक्लागण्डकी नगरपालिका घर भएकी सुशीला विकले बुधबार साँझ साढे ९ बजे मदिरा सेवन गरि विवाद गरेकी सुशीलाले श्रीमान् ४० वर्षीय मनबहादुर नेपालीलाई कुटपिट गरी ढुंगाले टाउकोमा हिर्काएर उनको मृत्यु भएको हो । प्रहरीका अनुसार श्रीमतीको कुटपिटबाट गम्भीर बनेका नेपालीको जीपी कोइराला राष्ट्रिय श्वास प्रश्वास केन्द्रमा … Read more

१० ठेकेदार कम्पनी र तीन आपूर्तीकर्ता कालोसूचीमा

मंसिर २९– सार्वजनिक खरिद अनुगमन कार्यालयले १० ठेकेदार कम्पनी र तीन आपूर्तीकर्तालाई कालोसूचीमा राखेको छ । कालोसूचीमा परेका जम्मा १३ कम्पनीमध्ये दुई कम्पनीलाई तीन वर्ष, एक कम्पनीलाई दुई वर्ष र १० कम्पनीलाई एक वर्ष कालो सूचीमा राखिएको कार्यालयले जारी गरेको सूचनामा उल्लेख छ । भरतपुर महानगरपालिकाको आग्रहमा भरतपुर–१७ स्थित जन कन्स्ट्रक्सन प्रालिलाई एक वर्षको लागि … Read more

आजदेखि सकियो चोलेन्द्रको कार्यकाल

काठमाडौं, मंसिर २७– निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा अनिवार्य अवकाश पाएर आजदेखि न्यायपालिकाको नेतृत्वबाट बाहिरिँदै छन्। ६५ वर्षे उमेरहदका कारण उनी आजबाट अनिवार्य अवकाशमा जान लागेका हुन्। नियुक्त भएदेखि नै विवादै विवादमा तानिएका जबराले झन्डै चार वर्षको कार्यकालमा १० महिना त निलम्बित अवस्थामै बिताए। कार्यकालको अन्तिम वर्षमा उनले महाभियोगको सामना गर्नुपर्‍यो। निवृत्त हुँदा पनि जबराले आफूमाथि … Read more

बारामा मोटरसाइकल दुर्घटना हुदा एक जनाको मृत्यु

बारा, मंसिर २४ गते । बारा जिल्लामा मोटरसाइकल दुर्घटना हुदा एक जनाको मृत्यु भएको छ । जिल्लाको महागढीमाई नगरपालिका – ८ मा मोटरसाइकल आफै अनियन्त्रित भई पुलको डिभाइडरमा ठोक्किदा दुर्घटना भएको हो । दुर्घटनामा गम्भीर घाइते भएका सिम्रौनगढ नगरपालिको वडा नम्बर १० बस्ने ३० वर्षीय रतन दासको उपचारको क्रममा मृत्यु भएको प्रहरीले बताएको छ । … Read more

प्रधानन्यायाधीश चोलेन्द्रशमशेरलाई सर्वोच्च छिर्न नदिन बारका वकिलहरूको धर्ना

काठमाडौं,२१ मंसिर । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणालाई सर्वोच्च छिर्न नदिन बारका वकिलहरू गेटमा बसेका छन् । राणालाई प्रवेश नदिने नेपाल बार एशोसिएशनको निर्णयसँगै वकिलहरू अवरोधका लागि गेटमा पुगेका हुन् । संसद सचिवालयका महासचिवले महाअभियोग निस्प्रभावी बनेको पत्र दिएपश्चात राणा सर्वोच्च आउने तयारीमा छन् । यसलगत्तै बारको बैठक बसेको थियो । बार अध्यक्ष चन्डेश्वर श्रेष्ठले संसद सचिवालयले … Read more

महाकाली नदीमा भारतले बनाइरहेको तटबन्धन १० दिनका लागि रोक्ने सहमति

काठमाडौँ, मंसिर २२- दार्चुलाको नेपाल-भारत सिमानामा पर्ने महाकाली नदीमा भइरहेको एकतर्फी तटबन्धनको काम रोक्ने सहमति भएको छ। बुधबार बसेको बैठकले हाललाई विवादित भएको ठाउँमा निर्माण भइरहेको तटबन्धन १० दिन रोक्न सहमति भएको हो। महाकाली नदी किनारामा भारतले बनाइरहेको संरचना रोक्ने सहमतिभएको जिल्ला प्रशासन कार्यालय दार्चुलाका प्रमुख जिल्ला अधिकारी दीर्घराज उपाध्यायले जानकारी दिएका छन्।

दुई अर्बको लागतमा भरतपुर विमानस्थलमा यस्तो बन्दैछ टर्मिनल भवन

चितवन, मंसिर २१- भरतपुर विमानस्थलमा नयाँ टर्मिनल भवन बन्ने भएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणले नयाँ टर्मिनल भवन निर्माण गर्न लागेको हो । यात्रुको चाप हुने यो विमानस्थल विस्तारका लागिसमेत प्रक्रिया अघि बढाइएको छ । प्राधिकरणले टर्मिनल भवनका लागि बोलपत्र आह्वान गरी प्राविधिक मूल्याङ्कनको क्रममा छ । प्राधिकरणका इञ्जिनीयर नलविक्रम थापाका अनुसार ६ वटा … Read more

जग्गाको कित्ताकाट खोल्न उपमहानगरलाई ज्ञापनपत्र

एस.एस. पटेल, बारा । जग्गाको कित्ताकाट खोल्न जीतपुरसिमरा उपमहानगरपालिकालाई ज्ञापनपत्र बुझाएको छ । जितपुरसिमराका व्यवसायी र स्थानियहरूले उपमहानगरलाई उपमहानगर भित्र जग्गाको कित्ताकाट खुल्ला गर्न ज्ञापनपत्र बुझाएका हुन । बारा पर्साका अधिकांश स्थानीय तहले जग्गा कित्ताकाट खुुल्ला गरिसके परिप्रेक्षमा जीतपुरसिमरा उपमहानगरले हाल सम्म कित्ताकाट नखोल्दा स्थानीय र व्यवसायीहरू मारमा परेको भन्दै छिटोभन्दा छिटो यस उपमहानगरमा जग्गा … Read more

नेप्सेमा ४ अंकको गिरावट

काठमाडाैँ,२० मंसिर । मंगलबार पनि सेयर बजार परिसूचक नेप्सेमा गिरावट आएको छ । अघिल्लो दिन २४ अंकमाथिले घटेको नेप्से सूचक आज थप ४.८७ अंकले घट्दै १९३३.८८ अंकमा झरेको हो । उसो त नेप्से सूचक घटेसँगै आज कारोबार रकममा समेत ठूलो संकुचन आएको छ । यस दिन ९६ करोड ५२ लाख १० हजार रूपैयाँ बराबरको २५ … Read more

संसदीय दलको नेताका लागि देउवाले शशांकसँग मत मागे

काठमाडौं, मंसिर २०- प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले संसदीय दलको नेता चुनिनका लागि नेता डा.शशांक कोइरालासँग मत माग्नुभएका छन् । कोइरालाका स्वकीय सचिव भरत तिवारीका अनुसार निर्वाचनपछि बधाई साट्न बालुवाटार पुगेका कोइरालासँग देउवाले मत माग्नुभएको हो। देउवाले मत मागेपछि सल्लाह गरौंला नि भनि जवाफ फर्काएका थिए । देउवा र कोइरालाको २-३ दिनपछि पुन … Read more