भारतविरुद्ध इतिहास बनाउने लक्ष्यमा नेपाल

काठमाडौं, भदौ ३१– साफ महिला च्याम्पियसिपअन्तर्गत शुक्रबार दोस्रो सेमिफाइनलमा भारत र नेपाल प्रतिस्पर्धा गर्दैछन् । भारतविरुद्ध मैदान उत्रिँदा नेपाली महिला टिम नयाँ इतिहास कोर्ने लक्ष्यमा हुनेछ । चार पटक फाइनल र एक पटक सेमिफाइनलमा प्रतिस्पर्धा गर्दा भारतविरुद्ध नेपालले साफ च्याम्पियनसिपमा हालसम्म जित निकाल्न सकेको छैन । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने खेल अपराह्न साँढे पाँच बजे … Read more

मन्त्री चौधरीमाथि फर्जी कागजपत्रको साहारामा कारवाही आंतक

बारा, ३० भदौ । आसन्न प्रतिनिधि तथा प्रदेशसभाको निर्वाचनलाई लक्षित गरेर बारामा कांग्रेसभित्र फर्जी कागजपत्रको साहारामा एकले अर्को पक्षलाई कारवाही गरेको पत्र सार्वजनिक भएको छ । खानेपानी मन्त्री तथा कांग्रेसका सहमहामन्त्री उमाकान्त चौधरीलाई पार्टीको साधारण सदस्य समेत नरहने गरी निलम्बन भएको ५ महिना पुरानो मितिको पत्र मंगलवार एकाएक सार्वजनिक भएको छ । सिम्रौनगढ नगरपालिकाका पूर्व … Read more

चुनावअघि लालपुर्जा वितरण नगर्न निर्वाचन आयोगको निर्देशन

काठमाडौं, भदौ ३१- निर्वाचन आयोगले संसदीय निर्वाचन अघि जग्गा नबाँड्न निर्देशन दिएको छ । राष्ट्रिय भूमि आयोगले चुनावको मुखमा भूमिहीनलाई लालपुर्जा वितरण गर्न थालेपछि आयोगले जग्गा बाँड्न रोक लगाएको हो । प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचन सम्पन्न नभएसम्म जग्गा वितरणसम्बन्धी कुनै काम नगर्न आयोगले राष्ट्रिय भूमि आयोगलाई भनेको छ । ‘आसन्न निर्वाचनलाई निष्पक्ष बनाउन … Read more

स्कूटरबाट झरेर नारायणी पुलबाट एक पुरुषले हाम फाले

चितवन,भदौ ३०- चितवनको नारायणी नदी पुलबाट हाम फालेर एक पुरुष वेपत्ता भएका छन् । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार आज (बिहिबार) ६ः५१ मिनेटमा भरतपुर महानगरपालिका ३ स्थित नारायणी नदी पुलबाट नाम थर नखुलेका अन्दाजी ३०/३२ बर्षका पुरुषले हाम फालेका हुन् । उनले बागमती प्रदेश ३–०२–००२ प ९१३६ नम्बरको सिल्भर कलरको स्कूटर,निलो कलरको चप्पल र एक … Read more

सिमरा भेट्रान कप २०७९ : दोश्रो दिन ६ खेल सम्पन्न, भोलि क्वाटरफाईनल हुने

सिमरा, भाद्र ३० । बाराको सिमरामा जारी दोस्रो अन्तराष्ट्रिय सिमरा भेट्रान कप २०७९ मा आज एकैदिन ६ वटा खेल सम्पन्न भएको छ । सिमरा भेट्रान क्लबको आयोजनामा सिमरा रंगशालामा जारी प्रतियोगिताको दोश्रो दिन आज ६ वटा खेल सम्पन्न भएको हो । स्वर्गिय मञ्जुदेवी गुप्ताको स्मृतीमा आयोजना गरिएको प्रतियोगिता अन्र्तगत आज भएको पहिलो खेलमा सिमरा भेट्रान … Read more

जीतपुरसिमरा: किर्ते काम गर्न नमान्ने दुई कर्मचारीलाई वडा अध्यक्षले कोठामा थुने

बारा, भाद्र ३० । किर्ते काम गर्न नमानेका दुई जना अमिनलाई बाराको जितपुरसिमरा उपमहानगरको वडा नम्बर ३का वडा अध्यक्षले कोठामा थुनेको विरोधमा कर्मचारीहरुले कारवाहीको माग गर्दै बिहिबार उपमहानगरको काम ठप्प पारेका छन । जीतपुरसिमरा ३ का वडा अध्यक्ष तारा बहादुर कार्कीले अमिनद्वय प्रदिप कुमार र अम्बिका प्रसाद कुशुबाहलाई बुधबार वडा अध्यक्षको आदेश नमानेको भन्दै कोठामा … Read more

बाराली पत्रकार भण्डारी सौराहमा सम्मानित

चितवन, भाद्र ३०। नेपाल फोटो पत्रकार महासंघ बाराका अध्यक्ष दिवाकर भण्डारी चितवनको सौराहमा सम्मानित भएका छन् ।फोटो पत्रकार महासंघको दोस्रो केन्द्रीय महाधिवेशनको उद्घघाटन समारोहमा पत्रकार भण्डारीलाई सम्मानित गरिएको हो । बाग्मती प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री कृष्ण खनाल र महासंघका केन्द्रीय अध्यक्ष ध्रुव आलेले भण्डारीलाई सम्मान गरेका थिए । फोटो पत्रकार महासंघको स्थापनाकालदेखि नेतृत्वदायी … Read more

दोश्रो अन्तराष्ट्रिय सिमरा भेट्रान कप सुरू, पहिलो दिनक‍ो खेलमा सिमरा र चितवन विजयी

सिमरा, भाद्र २९ । बाराको सिमरामा बुधवार देखी सुरु भएको दोस्रो अन्तराष्ट्रिय भेट्रान कप २०७९ को उद्घाटन खेलमा आयोजक सिमरा भेट्रान क्लब विजयी भएको छ । स्वर्गिय मञ्जुदेवी गुप्ताको स्मृतीमा सिमरा रंगशालामा शुरु भएको उद्घाटन खेलमा सिमराले सर्लाही भेट्रान क्लबलाई ८–० गोलको अन्तरले पराजित गर्दै विजयी यात्रा शुरुवात गरेको हो । साथै आजै भएको दस्रो … Read more

बारामा परीक्षा पुस्तिका जाँच्दै नजाँची विद्यार्थीलाई अंक

बारा,२९ भदाै । बाराको जीतपुरसिमरा उपमहानगर भित्रका सामुदायिक नमुना विद्यालयहरुले परीक्षा पुस्तिका जाँच्दै नजाँची विद्यार्थीलाई अंक दिने गरेको खुलेको छ । उपमहानगरका प्रमुख राजन पौडेल सहित शिक्षा महाशाखाको टोलीले गरेको निरीक्षणमा नमुना विद्यालयसहित अन्य ५ बिद्यालयले परीक्षा पुस्तिका जाँचै नगरी मनपरी ढंगले अंक दिएको खुलेको हो । शिक्षकहरु आफैंले मनोमानी ढंगले विभिन्न विषयमा अंक लेखेर … Read more

स्रोत नखुलेको रकमसहित दुई जना पक्राउ

जनकपुर,२९ भदाै । राजविराज नगरपालिका–५ कुनौलीबाट स्रोत नखुलेको १ लाख ४४ हजार नेपाली रुपैयाँ र १० हजार भारतीय रुपैयाँसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारत घर भएका ३६ वर्षीय मो. समसुर समेत २ जना छन् । उनीहरूलाई मंगलबार प्रहरीले पक्राउ गरेको हो । बीआर ०७ एक्यू ५१९९ नम्बरको मोटरसाइकललाई जिल्ला प्रहरी … Read more