सौराहामा अज्ञात व्यक्तिद्वारा हात्तीमाथि आक्रमण, सुँड दुई टुक्रा

चितवन, चैत २२– गएराति सौराहामा घरपालुवा हात्तीमाथि हतियार प्रहार भएको छ। राति करिब साढे ११ बजेतिर हात्तीमाथि आक्रमण गरिएको थियो। अज्ञात व्यक्तिले हात्तीको सुडमा हतियार प्रहार गरी सुँड दुई टुक्रा बनाएको हात्तिका मालिक दिपक खतिवडाले बताए । खतिवडाको ४५ वर्षिय चनचनकली नामको हात्तीलाई घरमा आएर आक्रमण गरीएको हो। हात्ती पीडाले कराएपछि हेर्न पुग्दा सुँड काटिएको … Read more

हवाई भाडा घट्यो, चैत २२ गतेदेखि लागू हुने

बारा, चैत्र २१ गते । नेपाल आयल निगमले हवाई इन्धनको मूल्य घटाएसँगै एयरलाइन्सको हवाई भाडा घटेको छ । वायुसेवा सञ्चालक सङ्घले यही चैत २२ गतेदेखि लागू हुने गरी हवाई भाडा समायोजन गरेको हो । निगमले सोमबार हवाई इन्धनको प्रतिलिटर रु १० ले कटौती गरेको थियो । सोअनुसार काठमाडौँबाट धनगढीको उडानमा सबैभन्दा धेरै रु चार सय … Read more

मधेश सरकारबाट बाहिरियो एमाले, मन्त्रीहरूले दिए राजीनामा

बारा, चैत्र २१ गते । मधेस सरकारबाट एमाले बाहिरिएको छ । एमाले सरकारबाट बाहिएको संगै मधेश सरकारमा रहेका नेकपा एमालेका मन्त्रीहरुले राजीनामा दिएका छन् । मुख्यमन्त्री सरोजकुमार यादवलाई एमालेका मन्त्रीहरुले राजीनामा पत्र बुझाएका हुन् । मधेश सरकारमा एमालेबाट भौतिक पूर्वाधार विकासमन्त्रीमा सरोजकुमार यादव, महिला, बालबालिका, युवा तथा खेलकुदमन्त्री पदमा मोहमद जयद आलम, गृह तथा सञ्चारमन्त्रीमा … Read more

हर्क साम्पाङ र बालेन शाहबीच भेटवार्ता

काठमाडौं, चैत २१- धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङ र काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहबीच भेटवार्ता भएको छ। मंगलबार धरान उपमहानगरका मेयर हर्क साम्पाङ र काठमाडौं महानगरका मेयर बालेन शाहबीच दिउँसो राष्ट्रिय सभामा भेटवार्ता भएको बालेनका सचिवालयका प्रेस सल्लाहकार सुरेन्द्र बजागाईंले जानकारी दिए। उनका अनुसार उनीहरूबीच समसामयिक विषयमा कुराकानी भएको हो। ‘उहाँहरूले आ-आफ्नो ठाउँमा के/कस्ता कामहरू … Read more

रवि लामिछानेको राहदानीसम्बन्धी मुद्दामा आज सुनुवाइ नहुने

काठमाडौं, चैत २१- राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेमाथि राहदानी विवादमा मुद्दा नचलाउने महान्यायाधिवक्ताको निर्णयविरूद्ध परेको रिटमा आज सुनुवाइ नहुने भएको छ । युवराज पौडेल (सफल) ले दिएको रिट न्यायाधीश अनिलकुमार सिन्हाको एकल इजलासमा परेको थियो । न्यायाधीश सिन्हाले रविको नागरिकतासम्बन्धी मुद्दा हेरेको इजलासमा आफू पनि भएकाले एक खालको धारणा दिइसकेकाले यो मुद्दा आफूले हेर्न … Read more

वीरगञ्जः नेपाल टेलिकम क्षेत्रिय कार्यालय बन्यो महानगरपालिकाको डम्पिङ्ग साईड

बीरगन्ज, २१ चैत । बीरगन्ज महानगरपालिकाका सरसफाईकर्मीहरुले आज बिहान संकलन गरेको फोहर नेपाल टेलिकम बीरगन्जको श्रीपुर क्षेत्रिय कार्यालय परिसरमा असालेको छ । बीरगन्ज महानगरपालिका सरफाईकर्मी सहितको टोलीले एक दर्जन ट्याक्टरमा लोड गरि लिएर आएको फोहर टेलिकमको क्षेत्रिय कार्यालयमा खसालेको हो । बीरगन्जको वाईसपास लगायतको बिभिन्न मुल सडक तथा उप–सडकहरुमा फाईबर तार बिछ्याउनका लागि टेलिकमले खनेको … Read more

जनकपुरमा कल सेन्टर चलाएर ठगी गर्ने २३ जना पक्राउ

जनकपुर,२१ चैत । जनकपुरमा कल सेन्टर चलाएर ठगी गरेको आरोपमा ९० थान कम्प्युटरसहित २३ जना पक्राउ परेका छन् । जनकपुरधामको पिडारीचौकस्थित वीरबहादुर राउतको घरको दोस्रो तलामा गैरकानुनी रुपमा कल सेन्टर संचालन गरी अनलाइन ठगी गर्नेलाई प्रहरीले पक्राउ गरेको हो । ठगी गर्ने कल सेन्टरमा छापा हानेर ९ महिलासहित २३ जनालाई प्रहरीले पक्राउ गरेको छ । … Read more

सुनको मूल्य तोलामा एक हजारले बढ्यो

बारा , चैत्र २१ गते । नेपाली बजारमा मंगलबार सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार यस दिन सुनको मूल्य तोलामा एक हजार रुपैयाँले बढेको हो । आज छापावाल सुन तोलाको एक लाख नौ हजार रुपैयाँमा कारोबार भइरहेको छ । सोमबार तोलाको एक लाख आठ हजारमा कारोबार भएको थियो । मंगलबार तेजाबी सुन तोलाको … Read more

जताजता मुद्दा हाल्नुपर्छ हाले हुन्छ, म डराउनेवाला छैन: रवि लामिछाने

चितवन, चैत २१- राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आफूलाई मुद्दामाथि मुद्दा हालेर सिध्याउने षड्यन्त्र भइरहेको बताएका छन्। चितवन क्षेत्र नम्बर २ को उपनिर्वाचनमा उम्मेदवार बनेका लामिछानेले भरतपुरमा आयोजित कोणसभालाई सम्बोधन गर्दै आफूलाई मुद्दामाथि मुद्दा हालेर सिध्याउने षड्यन्त्र भइरहेको बताएका हुन् । उनले आफुलाई जति मुद्दा हाले पनि आफू नडराउने बताए। ‘जताजता मुद्दा हाल्नुपर्छ हाले … Read more

चितवन क्षेत्र नम्बर २ का उम्मेदवार रवि लामिछानेविरुद्ध उजुरी

चितवन, चैत्र २१- चितवन क्षेत्र नम्बर २ का उम्मेदवार रवि लामिछानेविरुद्ध निर्वाचन अधिकृतको कार्यालयमा उजुरी परेको छ । राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार लामिछानेविरुद्ध युवराज पौडेल ९सफल० ले चितवन क्षेत्र नम्बर २ स्थित निर्वाचन अधिकृतको कार्यालयमा उजुरी दिएका हुन् । नेपालको संविधान २०७२ को धारा २९१ ले विदेशको आवासीय अनुमतिपत्र त्याग गरेको व्यक्तिले कम्तीमा तीन महिना … Read more