चितवनमा बसको ठक्करबाट एकजनाको मृत्यु

चितवन, चैत २१- चितवनको रत्ननगरमा बसको ठक्करबाट एकजनाको मृत्यु भएको छ । भरतपुरबाट टाँडी तर्फ जाँदै गरेको बा ४ ख ८९१६ नम्बरको बसले रत्ननगरको बकुलहर चोकमा आज विहान १० बजे साइकललाई ठक्कर दिँदा साइकलमा सवार बकुलहर निवासी बर्ष ७५ का कुल प्रसाद पराजुलीको मृत्यु भएको हो । दुर्घटनामा गम्भिर घाईते भएका पराजुलीको चितवन मेडीकल कलेजमा … Read more

रवि लामिछानेको राहदानीसम्बन्धी मुद्दामा आज प्रारम्भिक सुनुवाइ

काठमाडौं, चैत २१– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई नागरिकता दुरुपयोगसम्बन्धी मुद्दा चलाउन माग गर्दै दायर भएको रिटमा आज प्रारम्भिक सुनुवाइ हुँदैछ । युवराज सफलले सोमबार दर्ता गरेको रिटमा प्रारम्भिक सुनुवाइका लागि आज पेशी तोकिएको हो । अमेरिकी नागरिक रहेकै अवस्थामा नेपाली नागरिकता दुरुपयोग गरेर राहदानी लिए पनि लामिछानेविरुद्ध मुद्दा नचल्ने भनी महान्यायाधिवक्ता कार्यालयले … Read more

चितवनको गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला सरकारले बनाउने मन्त्रिपरिषद्‍को निर्णय

चितवन,चैत २१- सरकारले गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको स्वामित्व लिएर निर्माण सम्पन्न गर्ने भएको छ । सोमबार बसेको मन्त्रिपरिषद्‍को बैठकले यस्तो निर्णय गरेको एक मन्त्रीले जानकारी दिए । धुर्मुस सुन्तली फाउन्डेसनले चितवनमा निर्माण गर्ने भनेको उक्त रंगशाला रकम अभावका कारण केही वर्षदेखि अलपत्र परेको छ । कलाकारद्वय सीताराम कट्टेल र कुन्जना घिमिरेले रंगशाला निर्माणको क्रममा लागेको … Read more

बारामा ट्याम्पु पल्टिँदा एक बालिकाको मृत्यु, ५ जना घाइते

बारा, चैत्र १९ गते । बारामा ट्याम्पु दुर्घटना हुदा एक तिन वर्षीय बालिकाको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन् । वीरगञ्ज-कलैया सडकखण्डमा भएको ट्याम्पु दुर्घटनामा तिन वर्षीय भारतीय बालिकाको मृत्यु भएको हो । बारा प्रहरीका अनुसार वीरगञ्ज-कलैया सडकखण्डअन्तर्गत पर्ने बाराको फेटा गाउँपालिका-१ भलुही बजार चोकमा ट्याम्पु अनियन्त्रित भएर दुर्घटना भएको थियो । भरतको … Read more

वीरगञ्जमा प्रेस लेखिएको गाडीमा लागूऔषध बरामद, एकजना पक्राउ

पर्सा, चैत्र १८ गते । विरगञ्जबाट प्रेस लेखिएको गाडिबाट लागूऔषध बरामद भएको छ । पर्सा प्रहरीले लागूऔषधसहित एकजनालाई नियन्त्रणमा लिएकोछ । जिल्लाको वीरगञ्ज–१६ स्थित रजतजयन्ति चोकबाट प्रहरीले टी मिडिया प्रा.लि. द्वारा सञ्चालित निगरानी अनलाइन डटमको प्रेसलेखिएको गाडीबाट प्रतिबन्धित लागूऔषध बरामद गरेको हो । लागूऔषधसहित पक्राउ पर्नेमा मकवानपुर जिल्लाको हेटौंडा उपमहानगरपालिका वडा नम्बर ४ निवासी गोपाल … Read more

चितवन–२ मा न्यौपाने र तनहुँ–१ मा खनाललाई उम्मेदवार बनाउने एमालेको निर्णय, बाराको आइतबार टुंगो लाग्ने

बारा, चैत्र १८ गते । नेकपा एमालेले चितवन क्षेत्र नम्बर २ र तनहुँ क्षेत्र नम्बर १ मा उपचुनाव लड्ने उम्मेदवार टुंगो लगाएको छ । शनिवार पार्टी कार्यालयमा बसेको सचिवालय बैठकले चितवन २ मा रामप्रसाद न्यौपाने र तनहुँ १ मा सर्वेन्द्र खनाललाई उम्मेदवार बनाउने निर्णय गरेको उपाध्यक्ष सुरेन्द्र पाण्डेले बताए । यता बारा क्षेत्र नम्बर २ … Read more

सर्लाहीको एक निजी स्कूलबाट शिक्षक लागूऔषधसहित पक्राउ

सर्लाही, चैत्र १८ गते । सर्लाही जिल्लाको एक निजी स्कूलका शिक्षक लागूऔषधसहित पक्राउ परेका छन् । जिल्लाको ईश्वरपुर नगरपालिका-१५ स्थित राज्द्वी बोर्डिङ स्कूलमा कार्यक्रत शिक्षक स्कूल हाताभित्रैबाट लागूऔषधसहित पक्राउ परेका हुन् । पक्राउ पर्नेमा शिक्षक राजा हुसेन रहेको प्रहरीले जनाएको छ । हुसेनलाई लागूऔषध र फलामको फाइटरसहित विद्यालय हाताभित्रबाटै नियन्त्रणमा लिएको सर्लाहीका प्रहरी उपरीक्षक नरेशराज … Read more

१३औं जीतपुरसिमरा गोल्ड कपमा सहभागी हुन बारा आउँदै उपराष्ट्रपति यादव

बारा, चैत्र १८ गते । उपराष्ट्रपति रामसहाय यादव १३औं जीतपुरसिमरा गोल्ड कपको समापन कार्यक्रममा सहभागी हुन बारा आउँने भएका छन् । नव जनजागृति युवा क्लबद्वारा आयोजित जीतपु सिमरा गोल्ड कपको १३ औं संस्करण चैत्र ६ गते देखि १८ गतेसम्म निर्माणाधीन सिमरा रंगशालामा सञ्चालन भइरहेको छ । उपराष्ट्रपति यादव गोल्ड कप समापन समारोहमा सहभागी हुन बारा … Read more

कोरोना परीक्षणबिना नेपाल प्रवेशमा रोक

बैतडी, चैत्र १८-  कोरोना सङ्क्रमणको जोखिम बढेसँगै सुदूरपश्चिम प्रदेशका भारतसँग सीमा जोडिएका नाकामा मास्क र कोरोना परीक्षणबिना नेपाल भित्रिन रोक लगाइएको छ । भारतबाट नेपाल भित्रिरहेकाहरुमा दैनिक रुपमा सङ्क्रमण देखिरहेकाले मास्क र कोरोना परीक्षण अनिवार्य गरिएको हो । कोरोना भाइरस रोकथाम र नियन्त्रणका लागि सीमा नाकामा कडाइ गरेर मास्क र कोरोना परीक्षण अनिवार्य गरिएको सुदूरपश्चिम … Read more

नारायणगढ-पथलैया सडकमा अर्को वर्ष दुई फ्लाइओभर बन्दै, वन्यजन्तुमैत्री हुने

बार,चैत १७ गते । नारायणगढ-पथलैया सडकमा नेपालमै पहिलोपटक नयाँ प्रकारको वन्यजन्तु मैत्री फ्लाइओभर निर्माण हुनेभएको छ । सडक विभागको आयोजना कार्यान्वयन निर्देशनालय (एसियाली विकास बैंक) का आयोजना उपप्रमुख राकेश महर्जनका अनुसार यो प्रकारको वन्यजन्तु मैत्री ओभरहेड ब्रिज नेपालकै पहिलो हुने छ। उनका अनुसार अहिलेसम्म आयोजना लगभग २ वटा ओभरहेड ब्रिज निर्माण गर्ने योजनामा रहेको छ। … Read more