विश्वका कूल हिउँचितुवामध्ये १० प्रतिशत नेपालमा

काठमाडौँ, वैशाख १०- विश्वकै दुर्लभ अवस्थामा मानिएको हिउँचितुवाको नयाँ तथ्याङ्क सार्वजनिक गरिएको छ । अन्तरराष्ट्रिय प्रकृति संरक्षण सङ्घ (आइयुसिएन) का अनुसार नेपालमा हिउँचितुवाको सङ्ख्या तीन सय ९७ भएको पाइएको छ । विश्वको कूल दुई प्रतिशत हिउँचितुवाको बासस्थान रहेको नेपालमा १० प्रतिशत हिउँचितुवा भेटिएका आइयूसिएनको भनाइ छ । नेपालका उच्च हिमाली क्षेत्रको ३० हजार पाँच सय … Read more

आज काठमान्डौंमा ३२ र तेराईमा ३९ डिग्री सम्म तापक्रम बढन सक्ने

बारा, वैशाख ९ गते । आज काठमान्डौंमा ३२ डिग्री र तेराईमा ३९ डिग्री सम्म तापक्रम बढन सक्ने अनुमान गरिएको छ । जल तथा मौसम विज्ञान विभागले तेराई र काठमान्डौंसहित पहाडी भागमा आंशिक बदली भै तापक्रम बृद्धि हुने बताएको हो ।

चितवन राष्ट्रिय निकुञ्ज प्रभावितलाई रु एक करोड बढी राहत

चितवन, वैशाख ९- चितवन राष्ट्रिय निकुञ्जले वन्यजन्तुबाट प्रभावितलाई रु एक करोड २३ लाख छ हजार ८४२ राहत प्रदान गरेको छ । निकुञ्जले मध्यवर्ती क्षेत्रभित्रका चार सय १२ घटनाको राहतस्वरुप सो रकम उपलब्ध गराएको हो । निकुञ्जका सूचना अधिकारी अविनास थापामगरका अनुसार गत साउनदेखि चैत मसान्तसम्ममा विभिन्न समयमा निकुञ्जको मध्यवर्ती क्षेत्रभित्र वन्यजन्तुले गराएका घटनाबापत सो रकम … Read more

परीक्षा बोर्डको बैठक बस्दै, कक्षा १२ को परीक्षाबारे निर्णय गर्ने

काठमाडौं,बैशाख ९- कक्षा १२ को परीक्षाबारे निर्णय गर्न मंगलबार परीक्षा बोर्डको बैठक बस्ने भएको छ। बैठकले कक्षा १२ को परीक्षा तोकिएकै मितिदेखि सञ्चालन गर्ने वा नगर्नेबारे निर्णय गर्ने बोर्डका अध्यक्ष डा.महाश्रम शर्माले बताए। शिक्षा ऐन जारी गर्न माग गर्दै देशभरका शिक्षक अहिले काठमाडौंमा जम्मा भएर आन्दोलन गरिरहेका छन्। शिक्षक महासंघको आह्वानमा गत २० चैतदेखि उनीहरू … Read more

पर्सामा मोटरसाइकल दुर्घटनामा हुँदा एक जनाको मृत्यु

पर्सा ८ गते । पर्सामा सोमबार बिहान मोटरसाइकल दुर्घटनामा हुँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा जिराभवानी गाउँपालिका २ का ३० वर्षीय बिहारी राम रहेका छन् । जगरनाथपुर गाउँपालिका २ पाण्डेपुरस्थित सडकमा ग५प ८३१ नम्बरको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना भएको प्रहरीले जनाएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको उपचारका लागि अस्पताल लिएर … Read more

पथलैया–हेटौंडा–नारायणघाट सडक चार लेनमा स्तरोन्नती हुने

बारा, वैशाख ८ गते । पथलैया–हेटौंडा–नारायणघाट सडक स्तरोन्नति आयोजना अन्तर्गतको वातावरणीय प्रभाव मूल्यांकन (ईआईए) प्रतिवेदनमाथि केन्द्रित सार्वजनिक सुनुवाई कार्यक्रम बाराको जीतपुरसिमरा उपमहानगरपालिकाको सभाहलमा सम्पन्न भएको छ।सुनुवाई कार्यक्रममा आयोजना क्षेत्रका सरोकारवाला निकाय, स्थानीय जनप्रतिनिधि, वातावरणविद्, सञ्चारकर्मी तथा स्थानीयवासीहरूको उल्लेखनीय सहभागिता रहेको थियो। परियोजनाका प्राविधिक प्रतिनिधिहरूले प्रतिवेदनको मुख्य बुँदाहरू प्रस्तुत गर्दै सडक स्तरोन्नतिसँग सम्बन्धित वातावरणीय, सामाजिक तथा … Read more

मधेश मिडिया काउन्सिलको अध्यक्षमा उपाध्याय नियुक्त

  बारा, ७ गते । नेपाल पत्रकार महासंघ बाराका पूर्वअध्यक्ष एवम् प्रेस चौतारी नेपालका पूर्व केन्द्रीय सचिव कमलकुमार उपाध्याय मधेश प्रदेश मिडिया काउन्सिलको अध्यक्षमा नियुक्त भएका छन् । मधेश प्रदेश सरकारको आइतबार बसेको मन्त्रीपरिषद् बैठकले उपाध्यायलाई अध्यक्षमा नियुक्त गर्ने निर्णय गरेको हो ।उपाध्याय बाराबाट प्रकाशित हुने कृपाा दैनिकका प्रकाशक हुन् ।

नयाँ वर्षमा जीतपुरसिमरा–८ को नवनिर्मित वडा कार्यालय भवनको उद्घाटन

बारा, बैशाख १ गते । बाराको जीतपुरसिमरा उपमहानगरपालिका वडा नं. ८ को नवनिर्मित वडा कार्यालय भवनको उद्घाटन गरिएको छ। उपमहानगरपालिकाका नगरप्रमुख राजन पौडेलले सो भवनको उद्घाटन गर्नु भएको हो । वडाध्यक्ष शिवशंकर महतो कुशवाहाको अध्यक्षतामा भएको वडा कार्यालय भवन उद्घाटन कार्यक्रममा नगरप्रमुख राजन पौडेल प्रमुख अतिथि रहनुभएको थियो भने नगर उपप्रमुख भोला प्रसाद अधिकारी विष्शिठ … Read more

जीतपुरसिमरा गोल्डकप : फ्रेण्डस क्लबलाई स्तब्ध पार्दै हिमालयन शेर्पा सेमीफाइनलमा

चैत २५ गते । हिमालयन शेर्पा क्लब जीतपुरसिमरा गोल्डकपको सेमीफाइनलमा प्रवेश गरेको छ । सिमरा रङ्गशालामा सोमबार राती भएको ‘ए’ डिभीजन भिडन्तमा फ्रेण्डस क्लबलाई १–० ले स्तब्ध पार्दै हिमालयन शेर्पा सेमीफाइनलमा प्रवेश गरेको हो । सोमबारको खेलसंगै जीतपुरसिमरा गोल्डकपको १५ औं संस्करणको सेमीफाइनल समिकरण पुरा भएको छ । हिमालयन शेर्पाले फाइनल प्रवेशका लागि अब बुधबार … Read more

आयोजक स्तब्ध, हिमालयन शेर्पा जीतपुरसिमरा गोल्डकपको फाइनलमा

बारा, चैत २७ गते । घरेलु मैदानमा आयोजक नवजनजागृति युवा क्लब सिमरालाई २–१ गेल अन्तरले स्तब्ध पार्दै ए डिभिजन क्लब हिमालयन शेर्पा जीतपुरसिमरा गोल्डकपको फाइनलमा प्रवेश गरेको छ ।  बुधबार राती सिमरा रङ्गशालाको फ्लड लाईटमा उपस्थित करिब १० हजार घरेलु समर्थकलाई निराश पार्दै हिमालयन शेर्पाले उपाधि भिडन्तमा अर्को ए डिभीजन टोली मच्छिन्द्र फुटबल क्लबसंगको भेट … Read more