आजपा नेता विजय यादव भारतीय नेताहरु सँगको भेटघाटमा व्यस्त

पौष १७ गते भारत भ्रमणमा रहेका पूर्व मन्त्री प्रभु साह नेतृत्वको आम जनता पार्टी (आजपाका) स्थाई कमिटी सदस्य विजय यादव निर्विज भारत प्रदेश राज्य गुजरातको ग्रामीण विकास, श्रम र रोजगार कैबिनेट मंत्री मा. बलवंतसिंह राजपूत बीच शिष्टाचार भेटघाट भएको छ। गुजरातको राजधानी गुजरातस्थित मन्त्रीको कार्यालय भवनमा भएको भेटमा दुई देशबीचको धार्मिक, सांस्कृतिक, पर्यटन, आर्थिक विकास … Read more

सर्लाहिमा बसले ठक्कर दिदा सशस्त्र प्रहरी निरीक्षक तुलाधरको गयो ज्यान

१७ पौष। सर्लाही । सर्लाहीमा मंगलबार राती बसको ठक्करबाट सशस्त्र प्रहरी निरिक्षकको मृत्यु भएको छ ।मंगलबार राती ८ बजेको समयमा रौतहटको बडहर्वा बाट काठमाडौं जाँदै गरेको बसले ठक्कर दिदा सर्लाहीको छटौना सशस्त्र वेस क्याम्पमा कार्यरत रहेका सशस्त्र प्रहरी निरीक्षक बिजय तुलाधरको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सर्लाहिले जनाएको छ। रौतहटको बडहरवाबाट खुलेको बा ००६ ख २००४ … Read more

कमजोर भिजिबिलिटीको कारण सिमरा काठमाडौं उडान प्रभावित

१७ पौष सिमरा : तराई भेगमा कमजोर ‘भिजिबिलिटी’ हुँदा बुधबार सिमरा विमानस्थलको उडान प्रभावित भएको छ ।मौसमका कारण सिमरा विमानस्थलमा बुधबार अहिले सम्म कुनै पनि उडान हुन नसकेको सिमरा विमानस्थलका सुचना अधिकारी सुरेन्द्र कुशवाहाले बताउनुभयो । भिजिबिलिट कम हुँदा सिमरा विमानस्थलबाट काठमाडौंका लागि उड्ने सबै उडान प्रभावित भएको हो । सिमराबाट दैनिक बुद्ध एयरको ६ र … Read more

चौथो जीतपुरसिमरा अन्तर्राष्ट्रिय भेट्रान फूटबल प्रतियोगिताको आयव्यय सार्वजनिक

१४ पौष । चौथो जीतपुरसिमरा अन्तर्राष्ट्रिय भेट्रान फूटबल प्रतियोगिताको आयव्यय सार्वजनिक गरिएको छ । सिमरा भेट्रान क्लबले सिमरास्थित क्लबको सचिवालयमा शनिबार पत्रकार सम्मेलनको आयोजना गर्दै खर्च विवरण सार्वजनिक गरेको हो ।गत असोज १ देखि असोज ५ गते सम्म आयोजना गरिएको प्रतियोगिताको आयोजकले ३ महिना पछि पत्रकार सम्मेलनको आयोजना गरेर प्रतियोगिताको खर्च विवरण सार्वजनिक गरेको हो … Read more

ओलीलाई पार्टी नेतृत्वबाट हट्न घनश्यामको सुझाव

काठमाडौं, पुस १३- नेकपा (एकीकृत समाजवादी) का महासचिव घनश्याम भुषालले नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीलाई पार्टी नेतृत्वबाट हट्न सुझाव दिएका छन्। शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै भुषालले पार्टीभित्र असन्तोष र तनाव चुलिएको भन्दै ओलीले नेतृत्व छोडे मात्र समस्या समाधान हुने जिकिर गरे। ‘पार्टीको माहोल शान्त बनाउन ओलीको नेतृत्व परिवर्तन अनिवार्य भइसकेको छ।’ उनले … Read more

पाईपलाईनबाटै पेट्रोल र मट्टितेल आयात गर्ने आयल निगमको तयारी

बारा, पुस ६ गते । पाँच वर्षअघि पहिलो पटक पाईपलाईनबाट डिजल आयात गरिरहेको नेपाल आयल निगमले अबको एक महिनाभित्रै भारतबाट पाईपलाईनबाटै पेट्रोल र मट्टितेल पनि आयात गर्ने तयारी गरेको छ । दिसम्बर महिनाको अन्तिम हप्तासम्म करिब ९६ प्रतिशत निर्माण कार्य सम्पन्न गरी परिक्षणको क्रममा पाईपलाईनबाट पेट्रोल र मट्टितेल आयातको सफल परिक्षण गरिसकेको निगमले आउँदो २०२५ … Read more

जनकल्याण मध्यवर्ती सहकारीको २२औं वर्षिक साधारणसभा सम्पन्न

एस.एस. पटेल, बारा,  पुस ०६ गते । जनकल्याण मध्यवर्ती बचत तथा ऋण सहकारी संस्था लिमिटेडको २२औं वार्षिक साधारणसभा सम्पन्न भएको छ । बाराको जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर २ स्थित रहेको जनकल्याण मध्यवर्ती बचत तथा ऋण सहकारी संस्था लिमिटेडले आफ्नो २२औं वार्षिक साधारणसभा सिमरा कलेज परिसरमा सम्पन्न गरेको हो । संस्थाकी अध्यक्ष कमला घिमिरेको अध्यक्षतामा सम्पन्न … Read more

मुग्लिन-पोखरा सडकः पश्चिम खण्डको दोस्रो पटक म्याद थप

दमौली (तनहुँ), पुस ५- मुग्लिन –पोखरा सडक योजना (पश्चिम खण्ड) को म्याद दोस्रो पटक थप गरिएको छ । पृथ्वी राजमार्ग लाई विस्तार गर्ने काम जारी भइरहेकामा जामुनेदेखि पोखरासम्मको उक्त खण्डमा दोस्रो पटक म्याद थप गरिएको हो । पश्चिम खण्डको म्याद आगामी विसं २०८२ पुस १६ गतेसम्मका लागि थप भएको मुग्लिन पोखरा सडक योजना (पश्चिम खण्ड) … Read more

रविविरुद्धको अनुसन्धान पूरा, मुद्दा दायरको तयारी

काठमाडौं,पुस १- पोखरास्थित सूर्यदर्शन सहकारीको रकम अपलचनको आरोपमा पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेसहित पाँच जनाविरुद्ध प्रहरीले अनुसन्धान पूरा गरेको छ। रास्वपा सभापति लामिछाने, पूर्वडीआईजी छविलाल जोशी, सहकारीका सञ्चालक समिति सदस्य कृष्ण गुरुङ र जीबी राईनिकट लिला पछाइँसहित ५ जनाविरुद्धको अनुसन्धान पूरा गरी मंगलबारसम्म रायसहितको प्रतिवेदन बुझाउने तयारी प्रहरीले गरेको हो। उनीहरुविरुद्ध सहकारी … Read more

पेट्रोलको मूल्य प्रतिलिटर २ रुपैयाँले बढयो र डिजेलको मूल्य २ रुपैयाले घटयो

बारा, मङ्सिर ३० नेपाल आयल निगमले आज राति १२:०१ बजेदेखि लागू हुने गरी पेट्रोल, डिजेल र मट्टितेलको खुद्रा बिक्री मूल्यमा समायोजन गरेको छ । अन्तर्राष्ट्रिय बजारमा इन्धनको मूल्य परिवर्तनसँगै स्वदेशी बजारमा प्रभावकारी मूल्य समायोजन गर्नुपर्ने आवश्यकता महसुस गर्दै निगमले पेट्रोलको मूल्य बढाएको र डिजेल तथा मट्टितेलको मूल्य घटाएको जनाएको छ । नयाँ समायोजनअनुसार पेट्रोलको मूल्य … Read more