गोरखामा ट्रक दुर्घटना, २ जनाको मृत्यु, ४ जना घाइते

आरुघाट बजारबाट माछाखोलातर्फ जाँदै मिनी ट्रक गोरखाको माछाखोलामा पल्टिँदा २ जनाको मृत्यु भएको छ । प्रहरीको अनुसार बा ५ ख ६५६६ नम्बरको मिनी ट्रक दुर्घटना हुँदा चालक र अर्का एक जनाको मृत्यु भएको हो । चालक २३ वर्षका निराजन नेपाल हुन् भने अर्का व्यक्ति अन्दाजी २१ वर्षीया पुरुषको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । … Read more

माडीका मेयर ढकालले कार्यकर्तालाई पैसा बाड्न मनपरी गरे: प्रमुख प्रशासकीय अधिकृत गौतम

माडी नगरपालिकाका मेयर ठाकुरप्रसाद ढकालले कार्यकर्तालाई पैसा बाड्नको लागि मनपरी गर्दै हिडेको प्रमुख प्रशासकीय अधिकृत अर्जुन गौतमले बताएका छन् । काठमाडौँमा घाँटीको उपचार गराइरहेका अधिकृत गौतमले नारायणी अनलाइनसँग मेयर ढकालले आफ्नो अनुकुल बजेट बनाएर माओवादी कार्यकर्ताहरुलाई पैसा बाड्न खोजेको आरोप लगाएका हुन् । उनले भने, ‘ मैले नगरसभा छिट्टै गरौं भन्दै आएँ तर मेयर ज्यूले … Read more

कुमारी बैंकको सिष्टम ह्याक गर्ने चेतावनी

अपरिचित समूहले कुमारी बैंक लिमिटेडको सिष्टम ह्याक गर्ने चेतावनी दिएको छ । बैंकको सूचना प्रविधि शाखामा साउदी ग्रुप नाम गरेको इमेलबाट ह्याकरले सिष्टम ह्याक गर्ने चेतावनीसहितको चेतावनी आएको बैंकले जनाएको छ । बैंकका कार्यवाहक प्रमुख कार्यकारी अधिकृत अनुजमणि तिमिल्सिनाले ह्याक गर्ने धम्की आएपछि बैंकको सबै सिष्टम बन्द गरिएको जानकारी दिनुभयो । उहाँका अनुसार ह्याकरले चेतावनी … Read more

क्रिकेट कप्तान परिवर्तन हुँदैनः प्रशिक्षक दसानायके

नेपाली राष्ट्रिय क्रिकेट टोलीका मुख्य प्रशिक्षक पुबुदु दसानायकेले कप्तान परिवर्तन नहुने बताउनुभएको छ । मुख्य प्रशिक्षका रूपमा आफूले कार्यभार सम्हालेपछि पहिलोपटक आज यहाँ आयोजित पत्रकार सम्मेलनमा उहाँले नेपाली राष्ट्रिय क्रिकेट टोलीको कप्तान परिवर्तन गर्ने अधिकार नेपाल क्रिकेट सङ्घ ९क्यान०सँग भएकाले त्यस विषयमा आफूले केही भन्न नसक्ने बताउनुभयो । उहाँले क्यान र खेलाडी दुवै पक्षसँग आफूले … Read more

लागूऔषध सेवन गर्दै गरेको अवस्थामा र्‍यापर ‘लाउरे’ पक्राउ

यापर आशिष राना(लाउरे) लाई प्रहरीले पोखराबाट पक्राउ परेका छन् । लागूऔषध सम्बन्धी कसूरमा उनलाई बुधबार पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कास्कीका एसपी रमेश थापाले नेपाल पाेष्ट डेलीलाई जानकारी दिए । प्रहरीले रानासँगै उनका चार जना साथीलाई पनि पक्राउ गरेको जनाएकाे छ । ‘लागूऔषध सेवन गर्दै गरेको अवस्थामा पक्राउ गरेका हौं,’ थापाले भने, ‘यस विषयमा थप … Read more

सुर्खेतको वीरेन्द्रनगरमा राखियो राजा वीरेन्द्रको शालिक

विवादका बीच सुर्खेतको वीरेन्द्रनगरमा राजा वीरेन्द्रको शालिक पुनःस्थापना गरिएको छ । स्वतन्त्र सुर्खेतबासी जनता समूहले २०६२-६३ सालको जनआन्दोलनका क्रममा भत्काइएको शालिक पुनःस्थापना गरेको हो। वीरेन्द्र चोकमा राजा वीरेन्द्रको शालिक राख्ने(नराख्ने विषयमा यहाँ ठूलो विवाद थियो। विवादकै बीच स्वर्गीय राजा वीरेन्द्रको ७७ औँ जन्मजयन्तीका अवसरमा उक्त समूहले एक्कासि अर्धकदको शालिक राखेको हो। दुई वर्षअघि चौक पुनः … Read more

कार दुर्घटना हुँदा भक्तपुरमा एक जनाको मृत्यु, चालक घाइते

कार दुर्घटना हुँदा सोही कारमा सवार एकजनाको मृत्यु भएको छ भने कार चालक घाइते भएका छन् । भक्तपुरको मध्यपुरथिमी नगरपालिका-४ चारदोबाटोमा बा ४ च ५७६ नम्बरको कार आफैं अनियन्त्रित भइ दुर्घटना हुँदा जनकपुर उपमहानगरपालिका-१५ घर भई हाल काठमाडौंको शान्तिनगर बस्ने २२ वर्षीय अभिषेक साहको मृत्यु भएको हो । दुर्घटनामा गम्भीर घाइते भएका साहको नागरिक अस्पताल … Read more

देशभर आंशिक बदली, देशका केही स्थानमा वर्षाको सम्भावना

हाल देशमा पश्चिमी न्यून चापीय प्रणाली र भारतको बिहार आसपासमा रहेको न्यून चापीय क्षेत्रको प्रभाव रहेको छ। जसका कारण बिहीबार बिहानैदेखि देशभर आंशिकदेखि सामान्य बदली रहेको छ । यस्तै थोरै स्थानमा वर्षा भैरहेको छ भने उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानमा हल्का हिमपात भैरहेको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार बिहीबार दिउँसो … Read more

पाकिस्तानमा शरण लिन पुगेका अफगानीहरुलाई फिर्ता पठाउँदै पाकिस्तान

इस्लामाबाद । तालिबानले अगस्तमा छिमेकी अफगानिस्तानको कब्जा गरेपछि तीन लाखभन्दा बढी अफगानीहरु पाकिस्तानमा शरण लिन बाध्य भएका छन्। पाकिस्तानले भने उनीहरुलाई आफ्नो मुलुक फिर्ता हुन आग्रह गरिरहेको छ। पाकिस्तानी अधिकारीहरूले बिहीबार पहिलो पटक पाकिस्तान प्रवेश गरेका अफगानीहरुको संख्या खुलासा गर्दै फिर्ता जान आग्रह गरेको हो। अफगानिस्तानमो वैध भिसामा पाकिस्तान प्रवेश गरेको एक लाख पाँच हजार भएको … Read more

भोलि देशभर सार्वजनिक बिदा दिने सरकारको निर्णय

सरकारले तमु ल्होसारको अवसरमा भोलि (बिहीबार) सार्वजनिक बिदा दिएको छ । आज बसेको मन्त्रीपरिषद् बैठकले भोलि सार्वजनिक विदा दिने निर्णय गरेको हो । गृहमन्त्री बालकृष्ण खाँणको प्रस्तावमा तमु ल्होसारको अवसरमा बिदा दिने निर्णय गरिएको एक मन्त्रीले जानकारी दिए । सरकारले गरेका निर्णयहरुको विस्तृत विवरण केहीबेरमा सार्वजनिक गरिदै छ ।