जगदम्बा जीतपुरसिमरा गोल्डकपः आज के.बि.ए भरतपुर र मकवानपुर ११ भिड्दै

बारा, चैत्र ११ गते । जगदम्बा १३औं जीतपुरसिमरा फूटबल प्रतियोगिता अन्तर्गत शनिवार भरतपुर फूटबल क्लब र मकवानपुर ११ भिड्दैछन् । सिमरा रंगशालामा साँझ ५ः३० बजेपछि खेल सुरु हुनेछ । प्रतियोगिताको उद्घाटन खेलमा बिहिवार आयोजक नव जनजागृति युवा क्लबलाई पराजित गरेको भरतपुरले सेमिफाइनल प्रवेशका लागि मकवानपुर ११ संग प्रतिस्पर्धा गर्न लागेको हो । यसअघि शुक्रवार भएको … Read more

१३औँ जीपतुरसिमरा गोल्डकपः फुटबल संगै खाना महोत्सवको पनि मजा

बारा, चैत्र १० गते । बाराको सिमरा रंगशालामा आयोजना भइरहेको डेनाईट जगदम्बा १३औँ जीतपुरसिमरा गोल्डकपमा खाना महोत्सवको पनि मजा लिन सकिने छ । खेल संगै रंगशाला भित्र खाना महोत्सवको पनि आयोजना गरिएको हो । जीतपुरसिमरा गोल्डकपको आयोजक नव जन जागृति युवा क्लब र होटेल तथा पर्यटन व्यवसायी संघको समन्वयमा गोल्डकप संगै दर्शकलाई खाना महोत्सवको पनि … Read more

थारु गित “कजरारी अँखिया से गोरी” सार्वजनिक (भिडियो सहित)

लोकपृय थारु गायक खेम चौधरी र लोकपृय गायीका समिक्क्षा चौधरीको स्वरमा “कजरारी अँखिया से गोरी” गित सार्वजनिक भएको छ । बुद्धि महतोको शब्द र संगित रहेको उक्त गितको म्युजिक भिडियो बि एण्ड जि इन्टरटेन्मेन्ट नेपालको युटुव मार्फत विश्वभर एक साथ सार्वजनिक भएको हो । खेम र समिक्क्षाको स्वर र महतोको संगितलाई गणेश चौधरीले सम्पादन गरेको … Read more

बारामा मोटरसाइकल दुर्घटना हुँदा युवकको मृत्यु

बारा, चैत्र १० गते । बाराको निजगढ–रतनपुर सडकखण्ड अन्तर्गत निजगढ नगरपालिका वडा नम्बर १३ साँखु नजिकै मोटरसाइकल दुर्घटना हुँदा एक जना युवकको  मृत्यु भएको छ । दुर्घटनामा मोटरसाइकल चालक निजगढ नगरपालिका वडा नम्बर १३ बेसिगाउँ निवासी हर्कबहादुर विकका छोरा वर्ष १८ का दिपक विकको   मृत्यु भएको हो । डम्बरपुरबाट बेसिगाउँ घरतर्फ फर्कने क्रममा विकले चलाएको … Read more

१३औँ जीतपुरसिमरा गोल्डकप: आज बीरगञ्ज र बागमती भिड्दै

बारा, चैत्र १० गते । बाराको सिमरा रङ्गशालामा जारी जगदम्बा १३औं जीतपुरसिमरा गोल्डकप फुटबल प्रतियोगिता अन्तर्गत आज शुक्रबार वीरगञ्ज युनाईटेड क्लब र बागमती यूवा क्लब सर्लाहीविच खेल हुने छ । आयोजक नव जन जागृति यूवा क्लबकाअनुसार साँझ ६ बजेबाट खेल शुरु हुनेछ । फ्लड लाईटमा आयोजना हुने खेलका लागि बलियो पूर्वाधार तयार भएकाले रात्री समयमा … Read more

बारा र तनहुँमा पनि वैशाख १० मै उपचुनाव हुने

बारा, चैत्र १० गते । राष्ट्रपति र उपराष्ट्रपति निर्वाचनका कारण रिक्त भएको बारा २ र तनहुँ १ मा पनि वैशाख १० गते नै उपचुनाव हुने भएको छ। रवि लामिछानेको नागरिकता अवैध ठहरिएपछि चितवन २ मा आउँदो वैशाख १० गते उपनिर्वाचन तोकिएको अवस्थामा सोमबार आयोगले बारा र तनहुँमा पनि एकै दिन चुनाव गर्ने निर्णय गरेको हो। … Read more

१३औँ जीतपुरसिमरा गोल्डकपः चितवनसंग आयोजक स्तब्ध

बारा, चैत्र ०९ गते । भरतपुर फूटबल क्लबले जगदम्बा १३औं जीतपुरसिमरा गोल्डकपमा बिजयी सुरुवात गरेको छ । आयोजक नव जनजागृति युवा क्लबबिरुद्ध उद्घाटन खेलमा जित हात पार्दै भरतपुरले प्रतियोगितामा सुखद सुरुवात गरेको हो । आयोजकलाई स्तब्ध पार्दै अन्तिम आठको यात्रा तय गर्ने क्रममा भरतपुरले ३–१ को जित निकालेको हो । भरतपुरको जीतमा सुनिल श्रेष्ठले दुई … Read more

स्कुलको बसको ठक्करबाट बारामा तीन वर्षीय बालकको मृत्यु

बारा, चैत्र ३ गते । स्कुलको बसको ठक्करबाट बाराको कलैयामा तीन वर्षीय बालकको मृत्यु भएको छ । कलैया उपमहानगरपालिका १ मोतिबाघस्थित बालमन्दिर नजिक बसले ठक्कर दिँदा बालकको घटनास्थलमै मृत्यु भएको हो । मृत्यु हुनेमा भारत मुझफरपुर घर भई कलैया उपमहानगरपालिका १ मोतिबाघ बस्ने विनोदकुमार सोनारको तीन वर्षीय छोरा कार्तिककुमार साह रहेका छन् । वीरगन्ज महानगरपालिका … Read more

थारु गित “कजरारी अखियासे गोरी”को पस्टलुक सार्बजनिक

चैत्र ३ गते । थारु गित “कजरारी अखियासे गोरी“को म्युजिक भिडियोको पस्टलुक सार्वजनिक भएको छ । गायक खेम चौधरी र गायिका समीक्षा चौधरीको स्वरमा रहेको उक्त गितको म्युजिक भिडियोमा हिरा चौधरी र मुस्कान चौधरीको अभिनय गरेको पस्टलुकबाट सार्वजनिक भएको छ । थारू इन्डस्ट्रिका चर्चित निर्देशन, लेखक, मोडेल तथा कोरियोग्राफर समेत रहेमा हिरा चौधरी र मोडेल … Read more

१३औं जीतपुरसिमरा गोल्डकप चैत्र ९ देखि

बारा, फाल्गुन २९ गते । मोफसलको प्रतिष्ठत फूटबल प्रतियोगिताको रुपमा स्थापित जगदम्बा जीतपुरसिमरा गोल्डकपको १३औं संस्करण चैत्र दोस्रो साता सुरु हुने भएको छ । आयोजक नव जनजागृति युवा क्लबले सोमबार पत्रकार सम्मेलनको आयोजना गर्दै प्रतियोगिता चैत्र ९ गतेदेखि सुरु हुने जानकारी गराएको हो । ए डिभिजनका पाँचसहित १० टिमको सहभागिता रहने प्रतियोगिता यस वर्ष पनि … Read more