माइकल ज्याक्सनमाथि बायोपिक फिल्म ‘द माइकल’ बन्ने

काठमाडौं, माघ ५- चर्चित गायक माइकल ज्याक्सनको जीवनमाथि फिल्म ‘द माइकल’ निर्माण हुने भएको छ । हलिउड स्टुडियो लायन्सगेट र निर्देशक एन्टोइन फुक्वाले उनीमाथि फिल्म निर्माण गर्न लागेको हलिउड रिपोर्टर म्यागजिनले जनाएको हो । ओस्कार अवार्ड विजयी फिल्म ‘बोहिम्यान र्‍यापसोडी’का निर्माता ग्राहम किङले यो बायोपिक फिल्म निर्माणमा जोन ब्रान्का र जोन म्याकक्लेनसँग मिलेर फिल्म निर्माण … Read more

पोखरा विमान दुर्घटनामा उत्तर प्रदेशका ज्यान गुमाएकाको परिवारलाई योगी सरकारले ८/८ लाख दिने

बारा, माघ ४ गते । माघ १ गते पोखरामा भएको यती एयरलाइन्सको जहाज दुर्घटनामा परी ज्यान गुमाएका उत्तर प्रदेशका ४ जनालाई त्यहाँको सरकारले ५ लाख भारू (८ लाख) राहत दिने भएको छ। उत्तर प्रदेशको गाजीपुर जिल्लाका अभिषेक कुशवाहा, विशाल शर्मा, अनिलकुमार राजभार र सोनु जैसवाल घुम्न नेपाल आएका बेला दुर्घटनामा परेर मृत्यु भएको हो। समाचार … Read more

पाकिस्तान चरम आर्थिक संकटतर्फ धकेलिंदै

एजेन्सी । चरम आर्थिक संकटतर्फ धकेलिंदै गएको पाकिस्तानमा डलरको संकट यस्तो गरी चुलिएको छ कि आयात गरिएका हजारौं टन सामग्री बन्दरगाहमा थन्किएका छन् । आटा, घ्यु, चिनीलगायत सामग्रीको अभाव झेलिरहेको पाकिस्तानमा दालको समेत हाहाकार हुन थालेको छ । छ वटा कन्टेर दाल बन्दरगाहमा थन्किंदा दाल अभाव चर्किएको हो । बन्दरगाहमा अड्किएको दालको मूल्य डेढ अर्ब … Read more

भारतीय सीमामा पसेको पाकिस्तानी ड्रोनलाई गोली हानेर खसालियो

भारत, मंसिर १०- शुक्रबार पञ्जाबको अमृतसर क्षेत्रमा भारत–पाकिस्तान सीमामा रहेको डोके गाउँमा भारतीय सीमा सुरक्षा बल (बीएसएफ) का जवानहरूले एक ड्रोनलाई गोली हानेर खसालेका छन् । बीएसएफको दाबी छ, उक्त ड्रोन पाकिस्तानबाट भारतमा प्रवेश गरेको हो । बीएसएफका अनुसार भारत–पाकिस्तान सीमामा एक संदिग्ध ड्रोन उडेको आवाज सुनिएको थियो जसलाई बीएसएफका जवानहरूले गोली हानेर खसालेका थिए … Read more

सन् २०२४ को चुनावमा पुनः राष्ट्रपतिमा प्रतिस्पर्धा गर्ने ट्रम्पको घोषणा

न्युयोर्क, कात्तिक ३०- ‘अमेरिकाको पुनरागमन अहिले नै सुरु हुँदैछ’ भन्ने बाचासहित पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पले सन् २०२४ मा अमेरिकी राष्ट्रपतिको चुनाव पुनः लड्ने योजना बनाएको बताएका छन्। उनले आफ्नो फ्लोरिडास्थित मार-ए-लागोमा एक घण्टा लामो भाषणमा समर्थकहरूलाई सम्बोधन गर्दै उक्त घोषणा गरेका हुन्। पूर्व राष्ट्रपति ट्रम्प कतिपय रिपब्लिकनमा अझै लोकप्रिय छन्। राष्ट्रपतिको लागि उम्मेदवार हुन ट्रम्पले … Read more

रूसी आक्रमणबाट क्षति पुगेको एन्टोनोभ जहाज मर्मत गर्न ५० करोड भन्दा बढी डलर लाग्ने

रूसी, कात्तिक २४- रूसी आक्रमणबाट क्षति पुगेको विश्वकै ठूलो कार्गो हवाइजहाज एन्टोनोभको मर्मत हुने भएको छ। जहाज मर्मतका लागि आवश्यक प्राविधिक खाका बनाउने काम सुरु भएको सिएनएनले जनाएको छ। गत फेब्रुअरी २७ मा रूसले युक्रेनको हवाइ अड्डा होस्टोमलमा आक्रमण गर्दा कल साइ एन(२२५ रहेको एन्टोनोभ जहाजमा क्षति पुगेको थियो। क्षति पुगेको जहाज सन् १९८० मा … Read more

तान्जानियाको तालमा विमान खस्दा १९ जनाको मृत्यु, २६ जना घाइते

काठमाडौं, कात्तिक २१ तान्जानियामा एक यात्रुवाहक विमान दुर्घटना हुँदा १९ जनाको मृत्यु भएको छ । प्रेसिजन एयरको विमान अवतरणको बेला भिक्टोरिया तालमा दुर्घटना भएको हो । ४३ जना सवार रहेको उक्त विमान दुर्घटना हुँदा १९ जनाको मृत्यु र २६ जना घाइते भएको बीबीसीले जनाएको छ । उक्त विमान दारेसलामबाट बुकोबाका लागि उडेको थियो । विमान … Read more

भारतको गुजरातमा पुल चुँडिंदा १३७ जनाको मृत्यु, १०० घाइते

भारत, कात्तिक १४- भारतको गुजरातमा पुल चुँडिंदा १३७ जनाको मृत्यु भएको छ भने १०० जना घाइते भएका छन् । भारतीय मिडियामा उल्लेख भए अनुसार आइतबार साँझ मोरबी भन्ने स्थानमा पर्ने मच्छु नदीमाथि बनेको पुल चुडिएको हो । समाचार अनुसार अझै ५० जना सम्पर्क विहिन छन् । सुरक्षाकर्मीहरुले खोज तथा उद्धारको काम जारी राखेका छन् । … Read more

भारतको मध्यप्रदेशमा बस दुर्घटना: १५ जनाको मृत्यु, ४० जना घाइते

भारत, कात्तिक ५ भारतको मध्यप्रदेशमा बस दुर्घटना हुँदा कम्तिमा १५ जनाको ज्यान गएको छ । ४० जना भन्दा धेरै घाइते भएका छन् । ज्यान गुमाउनेमा दिवाली मनाउन घर जाँदै गरेका मजदुर रहेका छन् । झण्डै सय जना यात्रु बोकेको बस उत्तर प्रदेशको गोरखपुर जाँदै गर्दा ट्रकसँग ठोक्किएर दुर्घटना भएको प्रहरीलाई उद्धृत गर्दै भारतीय सञ्चार माध्यमले … Read more

नेपालमा ३३ मिनेटसम्म खण्डग्रास सूर्यग्रहण लाग्दै, यसरी हेर्न सकिन्छ

काठमाडौ,कात्तिक ३- यही कात्तिक ८ गते खण्डग्रास सूर्यग्रहण लाग्दै छ । त्यस दिन नेपालबाट करिब ३३ मिनेटसम्म सूर्यग्रहण देखिनेछ । उक्त दिन सूर्यग्रहण अपराह्न ४ बजेर ५२ मिनेटदेखि सूर्यास्तसम्म देखिने नेपाल एस्ट्रोनोमिकल सोसाइटीका अध्यक्ष सुरेश भट्टराईले जानकारी दिए । “४ बजेर ५२ मिनेटदेखि सूर्यास्तसम्म देखिन्छ । लगभग–लगभग ३३ मिनेट । ५ः२५ मा सूर्यास्त छ, त्यो … Read more