बलात्कारीको हत्या गर्ने किशोरीलाई ५ वर्ष जेल

काठमाडाैँ,२९ भदाै । आफ्नो कथित बलात्कारीलाई छुरा प्रहार गरी हत्या गर्ने एक अमेरिकी किशोरीलाई आयोवाको एक अदालतले ५ वर्ष जेल सजाय सुनाएको छ। अदालतले १७ वर्षीया किशोरी पिपर लुइसलाई सन् २०२० मा डेस मोइनेसमा भएको हत्याका लागि जाँचरी ब्रुक्सको परिवारलाई १ लाख ५० हजार डलर तिर्न पनि आदेश दिएको छ। उनी त्यतिबेला १५ वर्षकी थिइन्। … Read more

भारतमा एकै दिनमा कोरोना सङ्क्रमितको सङ्ख्या दश हजार भन्दा कम

भारत, भदौ ६- भारतमा एकै दिनमा कोरोना सङ्क्रमितको सङ्ख्या दश हजार भन्दा कम भएको छ । यहाँ २४ घण्टाको समयावधी अर्थात आइतबार मध्यरातिसम्म नौ हजार पाँच सय ३१ जना कोरोना सङ्क्रमित भएका सङ्घीय स्वास्थ्य मन्त्रालयले सोमबार सार्वजनिक गरेको छ । यसैसँगै भारतमा चार करोड ४३ लाख ४८ हजार नौ सय ६० जना कोराना भाइरस सङ्क्रमित … Read more

उत्तरी अल्जेरियाको जंगलमा विनाशकारी डढेलो, २६ जनाको मृत्यु

अल्जिअर्स, भदौ ४- उत्तरी अल्जेरियाको जंगलमा लागेको डढेलोमा परी कम्तीमा २६ जनाको मृत्यु भएको छ भने दर्जनौं घाइते भएका छन् । डढेलोमा परेर ट्युनिसियाको सिमानामा पर्ने एल टार्फमा २४ जनाको मृत्यु भएको र सेतिफमा आमा र छोरीको मृत्यु भएको गृहमन्त्री कमेल बेल्डजाउडले बताए । हेलिकप्टरको सहयोगमा अग्निनियन्त्रकहरूले बुधबार साँझ पनि आगो निभाउने प्रयास गरिरहेका थिए … Read more

शिक्षकका लागि राखेको पानी पिएको आरोपमा कुटिएका दलित विद्यार्थीको मृत्यु

नयाँ दिल्ली, साउन २९- भारतको राजस्थानमा दलित समुदायका एक बालकको शिक्षकका लागि राखिएको भाँडाबाट पानी पिएको भन्दै विद्यालयका शिक्षकले कुटपिट गर्दा मृत्यु भएको छ । नौ वर्षीय बालकको शनिबार मृत्यु भएको हो । प्रहरीले दोषी शिक्षकलाई पक्राउ गरी हत्या अभियोग लगाएको भारतीय सञ्चार माध्यम एनडीटीभीले जनाएको छ । उक्त दुःखदायी घटना जालोर जिल्लाको सायला गाउँको … Read more

आर्थिक, राजनीतिका कारण अफगानिस्तानका चार सय निजी विद्यालय बन्द

अफगानिस्तान, साउन २६ – अफगानिस्तानका चार सयभन्दा बढी निजी विद्यालय बन्द भएको दाबी गरिएको छ । स्थानीय सञ्चार माध्यमले सम्प्रेषण गरेको समाचारअनुसार आर्थिक, राजनीतिकलगायतका विविध कारणले ती विद्यालय बन्द भएका हुन् । निजी विद्यालयको संगठनका नेता जाविहुल्लाह फुक्वानीले गरिबीका कारण अविभावकले आफ्ना बालबालिकालाई निजी विद्यालयमा भर्ना गर्न छाडेको जानकारी दिनुभयो । त्यसैगरी सरकारको निर्णयअनुसार कक्षा … Read more

अमेरिकाको ओहायोमा गोली चल्यो, ४ जनाको मृत्यु

अमेरिकाको ओहायोको बटलर बजारका विभिन्न क्षेत्रमा भएका गोलाबारी चार जनाको मृत्यु भएको छ । प्रहरीले गोलीबारीमा संलग्न व्यक्तिको खोजी गरिरहेको छ । डेटनको उत्तरमा रहेको ओहायो सहरमा भएको गोलाबारीमा उनीहरूको मृत्यु भएको हो । गोलाबारी चलाएपछि आक्रमणकारी फरार छन् । प्रहरीले आक्रमणकारीको खोजी भइरहको जनाएको छ । प्रहरीले आक्रमणमा संलग्न रहेका एक संदिग्ध व्यक्तिको वरपर … Read more

गोली प्रहारबाट घाइते भएका जापानका पूर्वप्रधानमन्त्री शिन्जोको निधन

काठमाडौं, असार २४- जापानका पूर्वप्रधानमन्त्री शिन्जो आबेको निधन भएको छ । गोली प्रहारबाट घाइते भएको प्रधानमन्त्री शिन्जोको उपचारको क्रममा मृत्यु भएको हो । उनको नारा युनिभर्सिटीको अस्पतालमा उपचारकै क्रममा मृत्यु भएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएको छन् । उनलाई आज बिहान चुनावी अभियान अन्तर्गत नारा शहरको सडकमा आयोजना गरिएको कार्यक्रम सम्बोधन गर्दा गोली प्रहार भएको थियो … Read more

पाकिस्तानमा शरण लिन पुगेका अफगानीहरुलाई फिर्ता पठाउँदै पाकिस्तान

इस्लामाबाद । तालिबानले अगस्तमा छिमेकी अफगानिस्तानको कब्जा गरेपछि तीन लाखभन्दा बढी अफगानीहरु पाकिस्तानमा शरण लिन बाध्य भएका छन्। पाकिस्तानले भने उनीहरुलाई आफ्नो मुलुक फिर्ता हुन आग्रह गरिरहेको छ। पाकिस्तानी अधिकारीहरूले बिहीबार पहिलो पटक पाकिस्तान प्रवेश गरेका अफगानीहरुको संख्या खुलासा गर्दै फिर्ता जान आग्रह गरेको हो। अफगानिस्तानमो वैध भिसामा पाकिस्तान प्रवेश गरेको एक लाख पाँच हजार भएको … Read more

भारतमा बनायो कोरोनाविरुद्ध ‘खाने औषधि’, आज लन्च गरिँदै !

कोरोना भाईरस विरुद्धको लडाईमा भारतले खाने औषधि बनाउन सफल भएको छ । भारतमा बनेको कोभिड विरूद्वको खाने औषधि ‘२-डीजी’ आज  लन्च गरिँदै छ। साेमबार बिहान साढे १० बजे भारतीय रक्षामन्त्री राजनाथ सिंह र स्वास्थ्यमन्त्री डा. हर्षवर्द्धनले  उक्त औषधि शुभारम्भ गर्न लागेकाे भारतीय सञ्चार माध्यमहरूले जनाएका छन् । भारतको रक्षा अनुसन्धान तथा विकास संगठन (डीआरडीओ) ले … Read more