कांग्रेसलाई ५० प्रतिशत मात्रै सिट लिन प्रचण्डको आग्रह

काठमाडौं, भदौ १७– नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रतिनिधि तथा प्रदेश सभा निर्वाचनको लागि नेपाली कांग्रेसलाई ५० प्रतिशत मात्रै सिट लिन प्रस्ताव गरेका छन्। बिहीबारको गठबन्धनको बैठकमा प्रचण्डले १६५ सिटमध्ये ५० प्रतिशत सिट आफू राखेर बाँकी सिट गठबन्धनका अन्य दललाई दिन कांग्रेसलाई आग्रह गरेका हुन्। प्रचण्डको प्रस्ताव अनुसार गए कांग्रेसले ८२ देखि ८३ … Read more

राष्ट्रिय सभा बैठक बस्दै, नागरिकता विधेयक पास होला?

काठमाडौं, भदौ १७– राष्ट्रिय सभाको बैठक आज बस्दै छ । राष्ट्रिय सभाको बैठकमा आज नागरिकता विधेयक माथि छलफल हुने छ । राष्ट्रपतिबाट फिर्ता भइ प्रतिनिधि सभाबाट सन्देशसहित प्राप्त नेपाल नागरिकता (पहिलो संशोधन) विधेयक २०७९ माथि बिहीबारबाट छलफल सुरु भएको थियो । तर छलफलमा भाग लिन नाम उपलब्ध गराउने सांसदहरुको बोल्नेक्रम नसकिएसँगै बैठक आजका लागि बोलाइएको … Read more

जेलमा रहेका आलम कांग्रेसबाट उम्मेदवार बन्न सिफारिस

काठमाडौं, भदौ १६- जेलमा रहेका मोहम्मद अफताव आलमलाई नेपाली कांग्रेस रौतहटले क्षेत्र नम्बर २ बाट उम्मेदवार सिफारिस गरेको छ। आगामी मंसिर ४ मा हुने प्रतिनिधि सभा चुनावका लागि आलमको नाम सर्वसम्मत रूपमा सिफारिस भएको छ। उनलाई २०७६ असोज २६ मा प्रहरीले पक्राउ गरेको थियो। आलम नख्खु जेलमा छन्। उनलाई २०७६ कात्तिक २९ मा पुर्पक्षका लागि … Read more

प्रहरीलाई ड्युटीमा मोबाइल प्रयोग गर्न रोक,टिकटक बनाउने ४० प्रहरी कारबाहीमा

काठमाडौं,भदौ १५- गत ८ भदौमा नख्खु कारागारको सुरक्षामा खटिएका प्रहरी कैदी भोला बुढाथोकीलाई लिएर त्रिवि शिक्षण अस्पताल गएका थिए । कैदी आँखाको जाँचका लागि चिकित्सकको कोठाभित्र छिरे । उनको सुरक्षामा खटिएका प्रहरी बाहिर मोबाइल चलाउन थाले । मोबाइलमा रमाउँदारमाउँदै कैदी कतिखेर निस्किए, उनीहरूले चालै पाएनन् । ढोकामै बसेका उनीहरूले बुढाथोकी चिकित्सकको कोठाबाट निस्किएर अलि पर पुगेपछि मात्र देखे । पछ्याउने … Read more

सातवटै प्रदेशमा आज बिहानैदेखि वर्षा,बाढी पहिरो र डुवानको जोखिम

काठमाडौं,भदौ १६- देशका विभिन्न ठाउँमा आज बिहान वर्षा भइरहेको छ । प्रदेश–१, मधेस प्रदेश, वाग्मती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका केही स्थानमा वर्षा भइरहेको छ । कर्णाली प्रदेशका थोरै तथा सुदूरपश्चिम प्रदेशको एकदुई स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ । जल तथा मौसम विज्ञान विभागले आज दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रहने जनाएको छ … Read more

भगवान् गणेशको जन्मदिन आज, देशभरका गणेश मन्दिरमा विशेष पूजा गरिदैं

काठमाडौं,भदौ १५- प्रत्येक वर्ष भाद्र शुक्ल चतुर्थीका दिन अग्रपूजाको अधिकार प्राप्त गर्नुभएका विघ्नहर्ता भगवान् गणेशको पूजा आराधना गरी मनाइने गणेश चतुर्थी व्रत पर्व आज मनाइँदै छ । सत्ययुगमा भाद्र शुक्ल चतुर्थीका दिन भगवान् गणेशको जन्म भएको शास्त्रीय मान्यता छ । यस अवसरमा आज उपत्यकाका अशोकविनायक, चन्द्रविनायक, सूर्यविनायक, कमलविनायक, कमलादी गणेशलगायत देशभरका गणेश मन्दिरमा विशेष पूजा … Read more

सत्ता गठबन्धनको सिट बाँडफाँट कार्यदलको बैठक बस्दै

काठमाडौं, भदौ १५– नेपाली कांग्रेस नेतृत्वको सिट वाँडफाँट कार्यदलको बैठक आज पनि बस्दैछ । आगामी ४ मंसिरमा हुन गईरहेको प्रतिनिधिसभा र प्रदेश सभा निर्वाचनका लागि सिट वाँडफाँटका लागि जारी प्रयासलाई टुंगोमा पुरयाउनका लागि कार्यदलको बैठक आज पनि बस्न लागेको हो । प्रतिनिधिसभाका १ सय ६५ तथा प्रदेशसभाका ३ सय ३० सिटका लागि सत्तारुढ दल बीच … Read more

रौतहटमा चट्याङ लागेर ३ महिलाको मृत्यु, ४ जना घाइत

रौतहट १४ भदौ । मधेस प्रदेशको रौतहट जिल्लामा चट्याङ लागेर तीन जना महिलाको मृत्यु भएको भने चार जना घाइते भएका छन् । जिल्लाको गरुडा नगरपालिका वडा नम्बर ३ मा चट्याङ खस्दा तीनको मृत्यु र चार जना घाइते भएका हुन । मलाहिटोल गाउँ छेउमा खेतमा काम गर्ने क्रममा चट्याङ लागेर उनीहरुको विहान मृत्यु भएको जिल्ला प्रहरी … Read more

मेयर बालेनविरूद्ध अदालतमा मुद्दा दायर

काठमाडौं, भदौ १३। काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहविरूद्ध अदालतको अपहेलना मुद्दा दर्ता भएको छ। अधिवक्ता दिपकराज जोशीले बालेनविरूद्ध सर्वोच्च अदालतमा अवहेलना मुद्दा हालेको सर्वोच्चका प्रवक्ता विमल पौडेलले जानकारी दिए। मेयर बालेनले संविधान संशोधन गरेर नक्सा पास गर्ने अधिकार अदालतलाई दिउँ भन्दै सामाजिक सञ्जालमा स्टाटस लेखेको र त्यसले अदालतको अवहेलना गरेको जोशीको तर्क छ। बालेनविरूद्धको मुद्दामा … Read more

राष्ट्रपति भण्डारीले एमाले नेताहरुलाई छलफलमा बोलाइन्

१३ भदौ, काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले  नेकपा एमालेका नेताहरुलाई छलफलमा बोलाएकी छन् । सोमबार दिउँसो ५ बजे राष्ट्रपति कार्यालयमा आउने गरी उनले एमाले नेताहरुलाई बोलाएको एमाले स्रोतले बताएको छ । एमाले अध्यक्ष केपी शर्मा ओली अस्वस्थ भएकाले उपाध्यक्ष सुवासचन्द्र नेम्वाङसहितका नेताहरु राष्ट्रपति कार्यालय जाने एक नेताले जानकारी दिए । राष्ट्रपति विद्यादेवी भण्डारीले आइतबार नै … Read more