इद पर्वको अवसरमा भोलि सार्वजनिक बिदा
वैशाख १९- सरकारले भोलि मंगलबारका लागि सार्वजनिक बिदा दिएको छ। गृह मन्त्रालयका प्रवक्ता फणिन्द्रमणि पोखरेलका अनुसार इस्लाम धर्मालम्बीहरूको पर्व इद उल फित्रका अवसरमा भाालि सार्वजनिक बिदा दिन लागिएको हो।
वैशाख १९- सरकारले भोलि मंगलबारका लागि सार्वजनिक बिदा दिएको छ। गृह मन्त्रालयका प्रवक्ता फणिन्द्रमणि पोखरेलका अनुसार इस्लाम धर्मालम्बीहरूको पर्व इद उल फित्रका अवसरमा भाालि सार्वजनिक बिदा दिन लागिएको हो।
इलाम । इलाम नगरपालिका- ८ सिङफ्रिङमा एक महिलाको शव गाडेको अवस्थामा फेला परेको छ । विगत ३ दिनदेखि बेपत्ता स्थानीय अंदाजी ३१ वर्षीय विनिता काफ्लेको शव गाडिएको अवस्थामा शनिबार फेला परेको हो । खनेको ठाउँ देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । खबर पाएपछि प्रहरीले घटनास्थलबाट गाडिएकाे अवस्थामा शव निकालेको थियो । जिल्ला प्रहरी कार्यालय इलामका … Read more
नेपालगञ्ज, वैशाख १८- ३० वैशाखमा हुने स्थानीय तहको निर्वाचनअघि बाँके र बर्दियाको नेपाल–भारत सीमा नाका ७२ घण्टा बन्द हुने द्विपक्षीय सहमति भएको छ । नेपाल–भारत खुला सीमाका कारण निर्वाचनको बेला सुरक्षा चुनौती बढ्न सक्ने भएकाले निर्वाचनअघि ७२ घण्टासम्म सीमा नाका बन्द गर्ने निर्णय भएको बाँकेका प्रमुख जिल्ला अधिकारी सुर्यबहादुर खत्रीले जानकारी दिए । सीमा क्षेत्रको … Read more
सिन्धुपाल्चोक, वैशाख १८- पाँचपोखरी थाङपाल गाउँपालिकामा एमाले कार्यकर्ताको कुटपिटबाट नेकपा माओवादी केन्द्रका तीन जना कार्यकर्ता घाइते भएका छन् । पाँचपोखरी थाङपालधाप गाउँपालिका–७ का एमाले वडाध्यक्षका उम्मेदवार सुके तामाङ र देवराज गुरुङको समूहले खुकुरी प्रहार गरी माओवादी कार्यर्तालाई घाइते बनाएका हुन् । आफ्नो पार्टीको चुनाव प्रचारमा खटिरहेका बेला ज्यान मार्ने उदेश्यका साथ एमाले कार्यकर्ताले आक्रमण गरेका … Read more
विभिन्न पदमा स्वतन्त्र उम्मेदवारी दिनेको सङ्ख्या बढी हुँदा निर्वाचन आयोगले थप चिह्नसहित फेरि मतपत्र छाप्नुपर्ने भएको छ । केही पालिकामा स्वतन्त्र उम्मेदवारी अनुमानभन्दा बढी पर्दा यसअघि छापिएको मतपत्रअनुसार उम्मेदवारलाई चुनाव चिह्न दिन नपुग्ने देखिएको छ। जसले गर्दा आयोगले स्वतन्त्र उम्मेदवारी धेरै परेका स्थानीय तहका लागि फेरि मतपत्र छाप्ने तयारी गरेको छ। शुक्रबार ५ बजेसम्म उम्मेदवारी … Read more
वैशाख १६- जिम्बाबे ‘ए’ विरुद्धको एकदिवसीय शृंखलाका लागि नेपाली राष्ट्रिय क्रिकेट टोलीको घोषणा भएको छ । शुक्रबार मुख्य प्रशिक्षक पुबुदु दासानायकेले एकदिवसीय शृंखलाको लागि नेपाली टोलीको कप्तानी सन्दीप लामिछानेले नै सम्हाल्ने घोषणा गरेका छन् । नेपाली टिममा किशोर महतोले ‘डेब्यु’ गर्दा विकेटकिपर ब्याटर विनोद भण्डारी, सुनिल धमला र सुसaन भारीले टोलीमा पुनरागमन गरेका छन् । … Read more
वैशाख १६- शुक्रबार दिउँसो एक विज्ञप्ति जारी गर्दै निर्वाचन आयोगले उम्मेदवारको मनोनयन फिर्ता गराउन धरपकड नगर्न आग्रह गरेको छ । आयोगले कतिपय उम्मेदवारलाई मनोनयन फिर्ता गराउन डर, धाक, धम्की, प्रलोभन र धरपकड गरेको सूचना आएको भन्दै आयोगले यस्तो विज्ञप्ति जारी गरेको हो । आयोगले उम्मेदवारले आफूलाई फिर्ता लिन इच्छा लागेमा राजीखुसीले लिखित सूचना दिएमा उम्मेदवारी … Read more
पोखरा, वैशाख १६- पोखरा महानगरको मेयर पदमा कांग्रेसबाट बागी उम्मेदवारी दर्ता गराएका दुईजनाले मनोनयन फिर्ता लिएका छन् । नन्दप्रसाद तिवारी र ऋषि सापकोटाले शुक्रबार आफ्नो उम्मेद्वारी फिर्ता लिएका हुन् । उनीहरु गठबन्धनको विरोधमा पोखराको मेयरमा उम्मेद्वारी दिएका थिए । तर, पार्टीले दिएको नर्देशन पालना गर्दै लोकतन्त्रको रक्षाका लागि उम्मेद्वारी फिर्ता लिएको उनीहरुले बताएका छन् तिवारी … Read more
१५ बैशाख । निर्वाचन आयोगले स्थानीय तह निर्वाचनका लागि मनोनयन दर्ता भएका उम्मेदवारको नामावली आज प्रकाशन गर्दैछ। वैशख ११ र १२ गते मनोनयन दर्ता गरेका उम्मेदवारको नामावली आयोगले आज प्रकाशन गर्न लागेको हो। १३ उजुरी दिने समय तोकेको आयोगले हिजो र आज मनोनयन उपर जाँचबुझ गरी आज साँझ ६ बजे नामावली प्रकाशन गर्ने आयोगका प्रवक्ता … Read more
काठमाडौं, वैशाख १५ – राप्रपा नेपालका उपाध्यक्ष उद्धव पौड्यालले पार्टी परित्याग गरेका छन् । अध्यक्ष कमल थापालाई सम्बोधन गर्दै उनले बुधबार राजीनामा पत्र बुझाएका हुन्। पौड्याल उपाध्यक्ष, आर्थिक विभाग प्रमुखको पनि जिम्मेवारीमा थिए। उनले साधारण सदस्यसमेत नरहने गरी राजीनामा दिएका हुन्। राप्रपा महाधिवेशनबाट अध्यक्षमा पराजित भएपछि कमल थापाले राप्रपा नेपाल ब्युँताएपछि पौड्याल उक्त पार्टीको उपाध्यक्षमा … Read more