जीतपुरमा १०८ कुण्डीय गायत्री महायज्ञ हुने

बारा, असार ८ गते । बाराको जीतपुरमा १०८ कुण्डीय गायत्री महायज्ञ हुने भएको छ । जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर ७ जीतपुरको शान्तिटोल खेल मैदानमा महायज्ञ हने भएको हो । आज शनिबार बृहत १०८ कुण्डीय गायत्री महायज्ञ आयोजनाको प्रारम्भिक छलफल एवम् समिति निर्माण गरिएको छ । जीतपुरका समाज र भारतको हरिद्वार बाट आउनु भएका प्रतिनिधिहरुले संतोष … Read more

रोहित,सन्दीप र दीपेन्द्रले क्यानडामा हुने ग्लोबल टी-२० लिग खेल्ने

काठमाडौंं,असार ८- नेपाली क्रिकेट टीमका कप्तान रोहित पौडेलसहित ३ जनाले क्यानडामा हुने ग्लोबल टी-२० लिग खेल्ने भएका छन् । रोहितसहित दीपेन्द्रसिंह ऐरी र सन्दीप लामिछानेले आगामी जुलाईमा हुने ग्लोबल टी-२० लिग खेल्ने पक्का भएको हो । सन्दीप र दीपेन्द्रले टीम भ्यानकुभर नाइट्समा आवद्ध भएका छन् भने रोहित टोरन्टो नेसनलमा आवद्ध हुन् । सन्दीप र दीपेन्द्र … Read more

कस्तो छ आजको मौसम पूर्वानुमान ?

काठमाडौँ । हाल देशको पूर्वी भू-भागमा मनसुनी प्रणालीको प्रभाव रहेको छ भने बाँकी भू-भागमा स्थानीय वायु तथा भारतको विहार आसपास रहेको न्यून चापीय  क्षेत्रको आंशिक प्रभाव रहेको छ। हाल कोशी र मधेश प्रदेशमा पूर्णतया बदली, बाग्मती र गण्डकी प्रदेशमा साधारणतया बदली  तथा बाँकी भू-भागमा आंशिक बदली देखि मुख्यतया सफा रहेको छ। कोशी, बाग्मती र गण्डकी … Read more

कोशी प्रदेशमा भारी वर्षाको चेतावनी, अन्य प्रदेशमा के छ सम्भावना ?

काठमाडौँ, असार ५- हाल देशका पूर्वी भू–भागमा मनसुनी प्रणालीको प्रभाव रहेको तथा बाँकी भू–भागमा स्थानीय वायु तथा भारतको विहार आसपास रहेको न्यून चापीय क्षेत्रको आंशिक प्रभाव रहेको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार कोशी र मधेश प्रदेशमा पूर्णतया बदली, बाग्मती र गण्डकी प्रदेशमा साधारणतया देखि पूर्णतया बदली तथा बाँकी भू–भागमा आंशिक बदली देखि … Read more

आजको प्रतिनिधिसभा बैठकमा यी मन्त्रीहरुले जवाफ दिने

काठमाडौं, असार ५- प्रतिनिधिसभा बैठक आज पनि बस्दैछ। बैठकमा विनियोजन विधेयकमाथिको छलफल जारी रहने संसद् सचिवालयले जनाएको छ । सांसद पुष्पबहादुर शाह, अमरेशकुमार सिंह र ध्रुवबहादुर प्रधानले विनियोजन विधेयक, २०८१ अन्तर्गत युवा तथा खेलकुद मन्त्रालय शीर्षकको खर्च रकमलाई घटाई एक रुपैयाँ गरियोस् भनी खर्च कटौतीको प्रस्ताव प्रस्तुत गर्ने संसद्को कार्यसूचीमा उल्लेख छ। सांसद प्रेम सुवालले … Read more

आजको मौसमः वाग्मतीसहित चारवटा प्रदेशमा बिहानैदेखि वर्षा

काठमाडौं,असार ४- देशका केही भू–भागमा बिहानैदेखि वर्षा भइरहेको छ । कोसी, मधेस, वाग्मती र गण्डकी प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको हो । कोसी, मधेस, वाग्मती र गण्डकी प्रदेशमा साधारणतयादेखि पूर्ण बदली र बाँकी भू–भागमा आंशिक बदलीदेखि मुख्यतया सफा रहेको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार दिउँसो कोसी, मधेस, … Read more

टी–२० अन्तर्राष्ट्रियमा सन्दीपको १०० विकेट पूरा

काठमाडौं, असार ३- बंगलादेशविरुद्ध नेपालले आठौँ विकेट हात पारेको छ । नेपालका लागि सन्दीप लामिछानेले विकेट लिएका हुन् । टी–२० अन्तर्राष्ट्रियमा उनको यो १ सयाैँ विकेट थियो । जाकेर अलि १२ रन बनाएर आउट भए । बंगलादेशले १६.३ ओभरमा ८ विकेटको क्षतिमा ८६ रन बनाएको छ ।

टि २० विश्वकमः दक्षिण अफ्रिकाद्धारा नेपाललाई मात्र ११६ रनको टार्गेट

काठमाडौं,असार १- आइसिसी टी–२० विश्वकपमा दक्षिण अफ्रिकाविरुद्ध नेपालले खेल जित्न ११६ रनको लक्ष पाएको छ। शनिबार सेन्ट भिन्सेन्टमा रहेको आर्नोस भले ग्राण्ड किंग्सटाउनमा टस हारेर ब्याटिङमा उत्रेको दक्षिण अफ्रिकाले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर ११५ रन बनाउन सक्यो। दक्षिण अफ्रिकाका लागि ओपनर रिजा हेन्डरक्सिले ४९ बलमा सर्वाधिक ४३ रन बनाए। यसक्रममा उनले ५ चौका … Read more

कस्तो छ आजको मौसम पूर्वानुमान ?

काठमाडौँ । हाल देशको पूर्वी भू-भागमा मनसुनी प्रणालीको प्रभाव रहेको छ भने बाँकी भू-भागमा स्थानीय वायु, पश्चिमी वायु तथा बिहार आसपास बनेको न्यून चापीय  क्षेत्रको आंशिक प्रभाव रहेको छ । हाल सुदुरपश्चिम प्रदेश,कर्णाली प्रदेश कोशी प्रदेश लगायत देशको पहाडी भू-भागमा आंशिक देखि साधारणतया बदली भई बाँकी भू-भागमा आंशिक बदली देखि मौसम मुख्यतया सफा रहेको छ। … Read more

बुटवलमा जीप दुर्घटना : तीनको मृत्यु, एक जनाको अवस्था गम्भीर

बुटवल । बुटवलमा जीप दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ। बुधबार राति पाल्पाको पर्यटकीयस्थल नुवाकोटबाट बुटवलतर्फ आउँदै गरेको लु २ च ८५३१ नम्बरको जीप दुर्घटना तीन जनाको घटनास्थलमै ज्यान गएको हो। मृत्यु हुनेमा बुटवल उपमहानगरपालिका ११ का ५६ वर्षीय रामप्रसाद शर्मा, तिलोत्तमा नगरपालिका ३ की  ५७ वर्षीया आशा श्रेष्ठ र सोही ठाउँकी ५० वर्षीया … Read more