महिना दिन पछि राैतहटकाे गरुडा नगरपालिकाको तालाबन्दी खुल्यो

माघ २३ रौतहट । एक महिनाको लामो तलाबन्दी पछि रौतहटको गरुडा नगरपालिकाको तालाबन्दी खुलेको छ ।  एक महिना भन्दा बढी दिन देखी गरुडा नगरपालिका कार्यालयमा लगाइएको ताला सोमबार बेलुका ७ बजे खुलेको हो । नगर उपप्रमुख पुनमदेवी चौधरीसहित ६ जना वडा अध्यक्षहरुले विभिन्न माग राख्दै बिगत एक महिना देखि नगरपालिका कार्यालयमा तालाबन्दी गरी मुलगेटमा धर्ना दिदै आएका थिए … Read more

असोज देखी हेटौंडा सिमेन्टको उत्पादन पुनः सुरु

हेटौंडा, २३ माघ । साढे तीन महिनादेखि बन्द रहेको हेटौँडा सिमेन्ट उद्योग सोमबारदेखि पुनः सञ्चालनमा आएको छ। हेटौंडा–९ मा रहेको सरकारी स्वामित्वको यो उद्योग कोइलाको अभावले गर्दा गत असोजदेखि बन्द रहेकाे थियो। उद्योगका महाप्रबन्धक वसन्त पाण्डेका अनुसार कोइला सप्लायर्सलाई बक्यौता भुक्तानी गरेपछि पुनः कोइला आपूर्ति सुचारु भएको हो। उनका अनुसार उद्योगले कोइला सप्लायर्सलाई दिनुपर्ने रकम … Read more

चितवन प्रहरीद्धारा हराएका ९५ थान मोबाइल सम्बन्धित धनीलाई फिर्ता

चितवन,२३ माघ । चितवन प्रहरीले विभिन्न समयमा हराएका ४५ थान मोबाइल अनुसन्धानपश्चात् नियन्त्रणमा लिई सम्बन्धित व्यक्तिलाई बुझाएको छ । प्रहरीले पीडितहरूले दिएको निवेदनका आधारमा हराएका मोबाइल खोजि गरि फिर्ता गरेको हो । सोमबार प्रहरीले ४५ थान आइफोन, सामसुङ, रेडमी, ओपो, भिभो, पोको लगायत विभिन्न कम्पनीका मोबाइलहरु सम्बन्धित व्यक्तिलाई कार्यालयमै बोलाएर बुझाएको हो । प्रहरी कार्यालय … Read more

ठाेरी नाकामा रहेकाे छाेटी भन्सारकाे स्तराेन्नत्ति हुने

बारा, माघ २३ गते । पर्सा जिल्लाको ठोरी नाकामा रहेको छोटी भन्सारको स्तरोन्नत्ति हुने भएको छ। ठोरी गाउँपालिका वडा नं. २ मा रहेको ठोरी भन्सारको स्तरोन्नति यहि माघ २७ गते शनिबारका दिन गरिने छ । भन्सारको भौतिक पुर्वाधार स्तरोन्नत्ति भएको कर्यौ वर्ष पछि उक्त भन्सार कार्यालय ओैपचारिक रुपमा सञ्चालन हुन लागेको हो । पर्साको दोस्रो … Read more

उपकरण खरिद प्रकरणः अख्तियारको बयान छल्दै पूर्वसञ्चारमन्त्री कार्की र बस्नेत

काठमाडौं, माघ २३- नेपाल दूरसञ्चार प्राधिकरणका लागि टेरामक्स प्रविधिका उपकरण खरिद गर्दा भएको अनियमिततामा अनुसन्धान गरिरहेको अख्तियारले बोलाउँदा दुई पूर्वसञ्चारमन्त्रीले बयान छलिरहेका छन् । हाल स्वास्थ्यमन्त्रीसमेत रहेका मोहनबहादुर बस्नेत र कांग्रेस नेता ज्ञानेन्द्रबहादुर कार्की क्रमशः सञ्चारमन्त्री रहेका बेला कानुनविपरीत प्रक्रियाबाट अस्वाभाविक मूल्यमा उपकरण खरिद गरेको विषयमा अनुसन्धान भइरहेको छ । अख्तियारले तत्कालीन सञ्चार सचिवहरू वैकुण्ठ अर्याल र … Read more

चितवन क्रिकेट रंगशालाका लागि बागमती प्रदेशले ७० प्रतिशत बजेट दिने

चितवन,२३ माघ । गौतमबुद्ध अन्तराष्ट्रिय क्रिकेट रंगशाला निमाण अघि बढाउन बागमती प्रदेश सरकारले चासो दिएको छ । रंगशाला निमार्णका लागी प्रदेश सरकारले नै बजेट सुनिश्चितता गर्ने भएको छ । बागमती प्रदेशका आर्थिक मामिला मन्त्री बहादुर सिंह लामा र स्वास्थ्य मन्त्री उत्तम जोशीले रंगशालाको स्थलगत निरिक्षण गरे पछि बजेट सुनिश्चितताकाे प्रकिया अघि बढेकाे हाे । अवलोकन गरेपछि … Read more

आदर्श गृहले गर्यो अस्मिताको कन्यादान

चितवन, २२ माघ । विगत आठ वर्षदेखि भरतपुरको आदर्श गृहको संरक्षणमा हुर्किएकी अस्मिता तिवारीको आइतबार धूमधामसँग विवाह भयो । विसं २०७२ मा बाँकेको कोहलपुरबाट ल्याएर आश्रयसँगै शिक्षादीक्षा दिएको संस्था आदर्श गृहले अस्मितालाई आइतबार बेहुली बनाएर पठाएको हो । स्याङ्जाको वालिङ घर भई हाल भरतपुर–७ कृष्णपुरमा आफ्नै व्यवसाय सञ्चालन गर्दै आउनुभएका मणि सुवेदीसँग २३ वर्षिया अस्मिताको … Read more

जितपुरसिमरा नगरभित्र क्रिकेट टीमको लागि खेलाडी छनौट गरिने

बारा, माघ २२ गते । बाराको जीतपुरसिमरा उपमहानगरपालिका भित्र क्रिकेट खेलाडी छनौट गरिने छ । जीतपुरसिमरा उपमहानगरपालिका वडा २४ मा हुन लागेको चौथो हरपुर क्रीकेट प्रतियोगिताको लागि हरपुर टिमको लागि खेलाडी छनौट गर्नु पर्ने भएकोले हरपुर क्रीकेट क्लबले सूचना जारी गरेर छ्नौट खेलमा सहभागी हुन उपमहानगर भित्र रहेका खेलाडीहरु संग अनुरोध गरेको हो। हरपुर क्रीकेट … Read more

जीतपुरसिमरामा जटिल रोगका बिरामीलाई मासिक रु. पाँच हजार

बारा, माघ २२ गते । जीतपुरसिमरा उपमहानगरपालिकाले जटिल रोगका बिरामीलाई मासिक पाँच हजार रुपैयाँ उपलब्ध गराउँदै आएको छ । मिर्गाैला प्रत्यारोपण गरेका, डायलायसिस गराइरहेका, क्यान्सर र मेरूदण्ड पक्षघात भएकालाई औषधोपचारका लागि सहयोग गरिएको उपमहानगरपालिकाको जन स्वास्थ्य प्रबद्र्धन शाखा प्रमुख रबि भाष्करले जानकारी दिए । नेपाल सरकारले यी चार रोगका बिरामीलाई उपचारमा सहयोग गर्ने उद्देश्यले कार्यविधि … Read more

घट्यो सुनचाँदीको भाउ

काठमाडौ, २२ माघ । नेपाली बजारमा सोमबार सुनचाँदीको भाउ घटेको छ । नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार सोमबार छापावाल सुन प्रतितोला ४०० रुपैयाँले घटेर १ लाख १८ हजार ५०० रुपैयाँ कायम भएको छ । यसैगरी, तेजावी सुनको मूल्य तोलाको १ लाख १७ हजार ९५० रुपैयाँ निर्धारण भएको छ । आइतबार पनि सुनको भाउ तोलामा ६०० रुपैयाँले … Read more