एमालेको घोषणापत्र सार्वजनिक, ‘समृद्ध नेपाल सुखी नेपाली’ को राष्ट्रिय संकल्पकै निरन्तरता

काठमाडौँ, कात्तिक १५- नेकपा एमालेले आउँदो मङ्सिर ४ गते हुने चुनावका लागि घोषणापत्र सार्वजनिक गरेको छ । आज मंगलबार काठमाण्डौको याक एन्ड यती होटलमा अध्यक्ष केपी शर्मा ओलीले डिजिटल प्रविधिबाट आउँदो चुनावका लागि पार्टीको घोषणापत्र सार्वजनिक गर्नुभएको हो । घोषणापत्रमा पार्टीले अघि सारेको ’समृद्ध नेपाल सुखी नेपाली’ को राष्ट्रिय संकल्पलाई निरन्तरता दिइएको छ । झन्डै … Read more

म गोरखाबाट चुनाव लड्न आउनुमा राजेन्द्र बजगाईको पनि भूमिका छ, दुवै क्षेत्रको विकासको जिम्मा लिन्छुः प्रचण्ड

गोरखा, कार्तिक १२- नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले आफू गोरखाबाट चुनाव लड्न आउनुमा कांग्रेस नेता राजेन्द्र बजगाईको पनि भूमिका रहेको भन्दै गोरखा १ मा आफूलाई सम्झेर बजगाईसहित गठबन्धनका उम्मेदवारलाई जिताउन आग्रह गरेका छन् । निर्वाचन क्षेत्र गोरखा २ जाने क्रममा क्षेत्र नम्बर १ को आरुघाटमा स्थानीयसँगको भेटघाटका क्रममा अध्यक्ष प्रचण्डले आरुघाट र आरुटार … Read more

माओवादी केन्द्र चितवनमा फेरी पहिरो,जिल्ला सहइन्चार्ज रेग्मी एमाले प्रवेश गरे

चितवन,कात्तिक ९- नेकपा माओवादी केन्द्र चितवनका जिल्ला सहइन्चार्ज रमेश रेग्मी अमर एमाले प्रवेश गरेका छन् । एमाले पार्टी अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोटमा जिल्ला सहइन्चार्ज रेग्मीसहित माओवादी केन्द्र निकटको प्रेस सेन्टरका केन्द्रीय सचिव प्रल्हाद पोखरेल एमाले प्रवेश गरेको एमाले बागमती प्रदेश कमिटी सचिव विजय सुवेदीले जानकारी दिए । यसअघि, माओवादी केन्द्रका जिल्ला इन्चार्ज तथा … Read more

प्रतिनिधिसभाको समानुपातिकतर्फ २२ सय उम्मेदवार

काठमाडौँ, कात्तिक १०– निर्वाचन आयोगले आसन्न प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिक निर्वाचन प्रणालीतर्फका उम्मेदवारको अन्तिम बन्दसूची प्रकाशन गरेको छ । निर्वाचन प्रयोजनका लागि दलले पेश गरेको बन्दसूचीको जाँचबुझ गरी अन्तिम बन्दसूची प्रकाशन गरिएको आयोले जनाएको छ । समानुपातिकतर्फको बन्दसूचीको विस्तृत विवरण आयोगको वेबसाइटमा राखिएको छ । प्रतिनिधिसभाको समानुपातिकतर्फ लागि दुई हजार एक सय ९९ … Read more

राप्रपाको मुख्य प्रतिस्पर्धी एमाले हो,अरु पार्टी प्रतिस्पर्धा गर्न योग्य छैनन्ः लिङ्देन

काठमाडौ,कात्तिक ६- राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले आगामी निर्वाचनमा राप्रपाको प्रतिस्पर्धा नेकपा (एमाले)सँग हुने बताएका छन् । काठमाडौंको एक कार्यक्रममा बोल्दै उनले राप्रपाको मुख्य प्रतिस्पर्धा एमालेसँग हुने बताएका हुन् । नेपाली कांग्रेस र नेकपा (माओवादी केन्द्र)लगायतका पार्टीहरु १०० भन्दा तलको सिटमा खुम्चिसकेको उल्लेख गर्दै उनले राप्रपाको मुख्य प्रतिस्पर्धी एमाले नै भएको जिकिर गरे । … Read more

कात्तिक ४ मा ओलीको ‘कल केपी बा’, सर्वसाधारणले ओलीलाई फोन गर्न सक्ने

काठमाडौँ, कात्तिक २– ने‍कपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आगामी कात्तिक ४ गते कुरा गर्न सर्वसाधारणलाई आग्रह गरेका छन्। मंगलबार फेसबुकमा स्टाटस राख्दै उनले‍ सबैलाई आफ्नो फोन नम्बर उनको फेसबुकको म्यासेज बक्समा छोड्न अनुरोध गरेका छन्। ‘कात्तिक ४ गते, म तपाईंको सम्पर्कमा हुनेछु। आउनुस् कुरा गरौं।’, उनले भनेका छन्। यसअघि सामाजिक सञ्जालमा रहेका धेरै प्रयोगकर्ताले … Read more

एमालेलाई ठुलो धक्का: बारामा ९७ जनाले एमालेबाट दिए सामुहिक राजिनामा

एस.एस. पटेल, बारा । चुनावको मुखमा आएर एमालेबाट साधारण सदस्य समेत नरहने गरि ९७ जनाले सामुदायिक राजिनामा दिएका छन् । नेकपा एमाले मधेस प्रदेश सदस्य विश्वनाथ लामिछाने, जीतपुरसिमरा नगर कमिटि उपाध्यक्ष विरेन्द्र गिरि, जीतपुर गाविस संस्थापकपार्टी प्रमुख मोजाहिर अंसारी, एमाले बारा जिल्ला सदस्य कपुरराज पुरी, विष्णु प्रसाद अधिकारी, माधव फुयाल, प्रदिप कु. गुप्ता, जाफिर हुसेन … Read more

गठबन्धनको बैठक बस्दै, वागीलाई कारवाही गर्ने गठबन्धनको तयारी

असोज, ३१ गते । आधिकारिक उम्मेदवार विरुद्ध बागी उम्मेदवारी दिएर फिर्ता नगर्नेहरुलाई सत्ता गठबन्धनमा रहेका पार्टीहरुले छानविन गरी कारवाही गर्ने भएका छन् । बागी उम्मेदवारबारे छलफल गर्न गठबन्धनको बैठक सोमबार दिउँसो बोलाइएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा दिउँसो ३ बजे बस्नेगरी बैठक बोलाएको नेकपा एकीकृत समाजवादीका महासचिव डा. बेदुराम भुसालले जानकारी दिए । उनका … Read more

एमालेको रौतहट जिल्ला कमिटी विघटन, उद्धव रेग्मीलाई इन्चार्जको जिम्मेवारीमा, प्रभु साह निष्कासित

काठमाडौँ, असोज २८- नेकपा एमालेले रौतहट जिल्ला कमिटी विघटन गरेको छ । एमालेको मधेश प्रदेश कमिटीका अध्यक्ष रामऔतार यादवले शुक्रबार एक विज्ञप्ति जारी गरी जिल्ला कमिटी अध्यक्ष त्रिभुवन साह लगायतका केही व्यक्तिहरु पार्टीविरोधी गतिविधिमा लागेकाले जिल्ला कमिटी विघटन गरेको बताएका छन् । एमालेले पार्टी छाडेर स्वतन्त्र उम्मेदवारी दिएका स्थायी समिति सदस्य प्रभु साहमाथि पनि कारवाही … Read more

चितवन ३ मा पाण्डे, अधिकारी र कोइरालाबीच भिडन्त हुने, कसलाई कति सहज ?

चितवन, असोज २७– नेकपा एमालेबाट चितवन ३ मा उमेदवारी दिएका रामप्रसाद न्यौपानेको उमेदवारी पार्टी अध्यक्ष केपी ओलीले काठमाडौँबाटै फिर्ता लिइदिए । ओलीले इमेल मार्फत न्यौपानेको उमेदवारी फिर्ता लिएपछि चितवन एमालेका नेता असन्तुष्ट देखिन्छन् । एमालेले अब कांग्रेसबाट बागी उमेदवारी दिएका दिनेश कोइरालालाई सघाउने भएको छ । असन्तुष्ट एमाले कार्यकर्ताले भने कोइराला भन्दा राप्रपाका विक्रम पाण्डे … Read more