पहिले एमालेले जितेका दुई वडामा बालेन अगाडि, स्थापित तेस्रो स्थानमा

काठमाडौं,बैशाख ३१- काठमाडौं महागनरपालिकाको मतगणना जारी छ । पछिल्लो प्राप्त विवरण अनुसार स्वतन्त्र उम्मेदवार बालेन शाह र कांग्रेसकी सिर्जना सिंह अघिपछि छन् । अहिले वडा नम्बर १ र ३२ को मतगणना हुँदा एमालेका उम्मेदवार केशव स्थापित भने सुरुवाती चरणमा पछाडि परेका छन् । स्मरणीय छ कि यी दुवै वडा २०७४ सालको चुनावमा एमालेले जितेका थिए … Read more

भरतपुर महानगरपालिकाको मतगणना सुरु

चितवन,वैशाख ३१- चितवनको भरतपुर महानगरपालिकामा तोकिएको समयभन्दा झण्डै २ घण्टा ढिला गरी मतगणना सुरु भएको छ । मुख्य निर्वाचन अधिकृतको कार्यालयले बिहान ९ बजेबाट गणना गर्ने भने पनि झन्डै २ घण्टा ढिला गरी मतगणना सुरु भएको हो ।

चितवनको पर्सामा विप्लवको विद्रोही नेताहरुको भेला, नयाँ पार्टी घोषणाको तयारी

चितवन, वैशाख २१– अन्ततः नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी फुटको संघारमा पुगेको छ । यस पार्टीका विद्रोही नेताहरूले आज चितवनको पर्सामा राष्ट्रिय भेला आयोजना गरेका छन् । चुनावको विषयले विवाद गर्दै गएपछि विप्लवले कारबाही गरेका धर्मेन्द्र बास्तोला र हेमन्तप्रकाव वलीको नेतृत्वमा राष्ट्रिय भेला सुरु हुन लागेको केन्द्रीय सदस्य गुणराज लोहनीले जानकारी दिए । … Read more

चुनावी सभालाई सम्बोधन गर्न हेटौंडा आउँदै ओली

मकवानपुर, १८ वैशाख । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली आज हेटौंडा आउँदैछन् । एमाले मकवानपुरले हेटौंडामा आयोजना गर्न लागेको चुनावी सभालाई सम्बोधन गर्न उनी हेटौंडा आउन लागेका हुन् । स्थानीय तह निर्वाचनलाई केन्द्रित गरेर, अन्तर्राष्ट्रिय श्रमिक दिवसको अवसरमा ओलीले सम्बोधन गर्नेछन् । आमसभामा मकवानपुरका १० वटै स्थानीय तहका एमालेका उम्मेदवार, नेताकार्यकर्तासहित ४० हजारभन्दा बढीको … Read more

चितवनमा घाँस काट्न गएका पुरुषको बाघको आक्रमणबाट मृत्यु

चितवन, बैशाख १८- चितवनमा घाँस काट्न जंगल गएका एक वृद्धको बाघको आक्रमणबाट मृत्यु भएको छ। खैरहनी नगरपालिका १३ बैरियाका ६५ वर्षीय नारायण दाहाललाई कुमरोज मध्यवर्ती सामुदायिक वनमा घाँस काट्न जाने क्रममा बाघले आक्रमण गरेको हो। आइतबार बिहान ८ बजे जंगल गएका दाहाल १० बजेतिर मृत अवस्थामा भेटिएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता डिएसपी नरहरि अधिकारीले … Read more

एमालेले बैशाख २६ गते भरतपुरमा जनसभा गर्ने,सम्बोधन गर्न अध्यक्ष ओली आउने

चितवन, बैशाख १६- नेकपा (एमाले)ले भरतपुर महानगरपालिकामा पार्टी अध्यक्ष केपी शर्मा ओलीको उपस्थितिमा बैशाख २६ गते चुनावी आमसभा गर्ने भएको छ । बैशाख २६ गते भरतपुर बसपार्क परिसरमा महानगर स्तरीय अन्तिम चुनावी सभा गर्ने एमाले भरतपुर महानगर निर्वाचन प्रचार समिति संयोजक तेजेन्द्र खड्काले जानकारी दिए । ‘पार्टी अध्यक्ष केपी शर्मा ओलीको प्रमुख आतिथ्यतामा व्यापक जनसहभागितामा … Read more

नारायणगढको चारतले भवनमा आगलागी, राति लागेको आगो बिहान मात्र नियन्त्रणमा

चितवन, वैशाख १५- नारायणगढ कमलनगरस्थित एउटा चारतले भवनमा आगलागी हुँदा करोडौँको क्षति भएको छ । स्थानीय तुल्सीराम सापकोटाको चारतले घरको पहिलो तलामा विभिन्न विभिन्‍न व्यक्तिले संचालन गरेको इलेक्ट्रोनिक पसल, जुत्ता चप्पल र कपडाको गोदाम लगायतका सटरमा आगलागी भएको हो । राति २ बजेदेखि लागेको आगो चार वटा दमकल, नेपाल प्रहरी, नेपाली सेना, शसस्त्र प्रहरी र … Read more

गृहमन्त्रीलाई भरतपुरका काँग्रेस बागी उम्मेदवारको जवाफः फिर्ता नहुने ठाउँमा पुगिसकें

चितवन,बैशाख १५- भरतपुर महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवारी दिएका कांग्रेस नेता जगन्नाथ पौडेलले आफू धेरै अगाडि बढिसकेको भन्दै उम्मेदवारी फिर्ता लिन नसकिने बताएका छन् । उम्मेदवारी फिर्ता लिन आग्रह गर्दै निवासमै पुगेका गृहमन्त्री बालकृष्ण खाण र राज्यमन्त्री उमेश श्रेष्ठसँग पौडेलले चितवनका कांग्रेसका मान मर्यादा र भविष्यसँग जोडिएको कुरा भएकाले आफू एक्लैले उम्मेदवारी फिर्ता लिन नसक्ने बताएका … Read more

काठमाडौंको मेयरमा ५६ र उपमेयरका लागि ३१ जनाको उम्मेदवारी

काठमाडौँ, वैशाख १३– काठमाडौँ महानगरपालिकाको प्रमुखका लागि ५६ र उपप्रमुख पदका लागि ३१ जनाको उम्मेदवारी परेको छ । प्रमुख पदका लागि उम्मेदवारी दिने ५६ मध्ये २१ ले दलका तर्फबाट उम्मेदवारी दिनुभएको हो भने बाँकी ३५ ले स्वतन्त्र उम्मेदवाररूपमा मनोनयन दर्ता गराउनुभएको हो । प्रमुख पदका लागि उम्मेदवारी दिनेमध्ये आठ महिला छन् । उपप्रमुखमा उम्मेदारी दिने … Read more

एमालेका विजय सुवेदीले भरतपुर मेयरका लागि मनोनयन दर्ता

वैशाख १२ ,भरतपुर । नेपाल कम्युनिष्ट पार्टी एमालेका विजय सुवेदीले भरतपुर महानगरपलिकाको मेयर पदका लागि मनोनयन दर्ता गरेका छन् । उनले आज (सोमबार) मुख्य निर्वाचन अधिकृतको कार्यालय भरतपुरमा दर्ता गराएका हुन् । उम्मेद्वारी दर्ता गर्दै उनले आफु नेकपा एमालेबाट उम्मेद्वारी दिए पनि सबैको साझा उम्मेद्वारी भएको बताउछन् । उनले भने, मेरो मनमा भरतपुरको माटो छ … Read more