भरतपुर महानगरपालिकाको मेयरमा २९ र उपमेयरमा १३ जनाको उम्मेद्वारी

चितवन, वैशाख १२– चितवनको भरतपुर महानगरपालिकाको मेयरमा २९ जनाको उम्मेद्वारी परेको छ । मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार हिजो ११ र आज १८ जनाले मेयरमा उम्मेद्वारी दर्ता गराएका छन् । यस्तै उपमेयरमा १३ जनाको उम्मेद्वारी परेको कार्यालयले जनाएको छ ।

भरतपुरमा गठबन्धनबाट मेयरमा रेनु दाहाल र उपमेयरमा चित्रसेन अधिकारीको उम्मेदवारी दर्ता

वैशाख १२ ,भरतपुर । भरतपुर महानगरपालिकाको प्रमुख पदमा गठबन्धन दलका तर्फबाट नेकपा (माओवादी केन्द्र ) का रेनु दाहालले उम्मेदवारी दर्ता गर्नुभएको छ । नेपाली कांग्रेससहित गठबन्धन दलका तर्फबाट दाहालले आज उम्मेदवारी दर्ता गर्नुभएको हो । उहाँसँगै उपप्रमुखमा नेपाली कांग्रेसका भरतपुर नगरसभापति चित्रसेन अधिकारीले उम्मेदवारी दर्ता गर्नुभएको छ । दाहालको प्रस्तावकमा नेपाली कांग्रेस भरतपुर महानगर सचिव … Read more

चितवनको माडीमा एमाले र राप्रपाबीच तालमेल, मेयर एमाले र उपमेयर राप्रपालाई

चितवन,बैशाख १२- चितवनको माडी नगरपालिकामा नेकपा एमाले र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बीच चुनावी तालमेल हुने भएको छ । राप्रपाले एमालेबाट माडीको मेयरको उम्मेदवार बनेकी ताराकाजी महतोलाई सहयोग गर्नेछ भने, उपमेयरमा एमालेले राप्रपाका मदन पौडेललाई सहयोग गर्ने राप्रपाका जिल्ला प्रवक्त राजु भण्डारीले जानकारी दिए । उनका अनुसार एमालेबाट उपमेयर उम्मेदवारी दर्ता गराएका रेशमलाल आचार्यको उम्मेदवारी … Read more

एमालेबाट काठमाडौं मेयरमा स्थापित र उपमेयरमा डंगोलको उम्मेदवारी दर्ता

काठमाडौं, वैशाख १२- एमालेबाट काठमाडौं महानगरपालिकाको मेयरमा केशव स्थापित र उपमेयरमा सुनिता डंगोलको उम्मेदवारी दर्ता भएको छ । काठमाडौंस्थित मुख्य निर्वाचन अधिकृतको कार्यालयमा पुगेर उनीहरुले आ–आफ्नो उम्मेदवारी दर्ता गराएका हुन् । उम्मेदवारी मनोनयन दर्ताको दोस्रो दिन सोमबार स्थापित र डंगोलले उम्मेदवारी दर्ता गराएका हुन् । स्थापित काठमाडौं महानगरको पूर्व मेयर तथा बागमती प्रदेशका पूर्वमन्त्री र … Read more

माडी नगरपालिकामा एमालेबाट मेयरमा सात जनाको दाबी

माडी नगरपालिकामा नेकपा (एमाले) का तर्फबाट मेयर पदका लागि सात जना र उपमेयर पदमा छ जनाले दाबी गरेका छन् । एमाले माडी नगर कमिटी सचिव श्रीप्रसाद दवाडीका अनुसार मेयर (प्रमुख) पदमा श्यामकुमार विष्ट, ताराकुमारी काजी महतो, नारायण पौडेल, रामेश्वर महतो, रेशमलाल आचार्य, रामेश्वर चौधरी र नारायणप्रसाद अधिकारीले दाबी गरेका छन् । यस्तै उपमेयर पदमा मथुराबहादुर … Read more

नेपाल भूमिहीन सुकुम्बासी संगठनकाे केन्द्रीय सदस्यमा नवलपुरबाट २ जना सर्वसम्मत

नेकपा एमालेको आधारभुत जनवर्गीय संगठन नेपाल भूमिहीन सुकुम्बासी संगठनको पहिलो अधिवेशनले केन्द्रीय सदस्यमा नवलपुरबाट २ जनालाई सर्वसम्मत चयन गरेको छ । बर्दियाको गुलरियामा सम्पन्न अधिवेशनले नवलपुरबाट कृष्णप्रसाद सापकोटा र माेहदत्त अधिकारीलाई सदस्यमा सर्वसम्मत गरेकाे हाे। साे अधिवेशनले अध्यक्षमा एमाले पोलिटव्युरो सदस्य तथा संघीय सांसद शान्ता चाैधरी, उपाध्यक्षमा भक्तबहादुर विक, गुन्जबहादुर खड्का,लिलाबहादुर मोक्तान चयन भएका छन् … Read more

चितवनमा बाघले बेपत्ता बनाएकाको व्यक्तिको शव भेटियो

बाघको आक्रमणबाट बेपत्ता भएका वृद्धको शव भेटिएको छ । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार पूर्वी चितवनको खैरहनी नगरपालिका– १२ मा रहेको कुमरोज मध्यवर्ती सामुदायिक वनमा घाँस काट्न गएका स्थानीय वृद्धलाई बाघले आक्रमण गरी लगेको हो । उनको शव जितपुरघाटमा भेटिएको हो । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार आज बिहान ९ः०५ बजे घाँस काट्न गएका ६५ … Read more

अख्तियारको आदेशलाई अटेर गर्दै भरतपुर महानगरपालिका : भरतपुर माविमा भएको अनियमितताको छानबिनमा ढिलाइ

भरतपुर महानगरपालिकाले भरतपुर माविमा भएको अनियमितताको छानबिन गर्न ढिलाइ गरेको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोग काठमाडौंले ७ दिनभित्र छानबिन गरी प्रतिवेदन पेश गर्न महानगरपालिकालाई भनेको थियो । तर महानगरपालिकाले १२ दिन बितिसक्दा पनि कुनै प्रतिवेदन पठाउन सकेको छैन । भरतपुर महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामबन्दु सुवेदीले छानबिन समिति गठन गरिएको बताउँदै अब छानबिन हुने … Read more

माडी नगरपालिकाले गर्यो माडीको प्रतिनिधित्व गर्ने खेलाडीहरुलाई नगद सहित सम्मान

एस.एस. पटेल । चितवन जिल्लाको माडी नगरपालिकाले खेलाडीहरूलाई नगद सहित सम्मान गरेको छ । माडिको प्रतिनिधित्व गर्दै राष्ट्रियस्तरका खेल प्रतियोगिताहरूमा पदक विजेता भएका खेलाडीहरूलाई नगरले नगद सहित सम्मान गरेको हो । माडी नगरपालिकाले आफ्नो आठौं नगरसभाको अवसरमा काठमाडौंमा सम्पन्न राष्ट्रिय एथलेटिक्स प्रतियोगितामा स्वणर्पदक हात पारेका माडिका ललित राउत र काश्य पदक जित्नुभएको सिर्जना गुरुङलाई नगद … Read more

नारायणीमा माछा मार्ने क्रममा गैडाले हानेर एक जनाको मृत्यु

पूर्वी नवलपरासीमा गैडाको आक्रमणमा परी एक जनाको मृत्यु भएको छ । नारायणी नदीमा माछा मार्न जाने क्रममा गैडाले हानेर कावासोती १४ निवासी अन्दाजी ५२ बर्षीय खोरबहादुर मुसहरको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय नवलपुरले जनाएको छ । शव परीक्षणका लागि अस्पताल लगिएको छ ।