जाजरकोट भूकम्प : नगर उपप्रमुखसहित ३६ जनाको मृत्यु, ४६ जना घाइते

जाजरकोट, कात्तिक १८- जाजरकोट र रुकुम पश्चिममा भूकम्पमा परी मृत्यु हुनेको संख्या ३६ पुगेको छ । कर्णाली प्रदेश प्रहरी प्रमुख डीआईजी भीम ढकालका अनुसार अहिलेसम्मको अद्यावधिक सूचना संकलन गर्दा ३६ जनाको मृत्यु छ भने ४६ बढी घाइते भएका छन् । उनका अनुसार भूकम्पमा परी घाइते भएकाहरूलाई उपचारको लागि जिल्ला अस्पतालमा पुर्‍याइएको छ । भूकम्पले घरहरु … Read more

भारतमा सवारी दुर्घटना हुँदा सुर्खेतका एकै परिवारका पाँच जनाको मृत्यु

सुर्खेत, कात्तिक १७- भारतमा सवारी दुर्घटनामा परी सुर्खेतको चौकुने गाउँपालिकाका एकै परिवारका ५ जनाको मृत्यु भएको छ। भारतको कर्नाटक राज्यस्थित गुलबर्गा सहरको अजलपुर तलुका भन्ने स्थानमा सडक दुर्घटनामा परी दुई बालकसहित एकै परिवारका पाँच जनाको मृत्यु भएको हो। मृत्यु हुनेमा चौकुने गाउँपालिका–७ अमलटाकुराका २७ वर्षीय रतन नेवार, उनकी श्रीमती २५ वर्षीया अस्मिता नेवार, छोराहरू ५ … Read more

कालीकोटमा जिप दुर्घटना, तीन जनाको मृत्यु

कालीकोट, जेठ २८ गते । कालीकोटमा जिप दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ । जिल्लाको शुभकालिका गाउँपालिका–६ गविरामा गए राति जिप दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको हो । कालीकोटको बेउली पान्तडी सडकखण्डको चौकी बजारबाट हाउडी हुँदै शुभकालिकातर्फ जाँदै गर्दा लु१च ८४९८ नम्बरका जिप शुभकालिका–६ गविराममा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय कालीकोटले जनाएको छ … Read more

दैलेखमा ग्यास सिलिन्डर बोकेको ट्रक दुर्घटना, ३ जनाको मृत्यु

सुर्खेत, चैत ८- दैलेखमा ग्यास सिलिन्डर बोकेको ट्रक दुर्घटना हुँदा तीन जनाको घटनास्थलमा मृत्यु भएको छ । नेपालगन्जबाट दैलेख जाँदै गरेको मनकामना ग्यास बोकेको भे१क २२०१ नम्बरको ट्रक गुराँस गाउँपालिका(४ तालपोखरी नजिक दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको हो । जिल्ला प्रहरी कार्यालय दैलेखका अनुसार ट्रक सडकबाट करिब १५० मिटर तल खसेको थियो। मृत्यु हुनेमा … Read more

सुर्खेतमा गोली लागेको अवस्थामा मृत भेटिए प्रहरी जवान

काठमाडौं, ११ फागुन – सुर्खेतमा एक जना प्रहरी जवान मृत अवस्थामा फेला परेका छन् । कर्णाली प्रदेश प्रहरी गणमा कार्यरत प्रहरी जवान कवीन्द्र विक कन्चटमा गोली लागेको अवस्थामा मृत भेटिएका हुन् । दार्चुलाको अपी नगरपालिका–६ का २६ वर्षीय विकले आफैलाई गोली हानेर आत्महत्या गरेको आशंका गरिएको छ । जिल्ला प्रहरी कार्यालय सुर्खेतले विकको शव पोष्टमार्टमका … Read more

चिसोका कारण हुम्लाका ४ मतदान केन्द्रमा मतदान सुरू हुन सकेन

हुम्ला, मंसिर ४- अत्यधिक चिसोका कारण हुम्लाका चार मतदान केन्द्रमा अझै मतदान प्रक्रिया सुरु हुन सकेको छैन । नाम्खा गाउँपालिका-६ का तीन मतदान केन्द र वडा-५ को मुचुमा चिसोका कारण मतदान सुरू हुन नसकेको जिल्ला प्रहरी कार्यालय हुम्लाले जनाएको हो । अत्याधिक चिसोका कारण लिमीको हल्जी गाउँको सुनखानी आधारभूत विद्यालय मतदान केन्द, जाङ गाउँको भृकुटी … Read more

जुम्लाको पहिरोमा परी मृत्यु हुनेको संख्या ७ पुग्यो

जुम्ला, असोज २२ । जुम्लामा पहिरोमा परी मृत्यु हुनेको संख्या ७ पुगेको छ । जिल्ला प्रहरी कार्यालय जुम्लाका अनुसार कनकासुन्दरी गाउँपालिका–५ बारकोटेबाडामा स्थानीय गणेश शाहीको घर पहिरोले भत्किदा ७ जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय जुम्लाका प्रहरी निरीक्षक तथा सूचना अधिकारी धर्मराज जोशीका अनुसार मृत्यु हुनेमा घरमुली ५५ बर्षका गणेश शाही, उनका छोरा … Read more

सल्यानमा जिप दुर्घटना हुदा ८ जनाको ज्यान गयो

सल्यान,असोज १२- सल्यानको कपुरकोटमा जीप दुर्घटना हुँदा ८ जनाको ज्यान गएको छ । एक जना घाइते भएका छन् । बाँकेको ढकेरीबाट सल्यानको कपुरकोटमा बिहे भोजमा सहभागी हुनेहरुलाई लिएर फर्केको रा १ ज ५६३ नम्बरको जीप गएराति कपुरकोट गाउँपालिका–३ मूलपानीमा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ । दुर्घटनामा परी जिप चालक कपुरकोट–६ जलवाङ का … Read more

सुत्केरी बेथा लागेको चार दिनपछि गर्भवतिको हवाइ उद्धार

सुर्खेत, भदौ १८- चार दिन देखि सुत्केरी बेथा लागेर बच्चाको जन्म दिन नसकेकी जाजरकोट नलगाड नगरपालिका –८ की २७ वर्षीया लक्ष्मी ओलीलाइ हवाइ उद्धार गरिएको छ । ओलीलाई राष्ट्रपति उद्धार कोषमार्फत नेपाली सेनाको पश्चिम हवाइ बेसबाट गएर हेलिकोप्टरले आज बिहान उद्धार गरी प्रदेश अस्पताल सुर्खेत ल्याएको हो । लुपाना घरमा सुत्केरी बेथा लागेर दल्लीस्थित नगर … Read more

भेरीमा डुबेर सुर्खेतका एक जनाको मृत्यु

५ साउन, सुर्खेत । भेरी नदीमा डुबेर सुर्खेतमा एक जनाको मृत्यु भएको छ । बराहताल गाउँपालिका–२, पाक्माका ४५ वर्षीय भीमबहादुर मन्दिरको मृत्यु भएको कर्णाली प्रदेश प्रहरीले जनाएको छ । परिवारका सदस्यका अनुसार उनी बुधबार बिहान ९ बजे सिस्नेरी जान्छु भन्दै घरबाट डुङ्गा (नाउ) लिएर निस्किएका थिए । लामो समयसम्म घर नफर्केपछि भेरी नदीमा खोजतलास गर्दै … Read more