बारामा ट्रयाक्टर पल्टिदा एक जनाको मृत्यु

एस.एस. पटेल, बारा । बारामा ट्रायाक्टर पल्टिदा एक जनाको मृत्यु भएको छ । जिल्लाको पचरौताबाट धान लोडर गरेर खेतबाट निस्किन लागेको ट्रयाक्टरपल्टिदा आज बुधवार साँझ चालकको मृत्यु भएको हो । खेतबाट उकालो बाटोमा निकाल्ने क्रममा ट्रयाक्टरको अगाडी भाग उल्टिन पुग्दा चालकको सिटमा च्यापिएर मृत्यु भएको प्रहरीलेजनाएको छ । मृत्यु हुनेमा सुवर्ण गाँउपालिका ३ बकतवाका २७ … Read more

चुनाव अघिनै सन्तोषलाई जितको टिका, मतदाता भन्छन् दोबर मतले विजयी बनाउछौ

बारा, कार्तिक २३ गते । मंसिर ४ गते हुने निर्वाचनमा बारा क्षेत्र नम्बर ४ (१) बाट प्रदेश सभा सदस्य पदका उम्मेदवार सन्तोष कुशवाहालाई चुनाव अघिनै मतदाताहरुले जितको टिका लगाएर बधाई दिएका छन् । कुशवाहाको घरदैलो क्रममा क्षेत्रबासीले उनलाई जितको टिका लगाएका हुन । उम्मेदवारी दिए संगै निकै चर्चामा रहेका सन्तोषले एकलै दुई ठुला दल एकपा … Read more

इच्छाको चुनावी सभामा प्रभु साह, स्वतन्त्र उम्मेदवारलाई जिताउन आग्रह

बारा, कार्तिक २२ गते । बारा क्षेत्र नं. ४ को प्रतिनिधिसभा सदस्य पदका स्वतन्त्र उम्मेदवार इच्छाबहादुर वाग्लेको मंगलवार फेटामा सम्पन्न चुनावी सभामा पूर्व मन्त्री प्रभु साह देखिए । रौतहटबाट स्वतन्त्र उम्मेदवारी दिएका पूर्वमन्त्री साह वाग्लेको चुनावी प्रचारलाई सहयोग गर्न बारा आएका हुन् । वाग्लेको चुनावी सभामा उपस्थित साहले स्वतन्त्र उम्मेदवारलाई जिताउन आग्रह गरेका छन् । … Read more

पर्यटनका लागि मधेस प्रदेशमा पहिलोचोटी “टुर प्रडक्ट डेभलपमेन्ट एण्ड टिकेटिङ्ग” तालिमको सुरुवात

बारा, कार्तिक २२ गते । पर्यटनको प्रचुर सम्भावना रहेको मधेस प्रदेशमा पहिलोचोटी टुर प्रडक्ट डेभलपमेन्ट एण्ड टिकेटिङ्गसम्बन्धी ४ दिने तालिमको सुरुवात गरिएको छ । “समृध्दि र रोजगारी सिर्जनाको लागि सामूहिक प्रयास” भन्ने मूल मन्त्रलाई आत्मसात् गर्दै नाट्टा मधेस प्रदेशको आयोजनामा बाराको सिमरामा उक्त तालिमको सुरुवात गरिएको हो । नाटा केन्द्रीय कार्यसमितिका सदस्य श्रद्धा जोशीले पर्यटन … Read more

म सपना देखाउदिन, जनताले देखेको सपना पुरा गर्छु बारा ४ (१) उम्मेदवारः कुशवाहा

बारा, कार्तिक २० गते । म सपना देखाउदिन, बाराका जनताले दशकौ देखी देख्दै आएका सपनाहरु पुरा गर्छु भन्दै बारा क्षेत्र नम्बर ४ (१) का उम्मेदवार सन्तोष कुशवाहाले दावि गरेका छन् । बारामा शिक्षा, कृषि र भौतिक विकासको सपना देख्दै आएका बाराली जनताहरुको सपना दशकौ बितिसक्दा पनि पुरा भएको छैन । बारा क्षेत्र नम्बर ४ (१) … Read more

बारा ४ मा गठबन्धनका उम्मेदवारलाई सघाउन काँग्रेसको अपिल

बारा, कार्तिक १६ गते । नेपाली काँग्रेस बारा क्षेत्र नम्बर ४ को प्रदेश समितिले गठबन्धनका उम्मेदवारहरुको विजयका लागि अभियान चलाउन अपिल गरेको छ । मंगलबार बाराको जीतपुरस्थित काँग्रेस पार्टी कार्यालयमा बसेको क्षेत्रीय समितिको बैठकले मंसिर ४ गते हुने प्रतिनिधि तथा प्रदेश सभा निर्वाचनमा काँग्रेस नेतृत्वको पाँच दलीय गठबन्धनका उम्मेदवार कृष्णकुमार श्रेष्ठ र प्रदेश सभा सदस्यका … Read more

बारा क्षेत्र नं. ४ (क) उम्मेदवार कुशवाहाको घरदैलो, जनता भोट हाल्न उत्साहित

बारा, कार्तिक १५ गते । बारा क्षेत्र नम्बर ४ (क) बाट प्रदेशसभा सदस्य पदका उम्मेदवारलाई भोट हाल्न जनता उत्साहित देखिएका छन् । मंसिर ४ गते हुने निर्वाचनको लागि भोट माग्न घरदैलो गरिरहेका सन्तोषलाई आफुहरुले लौरोमा मत हाल्न उत्साहित रहेको बाराली जताले बताएका छन् । दसकौ देखी आफुहरुको मत खेर जादैगरेको भन्दै यसपाली युवालाई मत दिन … Read more

साधारण सदस्य समेत नरहने गरि बारामा ७६ जना एमालेबाट दिए सामुहिक राजिनामा

बारा, कार्तिक १५ गते । प्रदेश कमिटि सदस्य सहित बारामा ७६ जनाले एमाले त्याग गरेका छन् । उनिहरू पार्टीको साधारण सदस्य समेत नरहने गरि पार्टी त्गायगरेका हुन् । बारा क्षेत्र नम्बर ३ मा पार्टीले उठाएका उम्मेदवारप्रति असन्तुष्टि जनाउँदै नेकपा एमालेका प्रदेश कमिटी सदस्यसहित बाराका ७६ जनालेपार्टी परित्याग गरेको घोषणा गरेका हुन । एमाले परित्याग गर्नेमा … Read more

नेकपा (एस) निकट युवा संघका नगर अध्यक्षनै एमाले फर्किए पछि

बारा, कार्तिक, १५ गते । नेकपा एकिकृत समाजवादीका जिल्ला कमिटी सदस्य एवम् युवा संघ जीतपुरसिमरा नगर कमिटीका अध्यक्ष सोमलाल बम्जन नेकपा एमाले फर्किएका छन् । एमाले विभाजित हुँदा एकिकृत समाजवादीतर्फ लागेका बम्जन पुनः एमाले फर्किएका हुन् । उनलाई एमाले केन्द्रीय सदस्य एवम् बारा जिल्ला सहईन्चार्ज सरस्वती चौधरी, एमाले नेता सुन्दर विश्वकर्मा, प्रदेश सभा ४(१) का … Read more

उदाउँदो सूर्यलाई अर्घ्य दिँदै छठ सम्पन्न

तराई मधेस क्षेत्रमा लोक आस्थाको पर्व छठ आज बिहान उदाउँदा सूर्यलाई अघ्र्य दिँदै सम्पन्न गरिएको छ । पञ्चमी तिथिका दिन मङ्गलबार राति ‘खरना’ विधि सम्पन्न गरेदेखि निराहार व्रत बसेका बर्तालुुले आज सप्तमीका दिन बिहान उदाउँदा सूर्यलाई अघ्र्य दिँदै यसपालिको छठ पर्व सम्पन्न गरेका हुन् । छठमा षष्टी तिथिमा निराहार व्रत गरिन्छ । आज बिहान ६ … Read more