एम्बुलेन्सबाट गाँजा बरामद, चालक पक्राउ

३१ साउन, जनकपुरधाम । सिरहा प्रहरीले एम्बुलेन्सबाट ९० किलो गाँजा बरामद गरेको छ । गाँजा बरामद भएपछि एम्बुलेन्स चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । पूर्व-पश्चिम राजमार्ग अन्तर्गत लहान नगरपालिका-१ मा को १ च ७५७७ नम्बरको एम्बुलेन्सबाट गाँजा बरामद भएको प्रहरीले जनाएको छ । सोमबार राति सवारीसाधन जाँच गर्ने क्रममा एम्बुलेन्सबाट ९० किलो गाँजा बरामद भएको … Read more

स्कार्पियोको ठक्करबाट बारामा साइकल यात्रीको मृत्यु

जानकारी नेपाल, डेस्क । बाराको जीतपुरसिमरा उपमहानगरपालिकाको छातापिपरामा आज स्कार्पियोले ठक्कर दिँदा एक साइकल यात्रीको मृत्यु भएको छ । मृत्यु हुनेमा साइकल यात्री भारत घर भई हाल पर्सा जिल्लाको वीरगञ्ज महानगरपालिका वडा नम्बर ३२ परसवा बस्ने वर्ष ४२ का कहनाई साह तेली रहेका छन् । वीरगञ्जबाट जीतपुरतर्फ आउँदै गरेको प्र २ —०३—००१ च ६२१० नं.को … Read more

प्रेम गरेको रिसइबीमा युवककाे हत्या, शव बाेरामा काेचेर भारत पुर्याइयाे

वीरगन्ज, साउन २९ । प्रेम गरेको रिसइबीमा हत्या गरी शव भारत पुर्याइएको पाइएकाे छ । त्यस घटनाकाे विरोधमा आज बिहान वीरगन्जमा प्रर्दशन गरिएको छ । बाराको विश्रामपुर गाउँपालिका इटियाहि बस्ने मोतिलाल ठाकुरका छोरा १६ वर्षीय राजकुमार ठाकुरको हत्या गरिएको हाे । साेकाे विरोधमा स्थानीयले जिल्ला प्रहरी कार्यालय अगाडि प्रर्दशन गरेका हुन् । हत्यामा संलग्न सबै … Read more

संघिय सरकारको विरुद्धमा मधेश प्रदेशका मुख्यमन्त्रीसहित मन्त्रीहरु धर्नामा

वीरगञ्ज, २९ साउन । मधेश प्रदेश सरकारका मुख्यमन्त्रीसहित मन्त्रीहरुले आजदेखि धर्ना दिन सुरु गरेका छन् । संघीय सरकारले प्रहरी समायोजन गर्न ध्यान नदिएको भन्दै मधेश भवनभित्रको प्रदेश प्रमुख कार्यालय प्राङणभित्र मुख्यमन्त्री लालबाबु राउतको नेतृत्वमा मन्त्रीहरु धर्नामा बसेका हुन् । मुख्यमन्त्री राउतसहित भौतिक पूर्वाधार विकास मन्त्री रामसरोज यादव, गृह तथा संचार मन्त्री भरत साह, राज्य मन्त्री … Read more

बारामा करेन्ट लागेर एक जनाको ज्यान गयो

जानकारी नेपाल, डेस्क । मधेस प्रदेशको बारा जिल्लामा आज शनिवार करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । जिल्लाको महागढीमाई नगरपालिका वडा नं. २ ईनर्वाका ३५ वर्षीय सुरेन्द्रप्रसाद यादवको मृत्यु भएको हो । स्थानीय चरनदेव भगतको खेतमा पानी हाल्ने मोटरको तार जोड्ने क्रममा यादवलाई करेन्ट लागेको प्रहरीले जनाएको छ । करेन्ट लागेर ३५ वर्षीय यादवको … Read more

वीरगञ्जमा घाँटी थिचेर श्रीमतीको हत्या, श्रीमान पक्राउ

विरगञ्ज, साउन २७ – श्रीमती हत्याको आरोपमा पर्सामा एक जना पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी नायव उपरीक्षक तथा प्रवक्ता प्रल्हाद कार्कीले दिएको जानकारी अनुसार पर्सा वीरगञ्ज महानगरपालिका वडा नं.२३ ईटियाहीका दिनेशप्रसाद यादवले आफनै २३ वर्षकी श्रीमती प्रतिमाकुमारी यादवको हत्या गरेका हुन । उनले घाँटी थिचेर श्रीमतीको हत्या गरेको भन्दै बिहान ४ … Read more

खेलकुद मन्त्री गहतराजले गरे सिमरा रंगशालाको अवलोकन, पूर्वाधार निर्माणमा सहयोग गर्ने आश्वासन

जानकारी नेपाल, डेस्क । युवा तथा खेलकुद मन्त्री महेश्वर जंग गहतराजले विहिवार सिमरा रंगशाला स्थलगत अवलोकन गरेका छन् । सरकारी उदाशिनताका कारण सुस्त गतिमा निर्माण हुदै आएको रंगशालाको अवस्था बुझ्न मन्त्री गहतराज सिमरा आएका हुन् । रंगशालाको निरिक्षण पछि प्रतिक्रिया दिदै मन्त्री गहतराजले स्थानीय स्तरको सक्रियता र सहभागितामा बनेको वर्तमान संरचना अत्यन्तै लोभलाग्दो रहेको बताए … Read more

चर्को करको विरोधमा जीतपुरमा शान्तिपुर्ण विरोध र्याली

जानकारी नेपाल, डेस्क । बाराको जीतपुरसिमरा उपमहानगरपालिकाले लगाएको चर्को करको विरोधमा शान्तिपुर्ण विरोध र्याली निकालिएको छ । उपमहानगरले विभिन्न किसिमको करमा चर्को कर लगाएको भन्दै सोही उपमहानगरको वडा नम्बर ७ का व्यापारीहरुले विरोध रयाली निकालेका हुन । यता विरोध रयाली कार्यक्रमलाई सम्बोधन गर्दै जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर ७ का वडा अध्यक्ष सुनिल कुमार गुप्ताले उपमहानगरले … Read more

चोरीको मोटरसाइकलसहित एक युवक पक्राउ

रौतहट, साउन २६ । रौतहट प्रहरीले चोरीको मोटरसाइकलसहित एक युवक पक्राउ गरेको छ। पक्राउ पर्नेमा बौधीमाई नगरपालिका ३ का २१ वर्षका चन्दन पटेल रहेको प्रहरीले जनाएको छ । इलाका प्रहरी कार्यालय कोपवा पिपरीयाको टोलीले विशेष सूचनाको आधारमा गत २४ गते पटेलले चलाउँदै गरेको बा.७४ प ५५२५ नम्बरको २२० सी.सी.को पल्सर मोटरसाइकलसहित नियन्त्रणमा लिएको थियो । … Read more

निजगढ नगरपालिकाको कार्यालय दुई सातादेखि ठप्प

बारा । साउन २६ । मधेस प्रदेशको बारा जिल्लाको निजगढ नगरपालिकाका नगर प्रमुख सुरथ पुरीले कार्यालय सञ्चालनमा अवरोध गरेपछि पालिकाको कार्यालय दुई सातादेखि ठप्प बनेको छ । सरुवा भएका प्रमुख प्रशासकीय अधिकृत सुमन कुमार कार्कीलाई मन्त्रालयले तत्कालका लागि थमौती गरेपछि आक्रोशित बनेका प्रमुख पुरीले दुई साताअघि अधिकृत कार्कीलाई कार्यालयमा प्रवेश निषेध गर्दै कार्यकक्षमै ताला लगाएपछि … Read more