मधेश मिडिया काउन्सिलको अध्यक्षमा उपाध्याय नियुक्त

  बारा, ७ गते । नेपाल पत्रकार महासंघ बाराका पूर्वअध्यक्ष एवम् प्रेस चौतारी नेपालका पूर्व केन्द्रीय सचिव कमलकुमार उपाध्याय मधेश प्रदेश मिडिया काउन्सिलको अध्यक्षमा नियुक्त भएका छन् । मधेश प्रदेश सरकारको आइतबार बसेको मन्त्रीपरिषद् बैठकले उपाध्यायलाई अध्यक्षमा नियुक्त गर्ने निर्णय गरेको हो ।उपाध्याय बाराबाट प्रकाशित हुने कृपाा दैनिकका प्रकाशक हुन् ।

नयाँ वर्षमा जीतपुरसिमरा–८ को नवनिर्मित वडा कार्यालय भवनको उद्घाटन

बारा, बैशाख १ गते । बाराको जीतपुरसिमरा उपमहानगरपालिका वडा नं. ८ को नवनिर्मित वडा कार्यालय भवनको उद्घाटन गरिएको छ। उपमहानगरपालिकाका नगरप्रमुख राजन पौडेलले सो भवनको उद्घाटन गर्नु भएको हो । वडाध्यक्ष शिवशंकर महतो कुशवाहाको अध्यक्षतामा भएको वडा कार्यालय भवन उद्घाटन कार्यक्रममा नगरप्रमुख राजन पौडेल प्रमुख अतिथि रहनुभएको थियो भने नगर उपप्रमुख भोला प्रसाद अधिकारी विष्शिठ … Read more

करेन्ट लागेर बारा एक जनाको मृत्यु

बारा, चैत ६ गते । विद्युतको करेन्ट लागेर बारामा एक जनाको मृत्यु भएको छ । जिल्लाको कलैया उपमहानगरपालिका–१७ सुराहीका ६५ बर्षिय हिता राउत अहिरको करेन्ट लागेर मृत्यु भएको हो । सिचाइको लागि खेतामा जडान गरिएको बिधुतिय मोटर बन्द गरी तार बेरने क्रममा अहिरलाई करेन्ट लागेको थियो । करेन्ट लागेर घाईते भएका उनलाई उपचारको लागी प्रादेशिक … Read more

उपद्रो गरेको आरोपमा जितपुरसिमरा ७का वडाध्यक्ष पक्राउ

बारा, चैत ४ गते । उपद्र मुद्दामा बाराको जितपुरसिमराका एक वडाध्यक्षलाई प्रहरीले पक्राउ गरेको छ । जितपुरसिमरा उपमहानगरपालिका वडा नम्बर ७ का वडाध्यक्ष सुनिल कुमार गुप्तालाई प्रहरीले पक्राउ गरेको हो । वडाध्यक्ष गुप्ता शुक्रबार होलीको राति आफ्ना समर्थकसहित स्थानीय समाजसेवी परशुराम गिरीको घरमा गई घरमा ढुंगामुढा गर्नुका साथै गिरीको परिवारका सदस्यलाई कुटपिट गरेको आरोप लागेको … Read more

जीतपुरमा होली मिलन कार्यक्रम सम्पन्न

बारा, फागुन २६ गते । शिव मन्दिर धर्मशाला व्यवस्थापक समिति जितपुरको आयोजनामा होली मिलन कार्यक्रम सम्पन्न भएको छ । शिव मन्दिर धर्मशालाको प्राङ्गणमा होली मिलन कार्यक्रम सम्पन्न भएको हो । होली मिलन कार्यक्रमको उद्घाटन रङ्ग लगाएर मधेस प्रदेश सभा सदस्य देनारायण चौधरीले गरेका थिए । उनले होली पर्वलाई सभ्य र भव्य रूपमा मनाउन सबैलाई आग्रह … Read more

२ किलो ५०० ग्राम लागू औषध अफिम सहित बारामा २ जना पक्राउ

बारा, फागुन २० गते । बारामा २ किलो ५०० ग्राम लागू औषध अफिम सहित दुइ जना पक्राउ परेका छन् । जिल्लाको जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर २१ अमलेखगञ्जबाट अफिम जस्तै देखिने पदार्थसहित २ जनालाई प्रहरीले पक्राउ गरेको हो । मंगलबार बिहान ६:३० बजेको समयमा ईलाका प्रहरी कार्यालय अमलेखगंजका प्रमुख वरिष्ठ प्रहरी नायव निरिक्षक टेक बहादुर कार्कीको … Read more

जीतपुरमा भव्यताका साथ ५१ कुण्डीय गायत्री महायज्ञ सम्पन्न

बारा, फागुन १८ गते । बाराको जीतपुरमा ५१ कुण्डीय गायत्री महायज्ञ हवन एवं प्रज्ञा पुराण कथा भव्यताका साथ सम्पन्न भएको छ । जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर ७ जीतपुर केराढोकाको बंगाली बाबा युग धर्म आश्रममा आयोजित महायज्ञ भव्यताका साथ सम्पन्न भएको हो । फागुन १५ गते बृहत् कलश यात्रा निकालेर सुरू गरिएको महायज्ञ फागुन १८ गते … Read more

सिमरामा खुल्यो केटिएम कन्सल्टिङ ग्रुपको आठौं शाखा

बारा, फागुन १० गते । केटिएम कन्सल्टिंग ग्रुपले आफ्नो आठौ शाखा बाराको सिमरामा बिस्तार गरेको छ । शाखाको आज एक कार्यक्रमकाबिच जीतपुरसिमरा उपमहानगरपालिकाका उप प्रमुख भोला प्रसाद अधिकारीले उद्घाटन गर्नुभएको थियो । ग्रुपले अस्ट्रेलियालाई केन्द्रबिन्दु बनाएर बैदेशिक रोजगारीको क्षेत्रमा काम गर्दै आएको छ । कार्यक्रममा बोल्दै उप प्रमुख अधिकारीले बैदेशिक रोजगरीको क्षेत्रमा सकरात्मक सन्देश प्रवाह … Read more

राष्ट्रिय विभूति सामुदायिक शिक्षा सदनको २३औं वार्षिकोत्सव तथा अभिभावक दिवस कार्यक्रम सम्पन्न

बारा, फागुन १० गते । डुमरवानाको राष्ट्रिय विभूति सामुदायिक शिक्षा सदनको २३औं वार्षिकोत्सव तथा अभिभावक दिवस कार्यक्रम सम्पन्न भएको छ । स्कुलले आफ्नो वार्षिकोत्सव तथा अभिभावक दिवस कार्यक्रम आफ्नै ग्राउण्डमा सम्पन्न गरेको हो । स्कुलको संचालक समितिको अध्यक्ष बिदुर खड्काको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा जीपतुरसिमरा उपमहानगरपालिकाको प्रमुख प्रशासकीय अधिकृत उर्मिला काफ्ले प्रमुख अतिथि रहनु भएको … Read more

जीतपुरसिमरा-६ को वडा कार्यालयको भवनको शिलान्यास

बारा, फागुन ४ गते । बाराको जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर ६ को वडा कार्यालयको नयाँ भवनको शिलान्यास गरिएको छ । वडाको ५३ लाख बजेटमा भवनको शिलान्यास भएको हो । मधेस प्रदेशका प्रदेश सभा सदस्य देव नारायण चौधरी र जीतपुरसिमरा उपमहानगरपालिकाका नगर उपप्रमुख भोला प्रसाद अधिकारीले संयुक्त रूपमा वडा कार्यालयको नयाँ भवनको शिलान्यास गरेका हुन् । … Read more