वीरगन्जको बगहीमा ट्याक्टर दुर्घटनामा दुई जनाको ज्यान गयो

पर्सा, असार १३ गते । वीरगन्ज महानगरपालिकाको बगहीमा शुक्रबार दिउँसो ट्याक्टर दुर्घटना हुँदा दुई किशोरको घटनास्थलमै ज्यान गएको छ भने एकजना घाइते भएका छन् । ज्यान गुमाउनेमा बगहीका १७ वर्षीय आकाश पटेल र १७ वर्षीय गोलु पटेल रहेका छन्। उनीहरू सवार रहेको ट्याक्टर अनियन्त्रित भई दुर्घटना भएको हो । उक्त ट्याक्टर भेडाहा खोलाबाट माटो लिएर … Read more

श्री ने.रा. नमुना मावि बकुलियामा छात्रवृति रकम वितरण

बारा, असार ०४ गते । बाराको जीतपुरसिमरा उपमहानगरपालिका–५ बकुलिया भवानीपुर स्थित रहेको श्री नेपाल राष्ट्रिय नमुना माध्यमिक विद्यालयले विद्यार्थीहरूलाई छात्रवृति रकम वितरण गरेको छ । श्री नेपाल राष्ट्रिय नमुना माध्यमिक विद्यालयका प्रधानाध्यापक धनन्जय गौतमका अनुसार कक्षा १ देखि ५ सम्म पढ्ने सम्पुर्ण छात्राहरू र दलित छात्रहरूको लागि रू ४०० को दरले आएको छात्रवृति रकम वितरण … Read more

बारामा बाघको आक्रमणबाट एकको मृत्यु

बारा, असार ४ गते । बारामा बाघको आक्रमणबाट एक जनाको मृत्यु भएको छ । जिल्लाको जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर २१ अमलेखगञ्जमा बाघको आक्रमणबाट स्थानीय ५० वर्षीय चन्द्रबहादुर ब्लोन मृत्यु भएको हो । ब्लोनको शव दक्षिणकाली सामुदायिक वन क्षेत्रको जंगलमा आज बुधबार बिहान क्षतविक्षत अवस्थामा फेला परेको हो । ब्लोन मंगलबार दिउँसो बाख्रा चराउन जंगल गएका … Read more

असार ९ गते जीतपुरसिमराको बाह्रौ नगर सभा हुने

एस.एस. पटेल, बारा, जेठ २८ गते । जीतपुरसिमरा उपमहानगरपालिकाको बाह्रौ नगर सभा अगामी असारमा हुने भएको छ । असारको ९ गतेको लागि जीतपुरसिमराको बाह्रौ नगर सभा तोकिएको छ । जीतपुरसिमरा उपमहानगरपालिकाले एक सुचना जारि गर्दै असार ९ गते बाह्रो नगर सभा रहेको जानकारी दिएको हो । सिमराको क्लासिक प्लाजा होटेलमा ९ गते दिनको १ बजेदेखी … Read more

छैठौँ बकुलिया भवानीपुर गोल्ड कपः आयोजक सेमिफाइनलमा प्रवेश

एस.एस. पटेल, बारा, जेठ २७ गते । बाराको बकुलियामा संचालन भैरहेको छैठौँ बकुलिया भवानीपुर गोल्ड कप २०८२ मा आयोजक जन कल्याणकारी क्लब विजयी भएको छ । अलटोकील क्लब चन्द्रपुरलाई स्तब्ध पार्दै आयोजक प्रतियोगिताको सेमिफाईनलमा प्रवेश गरेको हो । अलटोकील क्लब चन्द्रपुरलाई स्तब्ध पार्दै सेमिफाईनलको यात्रा तय गर्ने क्रममा आयोजकले ३–२ को जीत निकालेको थियो । … Read more

२०औं स्थापना दिवशको अवसरमा रक्तदान र स्वास्थ्य शिविर

एस.एस. पटेल, बारा, जेठ २७ गते । राष्ट्रिय स्वास्थ्यकर्मी महासंघ नेपालले आफ्नो २०औं स्थापना दिवशको अवसरमा खुल्ला रक्तदान र स्वास्थ्य शिविर कार्यक्रमको आयोजना गरेका छ । महासंघको बारा शाखाले बाराको जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर २४ हरपुरमा रक्तदान, आँखा चेकजाँच शिविर कान चेकजाँच शिविरको आयोजना गरेको हो । नेपाल राष्ट्रिय माध्यमिक विद्यालयको प्रांगनमा आयोजित रक्तदान कार्यक्रममा … Read more

टिभिएसको स्ट्राइकर १२५ मोटरसाईकल पुन: बजारमा, गरियो रि-लन्च

बारा, जेठ १९ गते । डिसकन्टिन्यु गरिएको टिभिएस कम्पनीको स्ट्राईकर मोटरसाईकल पुन: रि-लन्च गरिएको छ । बाराको जीतपुर स्थित रहेको टिभिएसको आधिकारिक विक्रेता स्वास्तिक ट्रेड एण्ड कन्सर्नमा स्ट्राईकर १२५ मोटरसाईकल सार्वजनिक गर्दै पुन: बजारमा आएको बताइएको हो । स्ट्राइकर १२५ मा स्टाइल र सुविधा दुबैलाई ध्यानमा राखिएको छ। टिभीएसको लोकप्रिय कम्युटर सेग्मेन्टमा यो बाइक नयाँ … Read more

डीएसपीले स्टेजमै पुगेर माइक खोसेपछि महोत्सवमा हंगामा, दर्शक आक्रोशित बन्दै गरे तोडफोड

०३ जेठ ।सिमरा : बारा जिल्लाको जीतपुरसिमरा उपमहानगरपालिका–७ स्थित जीतपुरमा जेठ १ गतेदेखि सुरु भएको व्यापार तथा सांस्कृतिक महोत्सव शनिबार राति अप्रत्याशित रूपमा अवरुद्ध भएको छ। महोत्सवमा प्रस्तुति दिइरहेका चर्चित भोजपुरी गायक सुनिल पण्डितको हातबाट स्वयं इलाका प्रहरी कार्यालय सिमराकी प्रहरी नायब उपरीक्षक (डीएसपी) सुभद्रा वाइबाले स्टेजमै पुगेर माइक खोसेपछि माहोल तनावग्रस्त बनेको हो। कार्यक्रम … Read more

जीतपुरमा जेष्ठ १ गते देखी जीतपुसिमरा व्यापार तथा सांस्कृतिक महोत्सव २०८२ आयोजना हुने

बारा, वैशाख २२ गते । बाराको जीतपुरमा जेष्ठ १ गते देखी जीतपुरसिमरा व्यापार तथा सांस्कृतिक महोत्सव २०८२ आयोजना हुने भएको छ । दि लिड इन्टरटेन्मेन्ट एण्ड एडभरटाइजिङको आयोजनामा जेष्ठ १ बाट सुरु हुने महोत्सव २५ दिन सम्म चल्ने छ । जीतपुरको पहिचान स्थापित गर्न र बजारलाई थप चलायमान गर्न जीतपुरमा ७ वर्षपछि महोत्सवको आयोजना गर्न … Read more

मधेस प्रदेशमा मंगलबार सार्वजनिक बिदा

बारा, वैशाख २१ गते । मधेश प्रदेश सरकारले यही वैशाख २३ गते मंगलबार सार्वजनिक बिदा दिएको छ । प्रदेश सरकारले मंगलबार जानकी नवमी (सीता जयन्ती)को अवसरमा बिदा दिने निर्णय गरेको हो । गृह, सञ्चार तथा कानून मन्त्रालयले आज आइतबार एक सूचना जारी गर्दै मंगलबार जानकी नवमी (सीता जयन्ती)को अवसरमा प्रदेशभर सार्वजनिक बिदा रहने जानकारी दिएको … Read more