सन्दीपमाथि अनुसन्धान गर्न २ दिन म्याद थप

काठमाडौं । बलात्कार आरोपमा हिरासतमा रहेका क्रिकेटर सन्दीप लामिछानेमाथि अनुसन्धान गर्न जिल्ला अदालत काठमाडौंले प्रहरीलाई थप दुई दिन समय दिएको छ । अघिल्लोपटक थपिएको चार दिनको म्याद सकिएपछि प्रहरीले आज लामिछानेलाई जिल्ला अदालतमा उपस्थित गराएको थियो । अदालतले आज दुई दिनको म्याद थपेको हो । यसअघि जिल्ला अदालत काठमाडौंले असोज २४ गते २० गतेबाट गणना … Read more

राप्रपाको मुख्य प्रतिस्पर्धी एमाले हो,अरु पार्टी प्रतिस्पर्धा गर्न योग्य छैनन्ः लिङ्देन

काठमाडौ,कात्तिक ६- राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले आगामी निर्वाचनमा राप्रपाको प्रतिस्पर्धा नेकपा (एमाले)सँग हुने बताएका छन् । काठमाडौंको एक कार्यक्रममा बोल्दै उनले राप्रपाको मुख्य प्रतिस्पर्धा एमालेसँग हुने बताएका हुन् । नेपाली कांग्रेस र नेकपा (माओवादी केन्द्र)लगायतका पार्टीहरु १०० भन्दा तलको सिटमा खुम्चिसकेको उल्लेख गर्दै उनले राप्रपाको मुख्य प्रतिस्पर्धी एमाले नै भएको जिकिर गरे । … Read more

मकवानपुरमा मलामी गएर फर्केको अटो दुर्घटना हुँदा एकको मृत्यु, ३ जना घाइते

हेटौंडा, कात्तिक ५- मकवानपुरमा अटो दुर्घटना हुँदा एकको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन् । बागमती गाउँपालिकामा मलामी गएर फर्केको अटो दुर्घटना भएको हो । प्रहरीका अनुसार मृत्यु हुनेमा बागमती-८ का रामबहादुर गोलेको रहेका छन् । दुर्घटनामा परि अटो चालक बागमती-८ का सिंहबहादुर योन्जन, अटोमा सवार सोही वडाका वीरबहादुर थोकर र लक्ष्मण … Read more

पर्सा राष्ट्रिय निकुञ्जको हात्तीसारमा हात्तीको आक्रमणबाट एक माउतेको मृत्यु

बारा, कार्तिक ५ गते । पर्सा राष्ट्रिय निकुञ्जको हात्तीसारमा कार्यरत कर्मचारीको हात्तीको आक्रमणबाट हिजो शुक्रवार मृत्यु भएको छ । मृत्यु हुनेमा पर्साको ठोरी गाउँपालिका वडा नम्बर ५ सुवर्णपुर स्थित पर्सा राष्ट्रिय निकुञ्ज अन्तरगत रामभोरी भाठ्ठा सेन्टरमा फणित पदमा कार्यरत जितपुरसिमरा उपमहानगरपालिका वडा नम्बर ५ डुमरवाना बस्ने रमेश महराको हात्तीको आक्रमणबाट मृत्यु भएको जिल्ला प्रहरी कार्यालय … Read more

भारतको मध्यप्रदेशमा बस दुर्घटना: १५ जनाको मृत्यु, ४० जना घाइते

भारत, कात्तिक ५ भारतको मध्यप्रदेशमा बस दुर्घटना हुँदा कम्तिमा १५ जनाको ज्यान गएको छ । ४० जना भन्दा धेरै घाइते भएका छन् । ज्यान गुमाउनेमा दिवाली मनाउन घर जाँदै गरेका मजदुर रहेका छन् । झण्डै सय जना यात्रु बोकेको बस उत्तर प्रदेशको गोरखपुर जाँदै गर्दा ट्रकसँग ठोक्किएर दुर्घटना भएको प्रहरीलाई उद्धृत गर्दै भारतीय सञ्चार माध्यमले … Read more

सिमरा कोसेली कप: जनप्रगति र त्रिशूल युवा क्लब फाइनलमा प्रवेश, फाइनल खेल भोलि हुने

एस.एस. पटेल, बारा । बाराको सिमरामा संचालन भईरहेको दोस्रो कोसेली कपमा आज सेमिफाइनलको दुई खेल सम्मान भएको छ । आज सम्पन्न भएको पहिलो खेलमा नव जनप्रगति युवा क्लब विजयी भएको छ भने दोस्रो खेलमा त्रिशूल युवा क्लब विजयी भएको हो । आज विजयी भएको दुबै क्लब बिच भोलि दिनको ३ बजे फाइनल खेल हुने छ … Read more

दोस्रो कोसेली कप: फाईनल खेलमा प्रवेशको लागि आज ४ टिप प्रतिस्पर्धा गर्ने

बारा, कार्तिक ५ गते । कोसेली युथ क्लब सिमराको आयोजनामा बाराको सिमरामा भईरहेको दोस्रो कोसेली कपमा आज सेमिफाइनलको दुई खेल हुने छ । कोसेली कप २०७९ मा आज दिव्य ज्योति एफ.सि र एन.जे.पि.वाइ.सि बिच १:३० बजे र आयोजक क्लब कोसेली युथ “बि” र त्रिशुल युवा क्लब बिच ३ बजे फाईनलमा प्रवेश गर्नको लागि सेमिफाइनलको प्रतिस्पर्धा … Read more

दोस्रो सिमरा कोसेली कप: आयोजक क्लब र त्रिशूल युवा क्लब सेमिफाइनलमा प्रवेश

एस.एस. पटेल, बारा, कार्तिक ४ गते । बाराको सिमरामा संचालन भईरहेको दोस्रो कोसेली कपमा आज पनि दुई खेल सम्मान भएको छ । आज भएको पहिलो खेलमा आयोजक क्लबको “बि” टिम विजयी भएको छ भने दोस्रो खेलमा त्रिशूल युवा क्लब विजयी भएको हो । आज विजयी भएको दुबै क्लब सेमिफाइनलमा प्रवेश गरेका छन् । पहिलो खेलमा … Read more

दोस्रो सिमरा कोसेली कप: आज पनि दुई खेल हुने

बारा, कार्तिक ४ गते । कोसेली युथ क्लब सिमराको आयोजनामा बाराको सिमरामा भईरहेको दोस्रो कोसेली कपमा आज पनि दुई खेल हुने छ । कोसेली कप २०७९ मा आज आयोजना क्लबको बि टिम कोसेली क्लब “बि” र रामबन टांडी एफ.सि विच प्रतिस्पर्धा हुने छ भने आजको दस्रो खेल न्यु सुन्दरबस्ती र त्रिशूल युवन क्लब भिड्नेछन् । … Read more

निर्वाचनका बेला नेपाल–भारत सीमा ७२ घण्टा सिल गरिने

कञ्चनपुर, कात्तिक ४– आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनमा सुरक्षा व्यवस्था मजबुत बनाउन निर्वाचनको समयमा ७२ घण्टा सीमा सिल गर्ने सहमति भएको छ । भारतको उत्तराखण्ड प्रदेशको उद्धमसिंहनगर जिल्लाको रुद्रपुरमा सम्पन्न नेपाल–भारत संयुक्त बैठकले यस्तो निर्णय गरेको कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी गोपालप्रसाद अर्यालले जानकारी दिए । कैलाली–कञ्चनपुरका प्रशासन तथा सुरक्षा निकायका … Read more