अण्डाको माग बढेसँगै समर्थन मूल्य वृद्धि, किसानले अझै लागत नपाएको गुनासो

साउन २६ । बजारमा अण्डाको माग बढेपछि नेपाल लेयर्स कुखुरापालक सङ्घले अण्डाको समर्थन मूल्य वृद्धि गरेको छ। सङ्घले आजदेखि लागू हुने गरी विभिन्न आकारका अण्डाको नयाँ समर्थन मूल्य निर्धारण गरेको हो। नयाँ मूल्यअनुसार एक्सएल अण्डाको मूल्य प्रतिक्रेट (३० वटा) रु ५६०, ठूलो अण्डा रु ५४५ र मिडियम अण्डा रु ५०० कायम गरिएको छ। यस्तै, सानो … Read more

पर्सामा ९ बोरा गाँजा बरामद, एक जना पक्राउ

पर्सा । पटेर्वा सुगौली गाउँपालिका–३ सोनवर्षास्थित एक घरबाट प्रहरीले ८ देखि ९ बोरा प्रतिबन्धित गाँजा बरामद गरेको छ। सोमबार साँझ विशेष सूचनाका आधारमा छापा मारेर प्रहरीले घरधनीलाई नियन्त्रणमा लिएको हो। प्रहरीका अनुसार मकवानपुरबाट भारतीय नम्बर प्लेटको बोलेरोमार्फत गाँजा ल्याएर सोनवर्षामा भण्डारण गर्ने गरिएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ। भण्डारण गरिएको गाँजा मेसिनबाट प्रेस गरी प्याकिङ गरेर … Read more

बारामा करेन्ट लागेर १८ वर्षीय युवकको मृत्यु

बारा । बाराको फेटा गाउँपालिकामा करेन्ट लागेर सोमबार एक युवकको मृत्यु भएको छ। फेटा गाउँपालिका–७ कुकुरभुक्कास्थित स्थानीय रुप नारायण साह कानुको घरमा धार्मिक कार्यक्रमका लागि साउन्ड सिस्टम जडान गर्ने क्रममा स्थानीय १८ वर्षीय गणेश साह तेलीलाई करेन्ट लागेको हो। प्रहरीका अनुसार पूजामा भजन–कीर्तनको तयारी भइरहेको थियो। सोही क्रममा स्थानीय महिलाहरूले सामूहिक रूपमा रकम सङ्कलन गरी … Read more

जितपुरमा १ किलो ७४४ ग्राम गाँजासहित एक जना पक्राउ

बाराको जितपुरसिमरा उपमहानगरपालिका–७ शान्ति टोलबाट प्रहरीले लागूऔषध गाँजासहित एक जनालाई पक्राउ गरेको छ। प्रहरीका अनुसार विशेष सूचनाका आधारमा इलाका प्रहरी कार्यालय जितपुरबाट प्रहरी वरिष्ठ नायब निरीक्षक उमेश निरौलाको कमाण्डमा खटिएको टोलीले आइतबार दिउँसो करिब ३ बजे स्थानीय ४२ वर्षीय वीरेन्द्र बैठालाई नियन्त्रणमा लिएको हो। बैठाको आफ्नै घरको आगनबाट ७० पोका गरी ३ सय ८६ ग्राम … Read more

२५० रुपैयाँको सामान किन्दा ग्राहकले जिते १० लाखको बम्पर उपहार

काठमाडौं, साउन २२- आन्तरिक राजस्व विभागले सञ्चालन गरेको करदाता प्रोत्साहन उपहार कार्यक्रमअन्तर्गत पहिलो बम्पर उपहार विजेता घोषणा गरेको छ। विभागका अनुसार शिव कृष्ण जनरल स्टोरबाट २५० रुपैयाँ बराबरको सामान खरिद गरेका एक उपभोक्ताले १० लाख रुपैयाँको बम्पर नगद उपहार जितेका छन्। उक्त उपहार साउन १ देखि १५ गतेसम्मको खरिदका आधारमा गरिएको पहिलो ड्रमार्फत घोषणा गरिएको … Read more

घुस आरोप लागेका कर्मचारीलाई जीतपुरसिमरा उपमहानगरबाट हटाइयो

बारा। सेवाग्राहीसँग घुस लिएको आरोप सार्वजनिक भएपछि जीतपुरसिमरा उपमहानगरपालिकाले व्यवसाय फाँटमा कार्यरत करारका कर्मचारी अनिल विश्वकर्मालाई सेवाबाट हटाएको छ। उपमहानगरपालिकाका अनुसार पान (PAN) नम्बर बन्द गर्ने क्रममा सेवाग्राहीसँग सरकारी शुल्कभन्दा बढी रकम लिएको विषय सार्वजनिक भई समाचार प्रकाशन भएपछि घटनाको प्रारम्भिक जानकारी संकलन गरिएको थियो। त्यसक्रममा करार सेवामा कार्यरत कर्मचारी विश्वकर्मालाई तत्कालदेखि लागू हुने गरी … Read more

जीतपुरसिमरामा पान बन्द गर्ने क्रममा घुस लिएको आरोप

बारा। जीतपुरसिमरा उपमहानगरपालिकामा पान (PAN) नम्बर बन्द गर्ने क्रममा व्यवसाय फाँटका एक कर्मचारीले सेवाग्राहीसँग घुस लिएको आरोप लागेको छ। सेवाग्राहीले सरकारी शुल्कभन्दा बढी रकम कर्मचारीलाई बुझाउनुपरेको दाबी गरेका छन् भने सम्बन्धित कर्मचारीले आवश्यकभन्दा बढी रकम लिइएको स्वीकार गर्दै गल्ती भएको र अतिरिक्त रकम फिर्ता गरिने बताएका छन्। जीतपुरसिमरा उपमहानगरपालिका–७ स्थित न्यु सायमा स्टिल फर्निचरका सञ्चालक … Read more

बारामा करेन्ट लागेर एक जनाको मृत्यु

बाराको आदर्श कोतवाल गाउँपालिका ७ कोतवालीमा शुक्रबार बिहान करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा ६० वर्षीय गणेश महतो कोइरी रहेका छन् । कोइरीलाई विद्युतको पोलको नांगो तारमा हुक लगाउने क्रममा करेन्ट लागेको हो । उनी करेन्ट लागेर गम्भीर घाइते भएका थिए । कोइरीलाई तत्काल उपचारका लागि कलैयास्थित प्रादेशिक अस्पताल ल्याइएको र … Read more

ढल्केबर ट्रमा सेन्टरबारे विवाद बढेपछि स्वास्थ्य मन्त्रीको स्पष्टीकरण, योजना नहटाइएको दाबी

धनुषाको ढल्केबरमा निर्माण गर्ने भनिएको ट्रमा सेन्टरको योजना अन्यत्र सारिने चर्चा चलेपछि स्थानीयस्तरमा विरोध चर्किएको छ। विवाद बढ्दै गएपछि स्वास्थ्य तथा जनसंख्या मन्त्री निशा मेहताले ढल्केबरमा ट्रमा सेन्टर निर्माण गर्ने सरकारी योजना यथावत् रहेको स्पष्ट पारेकी छन्। गत मङ्गलबार प्रतिनिधिसभा बैठकमा मन्त्री मेहताले सिरहाको लहानमा ट्रमा सेन्टर निर्माण गरिने विषय उल्लेख गरेपछि ढल्केबरको योजना रद्द … Read more

नेपाल उद्योग वाणिज्य महासङ्घको महिला उद्यमी विकास समितिमा रिता कँडेल मनोनित

बारा । जीतपुरसिमरा नगर उद्योग वाणिज्य सङ्घकी सचिव रिता कँडेल नेपाल उद्योग वाणिज्य महासङ्घ (एफएनसीसीआई) को महिला उद्यमी विकास समितिको सदस्यमा मनोनित हुनुभएको छ। उहाँको मनोनयनसँगै बारा जिल्लाको निजी क्षेत्र तथा व्यवसायिक वृत्तमा खुसी व्यक्त गरिएको छ। लामो समयदेखि महिला उद्यमशीलता, व्यवसाय प्रवर्द्धन तथा निजी क्षेत्रको सशक्तीकरणमा सक्रिय भूमिका निर्वाह गर्दै आउनुभएकी कँडेल हाल जीतपुरसिमरा … Read more