बारामा रोकिएको मतदान सहमतिमा पुनः शुरु

वीरगञ्ज, ४ मंसिर ।  बारामा रोएिको मतदान सहमतिपश्चात पुनः शुरु भएको छ । बाराको क्षेत्र नम्बर २ (ख) पचरौता नगरपालिका वडा नम्बर ३ स्थित श्री नगर बैरिया मतदान केन्द्रमा केही बेर मतदान रोकिएको थियो । प्रदेश सभा सदस्य पदको मतपत्रको सट्टा २४ वटा प्रतिनिधि सभा सदस्यको मत पत्र बाँडेका कारण मतदान रोकिएको थियो । यद्यपी … Read more

बर्दिया: स्कूलको छतमा राखिएको बम विस्फोट, मतदाताको भागदौड

रूपन्देही, मंसिर ४- बर्दियाको क्षेत्र नम्बर १ स्थित गुलेरिया २ को नेरा सम्भुशरणा प्रावि खैरापुर मतदान केन्द्रमा विस्फोट भएपछि मतदान रोकिएको छ । मतदान सुरू भएको केही समयमै सो स्कूलको छतमा राखिएको बम विस्फोट भएको पत्रकार यज्ञप्रसाद सापकोटाको चनाइ छ । मतदान केन्द्र रहेको स्कूल भवनमाथि विस्फोट भएपछि मतदाताको भागाभाग भएको छ । भागदौडमा एकजना … Read more

हेटौँडामा चुनाव बिथोल्न खोज्ने सात जना पक्राउ

मकवानपुर, मंसिर ४- हेटौँडामा आज बिहान  प्रतिनिधि सभा र प्रदेश सभा सदस्य चुनाव बिथोल्न खोज्ने सात जनालाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक टेकबहादुर कार्कीका अनुसार हेटौँडा–१० बसपार्कमा रहेको नेकपा बहुमत समूह मकवानपुरका इञ्चार्ज हेटौँडा–१० बस्ने ४१ वर्षीय रवि खड्कासहित सात जनालाई पक्राउ गरिएको हो । पक्राउ पर्नेहरुमा नेकपा … Read more

सिराहा मतपेटिका खोसाखोस गरेपछि ३ राउन्ड गोली चल्यो

सिराहा ४ मंसिर । सिराहाको कर्जन्हा नगरपालिकाका ६ को जनता मावि बडहरामाल बुथमा गोली चलेको छ। जनता समाजवादी पार्टी (जसपा) र नेकपा (एकीकृत समाजवादी) पार्टीका कार्यकर्ताबीच मतपेटिका खोसाखोस हुनथालेपछि प्रहरीले ३ राउन्ड गोली चलाएको हो । स्थितिलाई नियन्त्रणमा लिन गोली चलाउनुपरेको जिल्ला प्रहरी कार्यालय सिराहाका डीएसपी सुवास बुढाथोकीले बताए । मतपेटिका तानातानले केहीबेर तनाव भएको … Read more

चिसोका कारण हुम्लाका ४ मतदान केन्द्रमा मतदान सुरू हुन सकेन

हुम्ला, मंसिर ४- अत्यधिक चिसोका कारण हुम्लाका चार मतदान केन्द्रमा अझै मतदान प्रक्रिया सुरु हुन सकेको छैन । नाम्खा गाउँपालिका-६ का तीन मतदान केन्द र वडा-५ को मुचुमा चिसोका कारण मतदान सुरू हुन नसकेको जिल्ला प्रहरी कार्यालय हुम्लाले जनाएको हो । अत्याधिक चिसोका कारण लिमीको हल्जी गाउँको सुनखानी आधारभूत विद्यालय मतदान केन्द, जाङ गाउँको भृकुटी … Read more

तेह्रथुममा भोट हाल्न लाइन बसेका वृद्धको मृत्यु

तेह्रथुम, मंसिर ४- मतदानका लागि लाइन बसेका एक वृद्धको मृत्यु भएको छ । तेह्रथुमको लालीगुराँस नगरपालिका–८ स्थित रत्‍न मावि मतदान केन्द्रमा लाइन बसेका ८८ वर्षीय योङहाङ दीप लिम्बुको मृत्यु भएको हो । मुख्य निर्वाचन अधिकृत प्रमेश पोखरेलका अनुसार लिम्बुको शव आफन्तलाई बुझाइएको छ ।

चितवनमा मतपेटिका जलाउने प्रयास, प्रहरीद्धारा हवाई फायर

चितवन, मंसिर ४– चितवनमा मतपेटिका जलाउने प्रयास भएको छ । विप्लव नेतृत्वको नेकपाका कार्यकर्ताहरुले राप्ती नगरपालिका–८, खिर्कीस्थित ब्रहम्सथानी विद्यालय मतदान स्थलमा मतपेटिका जलाउन प्रयास गरेका थिए । सो क्रममा प्रहरीले हवाई फायर गरेको हो ।

महोत्तरीमा स्वतन्त्र उम्मेदवारको गाडीबाट डेढ लाख बरामद

महोत्तरी, मंसिर ३- महोत्तरीको बर्दिवास–११ स्थित खयरमाराको पाँचे टोलबाट प्रहरीले एक उम्मेदवारको गाडीबाट डेढ लाख रुपैयाँ बरामद गरेको छ। जिल्ला प्रहरी कार्यालय (महोत्तरी) का प्रहरी प्रमुख एसपी कृष्ण पंगेनीका अनुसार स्वतन्त्र उम्मेदवार विष्णुबहादुर योञ्जनको गाडीबाट शुक्रबार साँझ १ लाख ५२ हजार रुपैयाँ प्रहरीले बरामद गरेको हो। बा १४ च ८८७४ नम्बरको स्कर्पियोमा रहेका मानिसबाट उक्त … Read more

चितवन राष्ट्रिय निकुञ्जमा चार महिनाभित्रै ४९ वन्यजन्तुको मृत्यु

चितवन, कात्तिक ३०– चितवन राष्ट्रिय निकुञ्जमा यस आर्थिक वर्ष २०७९/८० को चार महिनामा ४९ वटा वन्यजन्तुको मृत्यु भएको छ । मृत्यु हुने जनावरहरुमध्ये सबैभन्दा धेरै २८ वटा चित्तल रहेको चितवन राष्ट्रिय निकुञ्जले जनाएको छ । जसमध्ये १७ वटा कुकुरको आक्रमणबाट र सडक दुर्घटनामा र दलदलमा परेर एक/एक वटा चित्तल मरेको निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीले … Read more

मियाले प्रचार गरेनन्, काम धेरै गरेः मतदाता

बारा कार्तिक २९ गते । बारा क्षेत्र नं. ४ निवर्तमान सांसद एवम् हालका प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार एकबाल मियाले व्यक्तिगत प्रचारलाई भन्दाकामलाई प्राथमिकता दिएको मतदाताले नै बताउन थालेका छन् । २०७४ सालको निर्वाचनमा निर्वाचित भएपछि जनतालाई मुख नदेखाएको भन्दै अन्य प्रतिस्पर्धी उम्मेदवारले चुनावी एजेण्डा बनाएकोसुनेपछि मतदाताले आफैले सो कुरा खण्डन गर्न थालेका हुन् । मियाले … Read more