जीतपुरसिमरामा परिवार नियोजनका साधनहरुको उपलब्धता सुनिश्चित कार्यक्रम सम्पन्न

एस.एस. पटेल, बारा । बाराको जीतपुरमा पाँच आधुनिक परिवार नियोजनका साधनहरुको उपलब्धता सुनिश्चित कार्यक्रम सम्पन्न भएको छ । जीतपुरसिमरा उपमहानगरपालिका जनस्वास्थ्य प्रवद्धन शाखाको आयोजनामा यो कार्यक्रमको सम्पन्न भएको हो । कार्यक्रमलाई सम्बोधन गर्दै जीतपुरसिमरा उपमहानगरपालिका प्रमुख प्रसाशकिय अधिकृत चेतकुमार पोखरेलले परिवारको योजना बनाउनका लागि यो कार्यक्रमले सहयोग गर्ने बताउनुभयो । यसैगरी कार्यक्रमको बारेमा जानकारी गराउदै … Read more

चितवनमा युवतीलाई बाघले खाइरहेको देखेपछि सेनाले चलायो गोली

जानकारी नेपाल, डेस्क । चितवनको मेघौलीमा निउरो टिप्न जंगल गएकी एक युवतीको बाघको आक्रमणबाट मृत्यु भएको छ । भरतपुर महानगरपालिका वडानम्बर २७ बस्ने वर्ष २३ की पूर्व म्यादी प्रहरीसमेत रहेकी रेखा बस्नेतलाई बिहीबार बिहान बाघले वेपत्ता बनाएको थियो । बस्नेत व्यपत्ता बनाएको स्थानबाट ३ सय मिटर पश्चिममा बाघले खाइरहेको अवस्थामा नेपाली सेनाले फेला परेको छ … Read more

जीतपुरमा बिहान देखी चक्का जाम, प्रहरी प्रशासन मुख दर्शक, यात्रु मारमा

एस.एस. पटेल, बारा । देशकै सबैभन्दा ब्यस्त राजमार्ग त्रिभुवन राजमार्ग आज बिहान देखि अवरुद्ध छ । जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर ६ मा राकेशभक्त पौडेलको मृत्यु प्रकरणमा प्रहरीको अनुसन्धान फितलो भयो भन्दै स्थानियहरूले आज बुधबार बिहान करिब ११ बजे देखि चक्काजाम गरेका छन् । चक्काजाम भएको ७ घण्टा बितिसक्दा पनि प्रहरी प्रशासन मुख दर्शक बनेको छ … Read more

बारामा ट्रकको ठक्करबाट एक दम्पतीको मृत्यु

जानकारी नेपाल, डेस्क । बाराको अमलेखगंजमा ट्रकको ठक्करबाट सोमवार बिहान मोटरसाईकलमा सवार एक दम्पतीको मृत्यु भएको छ । चितवनबाट बारातर्फ आउदै गरेको मोटरसाईकललाई सोही दिशाबाट आईरहेको ट्रकले ठक्कर दिएको हो । अमलेखगंजको दुई नम्बर पुल नजिक भएको दुर्घटनामा परी बारागढी गाँउपालिका १ का २६ वर्षिय देवेन्द्र चौधरी र उनकी पत्नी नन्द चौधरीको मृत्यु भएको ईलाका … Read more

बारामा १६ वर्षीय किशोरीको सामुहिक बलात्कार, जबरजस्ति गर्भपतन, डाक्टर र आरोपित फरार

जानकारी नेपाल, डेस्क । मधेस प्रदेशको बारामा एकजना किशोरीलाई बलात्कार गरी गर्भवती बनाएर गर्भ तुहाउन लगाईएको घटना बाहिरिएको छ । जिल्लाको प्रसौनी गाउँपालिका वडा नम्बर १ की १६ वर्षीय नाम परिवर्तित (निर्मला) को अभिभावकले उनिसँग भएको ज्यादतीको बारे प्रहरीमा जानकारी गराएपछि घटना बाहिर आएको हो । किशोरीलाई केहि महिना अगाडि प्रासौनी वडा नम्बर २ का … Read more

अश्लिल भिडियो बनाएर ५० लाख बार्गेनिङ, पक्राउ परे तिमिल्सेना

पोखरा, जेठ २८- गत बैशाख २६ गते । एक महिलाको अश्लिल भिडियो खिचे । त्यसपछि उनले चरित्र हत्या गर्ने धम्की दिए । सामाजिक सन्जालमा हालिदिने उनको धम्की थियो । भिडियो डिलिट गर्न ति महिलाले पटक पटक आग्रह गरिन् । मानेनन् । उनले भिडियो हटाउने भए ५० लाख दिन भने । पीडित महिलाले ३ लाख रुपैयाँ … Read more

भक्तपुर केन्द्रबिन्दु भएर बिहानै भूकम्पको धक्का

काठमाडौं, जेठ २८- काठमाडौंमा आज बिहानै भूकम्पको धक्का महशुस गरिको छ । राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार भक्तपुरको चाँगुनारायण आसपास केन्द्रबिन्दु बनाएर भूकम्प गएको हो। केन्द्रले ४‍‍.७ म्याग्निच्युडको भूकम्प गएको जनाकारी दिएको छ । भूकम्पको धक्का काठमाडौं उपत्यकाका लगायत धादिङ, नुवाकोट, सिन्धुली, काभ्रे, सिन्धुपाल्चोक, दोलखा, लगायतका जिल्लामा महशुस गरिको बताइएको छ।

पहिरोका कारण अवरुद्ध नारायणगढ – मुग्लिन सडक खुल्यो

तनहुँ । वर्षासँगै पहिरो खसेर अवरुद्ध भएको नारायणगढ –मुग्लिन सडकखण्ड पुनःसञ्चालन भएको छ । गए राति ९ः५ बजे चितवनको इच्छाकामना–६ तोपे खोलामा माथिबाट पहिरो खसी बाटो दुइतर्फी अवरुद्ध बनेको थियो । पहिरो हटाएर राति १ः३० बजेबाटनै सडक पुनःसञ्चालन गरिएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता प्रहरी नायब उपरीक्षक नरहरि अधिकारीले जानकारी दिए।

आफ्नै छोरीलाई बलात्कार गरेको आरोपमा जीतपुरसिमराका वडा सदस्य पक्राउ

जानकारी नेपाल, डेस्क । आफ्नै छोरी बलात्कार गरेको आरोपमा जीतपुरसिमरा उपमहानगरपालिकाका एक नवनिर्वाचित वडा सदस्य पक्राउ परेका छन् । जितपुरसिमरा उपमहानगरपालिका वडा नं.१७ का निर्वाचित वडा सदस्य टल्के थिङ्गलाइ प्रहरीले पक्राउ  गरेको हो । १४ बर्षको उमेर हुँदैबाट आफ्नै बाबुले पटकपटक बलात्कार गरेको भन्दै पिडितले दिएको जाहेरीका आधारमा थिङ्गलाइ हिजो बुधबार पक्राउ गरिएको प्रहरीले जनाएको … Read more

जीतपुरसिमरा नगर उद्योग वाणिज्य सँघको तेस्रो साधारणसभा तथा दोस्रो अधिवेशन

बारा, २५ जेठ बाराको जीतपुरसिमरा नगर उद्योग वाणिज्य सँघको तेस्रो साधारण सभा तथा दोस्रो अधिवेशनको बुधबार उद्घाटन गरिएको छ । जीतपुरसिमरा उपमहानगरपालिकाका नगरप्रमुख राजन पौडेलले पानसमा दीप प्रज्वलन गरी कार्यक्रमको उद्घाटन गर्नुभएको हो । करदातालाई राज्यको पाचौेँ अंगको रुपमा राख्नुपर्नेः डा पराजुली कार्यक्रममा संविधान सभा सदस्य शोभाकर पराजुलीले करदातालाई राज्यको पाचौेँ अंगको रुपमा राख्नुपर्ने धारणा … Read more