देवघाटमा देखियो घडियाल गोही

चितवन, फागुन २०- गैँडाकोटको देवघाट क्षेत्रमा घडियाल गोही देखा परेको छ । केही वर्षअघिसम्म देवघाट क्षेत्रमा गोहीको चर्चा हुने गरेको भए पनि पछिल्ला वर्षमा दुर्लभ रूपमा देखिने गरेको थियो । मलामी जाने क्रममा स्थानीय उपेन्द्र पण्डितले देवघाटको गैँडाकोटतर्फको बगरमा घाम तापिरहेको घडियाल गोही देखेपछि पत्रकार रमेशकुमार पौडेललाई जानकारी दिनुभयो । मलामी गएका धेरैले गोही देखेका … Read more

राष्ट्रिय परिचयपत्र वा राहदानी पनि मतदानमा मान्य हुने

काठमाडौँ, फागुन १९ – प्रतिनिधिसभा सदस्य निर्वाचनमा मतदान गर्न मतदाताले आफ्नो मतदाता परिचयपत्र वा नेपाली नागरिकताको प्रमाणपत्र साथै लिएर मतदान केन्द्रमा जानुपर्ने निर्वाचन आयोगले जनाएको छ । यही फागुन २१ गते हुने निर्वाचनमा राष्ट्रिय परिचयपत्र वा राहदानी वा जग्गाधनी प्रमाणपुर्जा वा सवारी चालक अनुमतिपत्र पनि मतदानका निम्ति मान्य हुने आयोगले बताएको छ । आयोगले सार्वजनिक … Read more

सिरहामा बस–मोटरसाइकल ठोक्किँदा दुईको ज्यान गयो, एक घाइते

सिरहा, फागुन १८ – सिरहाको गोलबजार नगरपालिका–३ जमनटोकी नजिक आइतबार राति बस र मोटरसाइकल आपसमा ठोक्किँदा दुई जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन्। पूर्वतर्फ गइरहेको स ५ प ४७५९ नम्बरको मोटरसाइकल र धरानबाट भैरहवातर्फ जाँदै गरेको लु २ ख १०८५ नम्बरको बस एकआपसमा ठोक्किँदा दुर्घटना भएको प्रहरीले जनाएको छ। दुर्घटनामा धनगढीमाई … Read more

रौतहटमा शंकास्पद वस्तु फेला, सेनाको टोली परिचालन

रौतहट, फागुन १८- रौतहटको राजपुर नगरपालिका ३ को सडकछेउ शंकास्पद वस्तु फेला परेपछि स्थानीय क्षेत्रमा त्रास फैलिएको छ।।वडा नं ३ मा रहेको ग्रामीण सडक किनारमा बेवारिसे अवस्थामा रहेको शंकास्पद वस्तु देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । सूचना प्राप्त हुनासाथ सुरक्षाकर्मीको टोली घटनास्थलमा पुगेको थियो । सुरक्षा संवेदनशीलतालाई मध्यनजर गर्दै गौर पुरेनवास्थित नारायण दल गणबाट … Read more

फागुन २१ को निर्वाचनका लागि सुरक्षा तयारी पूरा : गृहमन्त्री अर्याल

काठमाडौं, फागुन १७ – गृहमन्त्री ओमप्रकाश अर्यालले प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गर्दै आवश्यक सम्पूर्ण सुरक्षा तयारी सम्पन्न भइसकेको जानकारी दिनुभएको छ। फागुन २१ गते निर्धारित निर्वाचनको सुरक्षा अवस्थाबारे बुझ्न विभिन्न जिल्लामा पुगिरहनुभएका मन्त्री अर्यालले सरकार नागरिकलाई भयरहित वातावरणमा मतदान गर्ने अधिकार सुनिश्चित गर्न प्रतिबद्ध रहेको बताउनुभयो। काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा उहाँले स्वच्छ, शान्तिपूर्ण र सुरक्षित … Read more

काठमाडौं–३ मा कुलमान घिसिङलाई प्रगतिशील लोकतान्त्रिक पार्टीको समर्थन

काठमाडौं, फागुन १७ – प्रगतिशील लोकतान्त्रिक पार्टीको गोकर्णेश्वर नगर कमिटीले प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि काठमाडौं निर्वाचन क्षेत्र नम्बर ३ मा उम्मेदवारी दिएका कुलमान घिसिङ लाई समर्थन गर्ने घोषणा गरेको छ। नगर कमिटीद्वारा २०८२ फागुन २७ गते जारी विज्ञप्तिमा देशलाई आर्थिक उन्नति, पारदर्शी शासन प्रणाली र समुन्नत भविष्यतर्फ लैजान सक्षम तथा प्रतिबद्ध नेतृत्व आवश्यक रहेको … Read more

सिमरामा केटिएम कन्सल्टिङ ग्रुपको पहिलो वार्षिकोत्सव सम्पन्न

बाराको सिमरामा रहेको केटिएम कन्सल्टिङ ग्रुपले आफ्नो स्थापना भएको एक वर्ष पूरा गरेको अवसरमा विशेष कार्यक्रम आयोजना गरेको छ। सिमरास्थित श्रेष्ठ रेसिडेन्सी होटलमा आयोजित कार्यक्रममा विभिन्न क्षेत्रका प्रतिनिधिहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। कार्यक्रमको उद्घाटन एन प्याब्सनका केन्द्रीय सदस्य रामप्रसाद अधिकारीले गर्नुभएको थियो। कार्यक्रममा प्याब्सन बारा अध्यक्ष राजु कार्की, सिमरा कलेजका सहप्राध्यापक शालिकराम अधिकारी, होटल तथा … Read more

पक्राउ परे दुर्गा प्रसाईं

१७ फागुन, काठमाडौं । राष्ट्र, राष्ट्रियता, धर्म संस्कृति तथा नागरिक बचाउ महाअभियानका संयोजक दुर्गा प्रसाईंलाई प्रहरीले आज बिहान पक्राउ गरेको छ । जिल्ला प्रहरी परिसर भक्तपुरको टोलीले बिहान निवासबाटै प्रसाईंलाई पक्राउ गरेको हो ।प्रसाईंको पारिवारिक स्रोतका अनुसार आज बिहान ६ बजे नै भक्तपुरको प्रहरी टोली निवास वरिपरि तैनाथ थियो । उनलाई पौने आठ बजेतिर पक्राउ … Read more

निर्वाचन ४ दिन बाँकी, निर्वाचनका दिन यसरी मिलाइएको छ पासको व्यवस्था

काठमाडौँ, फागुन १७- निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्य निर्वाचनका दिन विभिन्न सवारीसाधनलाई भने कुनै प्रकारको पास आवश्यक नपर्ने स्पष्ट पारेको छ । यही फागुन २१ गते प्रतिनिधिसभा सदस्य निर्वाचन हुँदैछ । आयोगले सवारीसाधन सञ्चालनसम्बन्धी व्यवस्थापनलाई प्रभावकारी, व्यवस्थित र अत्यावश्यक सेवामैत्री बनाउन सवारीसाधनको अनुमतिसम्बन्धी कार्यविधि, २०८२ अनुरुप पास आवश्यक नपर्ने उल्लेख गरेको छ । आयोगबाट नेपाल सरकारलाई … Read more

निर्वाचन तयारी अन्तिम चरणमा पुगिसेको छः आयोगका सचिव राउत

काठमाडौँ, फागुन १५ – निर्वाचन आयोगका सचिव कृष्णबहादुर राउतले विषम परिस्थितिमा घोषणा भएको निर्वाचन अन्तिम चरणमा पुगेको बताउनुभएको छ । राष्ट्रिय समाचार समिति (रासस)को पाक्षिक श्रृङ्खला ‘रासस पडकास्ट’मा उहाँले यस पटकको निर्वाचन हरेक नेपाली नागरिकले आफ्नो प्रतिनिधि चयन गर्ने महत्वपूर्ण अवसरका रुपमा रहेको बताउनुभयो । सचिव राउतले भन्नुभयो, “मुलुकमा शान्ति, समृद्धि र सुशासन सुनिश्चित गर्न … Read more