उपराष्ट्रपति यादवले गरे गढीमाईको दर्शन

बारा, १७ मंसिर । उपराष्ट्रपति रामसहाय यादवले विश्व प्रसिद्ध गढीमाई मेलाको अवसर पारेर गढीमाईको दर्शन गरेका छन् । उपराष्ट्रपति यादवले सोमबार बिहान साढे १० बजे  विश्व प्रसिद्ध गढीमाई मेलाको अवसर पारेर गढीमाई मन्दिरको दर्शन गरेका हुन् । त्यस अवसरमा मन्दिरमा पूजारीबाट उपराष्ट्रपति यादवले टिकाप्रसाद समेत ग्रहण गरेका छन् । गढीमाई मेलाको अवसर पारेर बाराको बरियारपुर … Read more

अनिल साहलाई सुम्पियो जनकपुर बोल्ट्सको कप्तानी

बारा, मंसिर १४ गते । नेपाल प्रिमियर लिग (एनपिएल)को फ्रेन्चाइज टिम जनकपुर बोल्ट्सले राष्ट्रिय खेलाडी अनिल साहलाई कप्तान बनाएको छ। मंसिर १५ गते देखि सुरु हुने लिगमा ८ टोली रहेका छन्। तीमध्ये ७ टोलीमा मार्की खेलाडीलाई नै कप्तान बनाउँदा जनकपुरले भने अनिल साहलाई कप्तानीको जिम्मा दिएको हो। जनकपुरको मार्की प्लेयरमा आशिफ शेख रहेका छन्। यता … Read more

बालुवा गिट्टि तस्करीमा मेरो नाम नियोजित ढङ्गले बदनाम गर्ने उदेश्यले राखियोः वडा अध्यक्ष कुशवाहा

बारा, कार्तिक २० गते । बाराको जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर ८ का वडा अध्यक्ष शिवशंकर कुशवाहाले आफ्नो वडामा कुनै दुधौरा नदि नरहेको र बालुवा गिट्टि तस्कारीको समाचारमा आफ्नो नाम नियोजित ढङ्गले राखिएको आरोप लगाएका छन् । हिजो सोमबार विभिन्न मिडियाबाट वडा नम्बर ८ स्थित रहेको दुधौरा खोलाबाट स्थानिय जनप्रतिनिधिको मिलोमतोमा बालुवा गिट्टि तस्करी भरहेको समाचार … Read more

गुठि संस्थानको कर अब जीतपुरसिमराको आफ्नै वडा कार्यालयहरूमा बुझाउन सकिने

बारा, कार्तिक १ गते । निजी जग्गाको हकमा गुठि संस्थानमा बुझाउदै आईएको कर अब जीतपुरसिमरा भित्र बुझाउन सकिने भएको छ । हाल सम्म गुठि संस्थानले बुझ्दै आएको कर अब उपमहानगरको वडामा बुझाउन सकिने छ । जीतपुरसिमरा उपमहानगरपालिकाको दशौँ नगर सभाको निर्णय नम्बर १३ अनुसार तथा जीतपुरसिमरा उपमहानगरपालिकाको आर्थिक एन २०८१ को दफा ३ को व्यवस्था … Read more

हात्तिको आक्रमणबाट बारामा एक जनाको मृत्यु

बारा, असोज २८ गते । हात्तिको आक्रमणमा परि बारामा एक जनाको मृत्यु भएको छ । जिल्लाको कोल्हबी नगरपालिका वडा नम्बर २ मा जंगली हाँत्तिको आक्रमणबाट एक जनाको मृत्यु भएको हो । सोमबार बिहान ७ बजेको समयमा हात्तिको आक्रमणबाट कोल्हबी-२ पुरानो काँटाको उत्तर तर्फ भित्री जंगलका ६३ विर्षिय हस्त बहादुर ठोक्करको मृत्यु भएको हो । घरबाट … Read more

सिमरामा रक्तदानकार्यक्रम सम्पन्न, ८ महिला सहित ११२ जनाद्वारा रक्तदान

असोज २२ गते । बाराको जीतपुरसिमरा उपमहानगरपालिका २ सिमरा बजारमा मंगलबार खुल्ला रक्तदान कार्यक्रम सम्पन्न भएको छ । नेपाल रेडक्रस सोसाईटी सिमरा उपशाखाको आयोजना तथा सूर्य नेपाल प्रा.लि. सिमराको सौजन्यमा सम्पन्न उक्त रक्तदान कार्यक्रममा ८ महिला सहित १ सय १२ जनाले रक्तदान गरेको कार्यक्रमका सहजकर्ता एवं सूर्य नेपालप्रा.लि.का कर्मचारी बेनी प्रसाद तिमल्सिनाले जानकारी दिए । … Read more

पचरौता नगरपालिकाद्धारा ८५ घरपरिवारलाई ग्याँस सिलिण्डर र चुल्हो वितरण

असोज २० गते । बाराको पचरौता नगरपालिकाले आइतबार ८५ घरपरिवारलाई खाना पकाउने ग्याँस सिलिण्डर र चुल्हो वितरण गरेको छ । बेनौलीस्थित नगरपालिकाको कार्यालयमा आयोजित कार्यक्रमकाबीच नगर प्रमुख जलन्धर सिंहले वडा नम्बर ५ का ८५ घरपरिवारलाई सिलिण्डर र चुल्हो वितरण गरेका हुन् । नगर प्रमुख सिंहले निर्वाचनको समयमा नगर क्षेत्र भित्रका एक हजार दुई सय ६५ … Read more

हातेमालो साकोस सिमराको १७औं वार्षिक साधारणसभा सम्पन्न, २ करोड ४९ लाख नाफा

बारा, असोज १९ गते । हातेमालो बचत तथा ऋण सहकारी संस्था लिमिटेड सिमराको १७औं वार्षिक साधारणसभा सम्पन्न भएको छ । बाराको जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर २ स्थित रहेको थानिमाई सामुदायिक वन (सिमरा पार्क) मा संस्थाले आफ्नो १७औं वार्षिक साधारणसभा सम्पन्न गरेको हो । हातेमालो बचत तथा ऋण सहकारी संस्था लिमिटेड सिमराका अध्यक्ष यज्ञ बहादुर आलेको … Read more

सिमलताल बस दुर्घटनाका मृतकका परिवारलाई मधेस सरकारले दियो जनही एक लाख

असोज १९ गते । वीरगन्ज । सिमलताल बस दुर्घटनामा परी मृत्यु भएका मृतकका परिवारलाई मधेश प्रदेश सरकारले एक-एक लाखको चेक हस्तान्तरण गरेको छ । सिमलताल बस दुर्घटनाका मृतकका परिवारलाई जनही एक-एक लाखको चेक हस्तान्तरण गरिएको मुख्यमन्त्रीको कार्यालयले जनाएको छ । करिब तीन महिना पछाडि सिमलताल बस दुर्घटनामा ज्यान गुमाएका परिवारलाई शुक्रबार चेक हस्तान्तरण गरिएको मुख्यमन्त्री … Read more

बारामा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु

बारा, असोज ८ गते । बारामा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । जिल्लाको निजगढ रतनपुर सडकखण्डमा मोटरसाइकल दुर्घटना हुदा एक जनाको मृत्यु भएको हो । मोटरसाइक अनियन्त्रित भइ रुखमा मोटरसाइकल ठोक्किएर दुर्घटना भएको प्रहरीले जनाएको छ । दुर्घटनामा निजगढ नगरपालिका वडा नम्बर १३ का २६ वर्षिय मोटरसाईकल चालक सुरेन्द्र घलानको मृत्यु भएको … Read more