नारायणगढको चारतले भवनमा आगलागी, राति लागेको आगो बिहान मात्र नियन्त्रणमा

चितवन, वैशाख १५- नारायणगढ कमलनगरस्थित एउटा चारतले भवनमा आगलागी हुँदा करोडौँको क्षति भएको छ । स्थानीय तुल्सीराम सापकोटाको चारतले घरको पहिलो तलामा विभिन्न विभिन्‍न व्यक्तिले संचालन गरेको इलेक्ट्रोनिक पसल, जुत्ता चप्पल र कपडाको गोदाम लगायतका सटरमा आगलागी भएको हो । राति २ बजेदेखि लागेको आगो चार वटा दमकल, नेपाल प्रहरी, नेपाली सेना, शसस्त्र प्रहरी र … Read more

गृहमन्त्रीलाई भरतपुरका काँग्रेस बागी उम्मेदवारको जवाफः फिर्ता नहुने ठाउँमा पुगिसकें

चितवन,बैशाख १५- भरतपुर महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवारी दिएका कांग्रेस नेता जगन्नाथ पौडेलले आफू धेरै अगाडि बढिसकेको भन्दै उम्मेदवारी फिर्ता लिन नसकिने बताएका छन् । उम्मेदवारी फिर्ता लिन आग्रह गर्दै निवासमै पुगेका गृहमन्त्री बालकृष्ण खाण र राज्यमन्त्री उमेश श्रेष्ठसँग पौडेलले चितवनका कांग्रेसका मान मर्यादा र भविष्यसँग जोडिएको कुरा भएकाले आफू एक्लैले उम्मेदवारी फिर्ता लिन नसक्ने बताएका … Read more

काठमाडौंको मेयरमा ५६ र उपमेयरका लागि ३१ जनाको उम्मेदवारी

काठमाडौँ, वैशाख १३– काठमाडौँ महानगरपालिकाको प्रमुखका लागि ५६ र उपप्रमुख पदका लागि ३१ जनाको उम्मेदवारी परेको छ । प्रमुख पदका लागि उम्मेदवारी दिने ५६ मध्ये २१ ले दलका तर्फबाट उम्मेदवारी दिनुभएको हो भने बाँकी ३५ ले स्वतन्त्र उम्मेदवाररूपमा मनोनयन दर्ता गराउनुभएको हो । प्रमुख पदका लागि उम्मेदवारी दिनेमध्ये आठ महिला छन् । उपप्रमुखमा उम्मेदारी दिने … Read more

वीरगञ्ज महानगरपालिकाको मेयरमा १७ जनाले गराए मनोनयन दर्ता

वीरगञ्ज । मधेस प्रदेशको एक मात्र पर्साको वीरगञ्ज महानगरपालिकामा प्रमुख पदमा १७ जनाले उम्मेदवारी दर्ता गराएका छन् । उपप्रमुखमा भने दुई स्वतन्त्रसहित चार जनाले उम्मेदवारी दर्ता गराएका छन् । नेकपा (एमाले)बाट महानगर प्रमुखमा विजयकुमार सरावगी र जनता समाजवादी पार्टी (जसपा)बाट राजेशमान सिंहले तथा उपप्रमुखमा सरावगीको प्यानलबाट लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का पुरुषोत्तमलाल झाले उम्मेदवारी दर्ता गराउनुभएको छ … Read more

बीरगन्ज महानगरको उपमेयरमा आलमको उम्मेदवारी दर्ता

बीरगन्ज,१२ वैशाख । नेपाली कांग्रेसले वीरगन्ज महानगरमा इम्तियाज आलमलाई उपमेयर उम्मेदवार बनाएको छ। सत्तारूढ गठबन्धनको भागबन्डामा कांग्रेसले बीरगन्जको उपमेयर पाएको थियो । बीरगन्जमा गठबन्धनबाट जनता समाजवादीले मेयर पाएको छ। जसपाले मेयरमा राजेशमान सिंहलाई उम्मेदवार बनाएको छ। आलमले उम्मेदवारी दर्ता गरेसँगै बीरगन्ज महानगरपालिकाको उपमेयरमा ३ जनाको उम्मेदवारी परेको छ । यसअघि राष्ट्रिय प्रजातन्त्र पार्टीबाट बिना जयसवाल … Read more

जीतपुरसिमरा २ मा युवाको उम्मेदवारीः अध्यक्षका लागी बोम्जनले गरे मनोनयन दर्ता

जानकारी नेपाल, डेस्क । बाराको जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर २ को वडा अध्यक्ष पदका लागी नेपाली काग्रेसको तर्फबाट युना नेता बिजय बोम्जनले उम्मेदवारी दर्ता गराउनुभएको छ । निर्वाचन कार्यालय पुगेर बोम्जनले वडा अध्यक्ष पदका लागी उम्मेदवारी दर्ता गराउनुभएको हो । युवा पुस्तामाझ निकै नै लोकप्रिय बोम्जनले वडा अध्यक्षका लागी काग्रेसको तर्फबाट उम्मेदवारी दर्ता गराउनुभएको हो … Read more

छतबाट खसेर सिमरामा ४ वर्षिया बालिकाको मृत्यु

एस.एस. पटेल, बारा । बाराको जितपुरसिमरा उपमहानगरपालिका वडा नम्बर २ मा छतबाट खसेर एक नबालिकाको मृत्यु भएको छ । उपमहानगरको सिमरा स्थित रहेको अलपाईन अस्पताल नजिकै चार तल्ला छतमाथीबाट खसेर राजिव रंजन श्रीवास्तवकी छोरी ४ वर्षिया अनु श्रीवास्तवको मृत्यु भएको हो । छतबाट खसेर गम्भीर घाईते भएकी ४ वर्षिया अनु श्रीवास्तवको उपचारको क्रममा हिजो आईतवार … Read more

एमालेका विजय सुवेदीले भरतपुर मेयरका लागि मनोनयन दर्ता

वैशाख १२ ,भरतपुर । नेपाल कम्युनिष्ट पार्टी एमालेका विजय सुवेदीले भरतपुर महानगरपलिकाको मेयर पदका लागि मनोनयन दर्ता गरेका छन् । उनले आज (सोमबार) मुख्य निर्वाचन अधिकृतको कार्यालय भरतपुरमा दर्ता गराएका हुन् । उम्मेद्वारी दर्ता गर्दै उनले आफु नेकपा एमालेबाट उम्मेद्वारी दिए पनि सबैको साझा उम्मेद्वारी भएको बताउछन् । उनले भने, मेरो मनमा भरतपुरको माटो छ … Read more

जनकपुर : नयाँ नेतृत्वका लागि नगरप्रमुख पदमा १७ र उपप्रमुखमा १० जनाको उम्मेदवारी

जनकपुर, वैशाख १२ । उपमहानगरपालिकाको नयाँ नेतृत्वका लागि नगरप्रमुख पदमा १७ र उपप्रमुखमा १० जनाको उम्मेदवारी परेको छ । राजनीतिक दलको तर्फबाट मेयरमा सात जनाको उम्मेदवारी परेको छ भने १० जनाले स्वतन्त्र उम्मेदवारी दिएका छन् । त्यस्तै, उपमेयरमा राजनीतिक दलको तर्फबाट ६ जनाले उम्मेदवारी दिएका छन् भने चार जना स्वतन्त्र उम्मेदवार छन् । सत्तारूढ गठबन्धनका … Read more

बेपत्ता प्रहरी हवल्दार मृत फेला

वैशाख १२ ,पाँचथर। पाँचथरमा बेपत्ता भएको आठौं दिनमा नेपाल प्रहरीका हवल्दार मृत फेला परेका छन् । इलाका प्रहरी कार्यालय यासोकमा कार्यरत खगेन्द्र श्रेष्ठ आइतबार बेलुकी मृत फेला परेको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ । जिल्ला प्रहरी प्रमुख रहेका प्रहरी नायव उपरीक्षक (डीएसपी) राकेश थापाका अनुसार कुम्मायक गाउँपालिका–१ को ओर्दिनमा हवल्दार श्रेष्ठ मृत फेला परेका … Read more