असारबाट नयाँ शैक्षिकसत्र सुरु गर्न विद्यालयहरूलाई काठमाडौं महानगरपालिकाको निर्देशन

काठमाडौं महानगरपालिकाले असारबाट नयाँ शैक्षिकसत्र सञ्चालनका लागि जेठभित्रै विद्यार्थीहरूको परीक्षा मूल्यांकन तयार गर्न महानगरभित्रका विद्यालयलाई निर्देशन दिएको छ । महानगरपालिकाको शिक्षा विभागले आइतबार विज्ञप्ति जारी गर्दै उपयुक्त विधिबाट मूल्यांकन गर्न निर्देशन दिएको हो । ‘अनलाइन वा अफलाइन विधिबाट इमेल वा अन्य उपयुक्त ढाँचामा जेठ २० गतेसम्म परीक्षा सक्न र जेष्ठ मसान्तसम्म नतिजा प्रकाशन गर्ने र … Read more

भरतपुर अस्पतालमा महिला सुरक्षा गार्ड:सुरक्षा सामग्री बिनानै दिनरात सेवामा

अस्पतालमा रातको १० बज्दै थियो । सुत्केरी वार्डमा भर्खरै जन्मिएका शिशुहरु च्या च्या गर्दै रुदै थिए । लामखुट्टेको टोकाइबाट बच्नको लागि सुत्केरी कुरुवाहरु झुलभित्रै थिए । केही व्यक्तिहरु भने श्रीमतीलाई बेथा लाग्न सहज होस् भनेर अस्पताल बाहिर भित्र हिडाइरहेका थिए । यो भरतपुर अस्पतालको सुत्केरी वार्डमा हालै देखिएको दृश्य हो । यी दृश्यहरु आँखामा कैद … Read more

चिनियाँ खोप ‘भेरोसेल’ को दोस्रो डोज आजदेखि सुरु

काठमाडौं उपत्यकामा आज (आइतबार) देखि कोरोना भाइरसविरुद्धको चिनियाँ खोप ‘भेरोसेल’ को दोस्रो डोज लगाइँदै छ । वागमती प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयले जारी गरेको सूचनामा पहिलो डोज खोप लगाएका व्यक्तिले आफू निकट पालिका, वडा र खोप केन्द्रमा गएर दोस्रो डोज खोप लगाउन सक्ने उल्लेख छ । यसको लागि काठमाडौ महानगरपालिकाका ३२ वटा वडासहित अन्य नगरपालिकामा … Read more

नयाँ सरकार गठनसँगै सबै निकाय कोभिडविरुद्ध सक्रिय

केही समययताको राजनीतिक विवाद र खिचातानीपछि प्रधानमन्त्री केपी शर्मा ओलीकै नेतृत्वमा नयाँ सरकार गठन भई सम्पूर्ण मन्त्रालय, निकाय र क्षेत्र कोभिड–१९ विरुद्ध थप सक्रिय हुन थालेका छन् । महामारीबाट दैनिक सयभन्दा बढीको मृत्यु भएको र विभिन्न अस्पतालमा श्यया तथा अक्सिनजन अभावमा बिरामी र तिनका आफन्त छटपटाइरहेका बेला सरकारले योजनाबद्धरुपमा कोभिडविरुद्ध ध्यान केन्द्रित गरेको हो । … Read more

नेपालमा कोरोना कारण ज्यान गुमाउनेको संख्या ५ हजार नाघ्यो

नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या पाँच हजार नाघेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले नियमित पत्रकार सम्मेलनमा मृतक संख्या पाँच हजार एक पुगेको जानकारी दिए । पछिल्लो २४ घण्टामा कोरोना संक्रमणका कारण १४५ जनाको मृत्यु भएपछि संख्या पाँच हजार नाघेको हो ।

खाडी मुलुकबाट नेपालीले पठाए ५६० थान अक्सिजन सिलिन्डर

वैदेशिक रोजगारका लागि खाडी मुलुकमा कार्यरत नेपाली श्रमिकहरुले ५ सय ६० थान अक्सिजन सिलिन्डर नेपाल पठाएका छन्। पछिल्लो समय कोरोना संक्रमितको अवस्था भयावह र अक्सिजन अभाव भएसँगै खाडी मुलुकमा रहेका नेपाली श्रमिकहरुले नेपाल सरकारलाई शनिबार ५ सय ६० अक्सिजन सिलिन्डर पठाएका हुन् । शनिबार पठाइएको ५ सय ६० थान अक्सिजन सिलिन्डर आजै नेपाल एयरपोर्ट आइपुग्ने … Read more

जीतपुरकी ६० वर्षीय महिलाको कोरोनाले मृत्यु

बाराको जितपुरसिमरा उपमहानगरपालिका वडा नम्बर ७ निवासी ६० वर्षीय बृद्ध महिलाको कोरोनाले नारायणी अस्पतालमा शुक्रवार बिहान ४ बजे मृत्यु भएको छ । जीतपुरकी ६० वर्षीय बृद्ध महिला सगैं विरगञ्जमा थप ६ जना गरि शुक्रबार मात्र ७ जनाको मृत्यु भएको कोभिड संयोजक डा. दासले बताए । वीरगञ्जमा बिहिवार र शुक्रवार (हिजो र आज) मात्रै २१ जना … Read more

जनहित उपभोक्ता समिति सिमराद्धारा बन–बन्यजन्तु संरक्षणमा समुदाय स्तरमा चेतना अभिवृद्धि कार्यक्रमको आयोजना

पर्सा राष्टिय निकुञ्ज तथा मध्यवर्ति क्षेत्र जनहित उपभोक्ता समिति सिमराले बन–बन्यजन्तु संरक्षणमा समुदाय स्तरमा चेतना अभिवृद्धि कार्यक्रमको आयोजना गरेको छ । आईतवार बन–बन्यजन्तु संरक्षणमा समुदाय स्तरमा चेतना अभिवृद्धिका लागि चोरी सिमकारी युवा जागरण अभियान अन्तरगत तराई भुपरिधि कार्यक्रम (ताल) चिवनको सहयोगमा यो कार्यक्रमको आयोजना गरिएको हो । मुसहर्निमाई मध्यवर्ति सामुदायिक बन उपभोक्तामाको प्राङ्गणमा कार्यक्रम आयोजना … Read more

चितवनमा जेठ २ गतेदेखि एक साता किराना व्यवसाय बन्द गर्न आह्वान

किराना व्यवसायी संघ–चितवनले एक साता सम्पूर्ण किराना व्यवसाय बन्द गर्न आह्वान गरेको छ । बढ्दो कोरोना भाइरस (कोभिड–१९) संक्रमणले चितवनका किराना व्यवसायीहरु पनि धमाधम संक्रमित हुन थालेको भन्दै आउँदो जेठ २ गतेदेखि ९ गतेसम्म सम्पूर्ण किराना व्यवसाय बन्द गर्न संघले आह्वान गरेको छ । संघका अध्यक्ष रविन्द्र कुमार श्रेष्ठद्धारा जारी विज्ञप्तीमा किराना व्यवसायीको सुरक्षामा कसैको … Read more

कोरोनाले जीतपुरसिमरामा वडा सदस्यको मृत्यु

कोरोना संक्रमणका कारण बाराको जीतपुरसिमरा उपमहानगरपालिकामा वडा सदस्यको मृत्यु भएको छ । प्राप्त जानकारी अनुसार कोरोनाका कारण वडा नम्बर ५ का वडा सदस्यको मृत्यु भएको हो । वीरगन्ज हेल्थ केयर हस्पिटलमा उपचाररत ५५ वर्षीय संक्रमित सदस्यको आज बिहान मृत्यु भएको ईलाका प्रहरी कार्यालय सिमराका प्रहरी नायव उपरीक्षक दिपक श्रेष्ठले जानकारी दिनुभयो । वैशाख २७ गते … Read more