चितवनको माडीमा बाघको आक्रमणबाट एक वृद्धको मृत्यु

भाद्र २६ ,चितवन । चितवनको माडीमा बाघको आक्रमणबाट एक वृद्धको मृत्यु भएको छ ।मृत्यु हुनेमा माडी नगरपालिका २ ढिकुनेका ६८ वर्षीय सुर्यनाथ अधिकारी रहेका छन् । उनी शनिबार दिउँसो १ बजे २५ वर्षीय छोरा होमबहादुर अधिकारीसँगै स्थानीय मध्यवर्ती सामुदायिक वन अमलियामा भैंसी चराउन गएका थिए । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार छोरा होमबहादुरले बुवा सुर्यनाथलाई … Read more

सन्दीप लामिछानेलाई फसाउन खोजिएको भन्दै युवाहरूको प्रदर्शन,सीसीटीभी फुटेज सार्वजनिक गर्न माग

वीरगन्ज,भदौ २४- नेपाली राष्ट्रिय क्रिकेट टिमका निलम्बित कप्तान सन्दीप लामिछानेको समर्थनमा वीरगन्जमा प्रदर्शन गरिएको छ। सन्दीपलाई षड्यन्त्र गरेर फसाउन खोजिएको भन्दै उनका समर्थक युवाहरूले शुक्रबार अपराह्न वीरगन्जमा प्रदर्शन गरेका हुन्। वीरगन्जका युवा सागर लामाको नेतृत्वमा रहेका युवाहरूले सन्दीपको पक्षमा विभिन्न नाराहरू लेखिएको प्ललेकार्ड सहित घण्टाघरमा प्रदर्शन गरेका हुन्। प्रदर्शनमा सहभागी युवाहरूले सन्दीपलाई फसाउन पाइँदैन, हामी … Read more

पहिलो जननिर्वाचित प्रधानमन्त्री बिपीको आज १०९ औँ जन्मजयन्ती

काठमाडौँ, भदौ २४- नेपालको राजनीति र साहित्यमा महत्वपूर्ण योगदान दिनुभएका पहिलो जननिर्वाचित प्रधानमन्त्री बिपी कोइरालाको १०९औँ जन्मजयन्ती विभिन्न कार्यक्रम गरी शुक्रबार देशभर मनाइँदैछ । नेपालमा प्रजातन्त्रको स्थापना एवं पुनःस्थापनाका लागि कठोर सङ्घर्ष गर्नुभएका कोइरालाको विसं १९७१ भदौ २४ गते जन्म भएको थियो । जहानियाँ राणा शासनको विरोधमा उहाँका पिता कृष्णप्रसाद कोइरालाले गरिब किसानले पहिरेको कपडा राणा … Read more

नागरिकता विधेयकका विषयमा राष्ट्रपति भण्डारीले जसपासँग छलफल गर्ने

काठमाडौँ,२३ भदाै । राष्ट्रपति विद्यादेवी भण्डारीले आज जनता समाजवादी पार्टी नेपालका शीर्ष नेताहरुसँग छलफल गर्ने भएकी छिन् । राष्ट्रपति भण्डारीले नागरिकता विधेयकको विषयमा केही दिनदेखि विभिन्न दलका शीर्ष नेताहरुसँग छलफल गर्दै आएकी छिन् । यसअघि प्रतिनिधि सभा र राष्ट्रिय सभा बाट पारित गरि प्रमाणीकरणका लागि राष्ट्रपति भण्डारीलाई पठाइएको विधेयक थप छलफल गर्न भन्दै भण्डारीले प्रतिनिधिसभामा … Read more

आयात नरोकिए चरणबद्ध आन्दोलन गर्ने केरा किसानको चेतावनी

चितवन, भदौ २३-  जिल्लाका केरा उत्पादक कृषकले भारतीय केराको आयात नरोकिए आन्दोलन गर्ने चेतावनी दिएका छन् । नेपाल केरा उत्पादक सङ्घ चितवन शाखाले विज्ञप्ति जारी गर्दै भदौ २९ गतेसम्ममा भारतीय केरा आयात नरोकिए चरणबद्ध आन्दोलन गर्ने चेतावनी दिएको हो । सङ्घका अध्यक्ष माधवप्रसाद घिमिरेद्वारा जारी विज्ञप्तिमा केरामा आत्मनिर्भर बन्न लागेका कृषकलाई भारतीय केराको आयातले निरास … Read more

सिट बाँडफाँडमा सहमति जुटेनः कार्यदले शीर्ष नेतालाई अधुरो प्रतिवेदन बुझाउँदै

काठमाडौं,भदौ २३- सत्ता गठबन्धनको सिट बाँडफाँट कार्यदलले आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको तयारीको लागि आफूलाई प्राप्त कार्यादेश आज टुङ्ग्याउने भएको छ। बैठकले चुनावी तालमेल र सिट बाँडफाँटका सम्बन्धमा हालसम्म भएका सहमति र असहमतिसहितको प्रतिवेदन आज बिहान बैठक बसेर शीर्ष नेतृत्वलाई बुझाउने सरकारका प्रवक्ता एवं कार्यदल सदस्य ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए। दलहरूलाई … Read more

चार वर्ष बित्यो, नारायणीमा चलेन पानीजहाज

चितवन,भदौ २०- नेपालका नदीमा र समुद्रमा पनि नेपालको आफ्नै पानीजहाज चलाउन पानीजहाज कार्यालय खोलिएको चार वर्ष बित्न लाग्दा पनि पानीजहाज चल्ने सुर छैन। कानुनी अन्योलबीच खोलिएको पानीजहाज कार्यालयले नयाँ ऐन र नियमावलीको प्रस्तावसम्म गरेको छ तर ती पनि बन्ने वा नबन्ने निश्चित छैन। सरकारले आइतबारमात्र केही नेपाल ऐन संशोधन गर्ने विधेयकमा पानीजहाज दर्ता ऐनमा पनि … Read more

डेंगु बिरामीले भरियो अस्पताल

काठमाडौं, भदौ १९- काठमाडौं उपत्यकामा पछिल्ला दिनमा डेंगु संक्रमित बढ्दै गएका छन् । टेकुस्थित शुक्रराज ट्रपिक तथा सरुवा रोग अस्पतालमा पछिल्ला दिनमा दैनिक ७० देखि ८० जना संक्रमित उपचारका लागि पुग्छन् । शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालले आकस्मिकमा आउने बिरामीलाई सुताउने ठाउँ नभएर एउटा बेडमा दुई जना सुताउनु पर्ने स्थिति छ । डेंगु भाइरस … Read more

मलेसियामा ६ नेपाली तेक्वान्दो खेलाडीले जिते ७ स्वर्णपदक

मलेसिया, भदौ १९– मलेसियामा हालै सम्पन्न अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगितामा नेपालले ७ स्वर्णपदक जितेको छ । जीवीन युनिम्याप मलेसिया खुल्ला अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगितामा सहभागिता ६ नेपाली खेलाडीले ७ स्वर्ण पदक जितेको हो । नेपाली ६ खेलाडीले अन्तर्राष्ट्रिय प्रतियोगितामा ७ स्वर्ण जितेको यो पहिलोपटक हो । नेपालका अनुभवी खेलाडी रोशन खानले ५० वर्षमुनिको पूम्सेतर्फ स्वर्णपदक जितेका हुन् … Read more

आजको मौसम : चार प्रदेशमा मेघ गर्जन र चट्याङसहित वर्षाको सम्भावना

बारा, भदौ १९- प्रदेश १, मधेश प्रदेश, बागमती प्रदेश र लुम्बिनी प्रदेशमा सामान्य बदली रही बाँकी प्रदेशहरूमा आंशिक देखि सामान्य बदली रहेको छ। बागमती प्रदेशका थोरै स्थानहरूमा र अन्य प्रदेशका एक–दुई स्थानमा हल्का देखि मध्यम वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थान भन्दा केही उत्तर तर्फ अवस्थित … Read more