माडी नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृत ढकालद्वारा काम सुरु, मेयरको मिसन पूरा

माडी नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतका रुपमा उपसचिव पुष्पराज ढकालले कार्यभार सुरु गरेका छन् । ढकालले आज दिउँसो पदभार ग्रहण गरेका हुन् । ढकाललाई माडीका नगरप्रमुख ठाकुर प्रसाद ढकालसँगै नगरपालिकाका कर्मचारीहरुले स्वागत गर्दै पदस्थापना गराएका थिए । प्रमुख प्रशासकीय अधिकृतका रुपमा पहिलो हस्ताक्षर गर्दै उनले नगरपालिका मातहतका ९ वटै वडा कार्यालयहरुमा सीसीटीभी क्यामेरा जडान गरी वडाहरूमा … Read more

मलामी जाँदै गरेको बस दुर्घटना हुँदा पाल्पामा ७ जनाको मृत्यु

बुटवलबाट रिडितर्फ शव बोकेर जाँदै गरेको बस पाल्पामा दुर्घटना हुँदा ७ जनाको मृत्यु भएको छ । लु २ ख ७२७९ नम्बरको बस तानसेन–रिडी सडकखण्ड अन्तर्गत पाल्पाको रिब्दिकोट–२ लगुवामा सडकबाट करिब डेढ सय मिटर तल खसेर दुर्घटना हुँदा ७ जनाको घटनास्थलमा मृत्यु भएको लुम्बिनी प्रदेश प्रहरी कार्यालय बुटवलका डीएसपी मोहन खांणले जानकारी दिए । दुर्घटनामा ८ … Read more

पुस २७ गते सार्वजनिक बिदा दिन राप्रपाको माग

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले आगामी पुस २७ गते सार्वजनिक बिदा दिन सरकारसँग माग गरेको छ । राप्रपाले विज्ञप्ति जारी गर्दै राष्ट्रिय एकता दिवस तथा पृथ्वी जयन्तिको अवसरमा सो दिन सार्वजनिक बिदा दिन माग गरेको हो । शुक्रबार बसेको पार्टीको केन्द्रीय पदाधिकारीहरुको बैठकले पुस २७ गते सार्वजनिक बिदा घोषणाका लागि प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाउने निर्णय समेत … Read more

बिजुली गइरहने समस्या समाधान हुन्छ : कुलमान घिसिङ

नेपाल विद्युत प्राधिकरणका प्रमुख कार्यकारी निर्देशक कुलमान घिसिङले बिजुली गइरहने समस्या समाधान हुने दाबी गरेका छन् । विद्युतको खपत बढेकाले ट्रान्सफर्मर परिवर्तन गर्नु परेकाले बेलाबेला विद्युत जाने गरेको उनले बताए । शुक्रबार प्रधिकरणमा आयोजित पत्रकार सम्मेलनमा प्रमुख कार्यकारी निर्देशक घिसिङले भने, ‘विगत ३/४ दिनदेखि विद्युत आपूर्तिमा केही समस्याहरु देखियो भन्ने जनगुनासोहरु आयो । यो समस्या … Read more

प्रदेशहरुबीच मेलमिलापको खाँचो छ : प्रधानमन्त्री देउवा

प्रधानमन्त्री शेरबहादुर देउवाले देश संघीयतामा गइसकेकाले प्रदेशहरुबीच मेलमिलापको आवश्‍यकता रहेको बताएका छन् । सुन्दरीजलमा रहेको वीपी सङ्ग्राहलयमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले भने, ‘ देश संघीयतामा गइसकेको छ ।  सात वटा प्रदेशहरु छन्। तर ती प्रदेशहरुबीच पनि मेलमिलापको जरुरी छ। ‘ उनले अहिले वर्तमान अवस्थामा राष्ट्रिय एकता कायम गर्दै सबैको अधिकार सुरक्षित गर्नु पर्ने … Read more

गोरखामा मिनि ट्रक दुर्घटना अपडेट : मृत्यु हुनेको संख्या ३ पुग्यो

गोरखाको धार्चे गाउँपालिका–५ माछाखोला नजिकै शुक्रवार भएको मिनिट्रक दुर्घटनामा मृत्यु हुनेको संख्या तीन पुगेको छ । चालक धादिङ जिल्लाका निराजन नेपाल, ट्रकमा सवार दिपक परियार र दुई वर्षीया बालिका सपना गुरुङको मृत्यु भएको प्रहरीले जनाएको छ । नेपाल र परियारको घटनास्थलमै मृत्यु भएको र बालिकाको भने उपचारको क्रममा मृत्यु भएको डिएसपी प्रकाश दाहालले बताए । … Read more

गोरखामा ट्रक दुर्घटना, २ जनाको मृत्यु, ४ जना घाइते

आरुघाट बजारबाट माछाखोलातर्फ जाँदै मिनी ट्रक गोरखाको माछाखोलामा पल्टिँदा २ जनाको मृत्यु भएको छ । प्रहरीको अनुसार बा ५ ख ६५६६ नम्बरको मिनी ट्रक दुर्घटना हुँदा चालक र अर्का एक जनाको मृत्यु भएको हो । चालक २३ वर्षका निराजन नेपाल हुन् भने अर्का व्यक्ति अन्दाजी २१ वर्षीया पुरुषको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । … Read more

माडीका मेयर ढकालले कार्यकर्तालाई पैसा बाड्न मनपरी गरे: प्रमुख प्रशासकीय अधिकृत गौतम

माडी नगरपालिकाका मेयर ठाकुरप्रसाद ढकालले कार्यकर्तालाई पैसा बाड्नको लागि मनपरी गर्दै हिडेको प्रमुख प्रशासकीय अधिकृत अर्जुन गौतमले बताएका छन् । काठमाडौँमा घाँटीको उपचार गराइरहेका अधिकृत गौतमले नारायणी अनलाइनसँग मेयर ढकालले आफ्नो अनुकुल बजेट बनाएर माओवादी कार्यकर्ताहरुलाई पैसा बाड्न खोजेको आरोप लगाएका हुन् । उनले भने, ‘ मैले नगरसभा छिट्टै गरौं भन्दै आएँ तर मेयर ज्यूले … Read more

कुमारी बैंकको सिष्टम ह्याक गर्ने चेतावनी

अपरिचित समूहले कुमारी बैंक लिमिटेडको सिष्टम ह्याक गर्ने चेतावनी दिएको छ । बैंकको सूचना प्रविधि शाखामा साउदी ग्रुप नाम गरेको इमेलबाट ह्याकरले सिष्टम ह्याक गर्ने चेतावनीसहितको चेतावनी आएको बैंकले जनाएको छ । बैंकका कार्यवाहक प्रमुख कार्यकारी अधिकृत अनुजमणि तिमिल्सिनाले ह्याक गर्ने धम्की आएपछि बैंकको सबै सिष्टम बन्द गरिएको जानकारी दिनुभयो । उहाँका अनुसार ह्याकरले चेतावनी … Read more

क्रिकेट कप्तान परिवर्तन हुँदैनः प्रशिक्षक दसानायके

नेपाली राष्ट्रिय क्रिकेट टोलीका मुख्य प्रशिक्षक पुबुदु दसानायकेले कप्तान परिवर्तन नहुने बताउनुभएको छ । मुख्य प्रशिक्षका रूपमा आफूले कार्यभार सम्हालेपछि पहिलोपटक आज यहाँ आयोजित पत्रकार सम्मेलनमा उहाँले नेपाली राष्ट्रिय क्रिकेट टोलीको कप्तान परिवर्तन गर्ने अधिकार नेपाल क्रिकेट सङ्घ ९क्यान०सँग भएकाले त्यस विषयमा आफूले केही भन्न नसक्ने बताउनुभयो । उहाँले क्यान र खेलाडी दुवै पक्षसँग आफूले … Read more